चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
पुस १३, २०७८
आठौं महाधिवेशन उद्घाटनको अघिल्लो दिन पुस १० गते हिमालय होटलमा सम्पादकहरूसँगको भेटमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरू अन्य दलभन्दा भिन्न भएको दाबी गर्न भेडा र सिंहको किस्सा सुनाए ।
घुमाउरो पाराले अन्य दललाई ‘भेडा’को संज्ञा दिँदै प्रचण्डले भनेका थिए, ‘हामी अलि फरकै चिज हौं, अब भेडा नहुने विचार छ ।’
माओवादी अधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान सभाको जननी माओवादी भनेर भन्दिए ।
‘संविधान सभाको चुनाव प्रचण्डजीको शर्त थियो, उहाँको बलले संविधान सभामा गएका हौं,’ देउवाले भनेका थिए ।
देउवाको अभिव्यक्तिबाट हौसिएका प्रचण्डले इतिहासको खासखास समयमा देउवाले ठूलो स्टेटमेन्ट दिने गरेको बताए । सँगै प्रचण्डले संविधान सभा, गणतन्त्र र समावेशीकरणको जननी माओवादी भएको व्याख्या गरे ।
राज्यका निकायमा ३३ प्रतिशत सहभागिताको कुरा पुनःस्थापित प्रतिनिधि सभामा संकल्प प्रस्ताव मार्फत बहसमा आएको थियो ।
३३ प्रतिशत सहभागितालाई मूर्त रूप दिने काम भने माओवादीले गरेको हो । २०६४ सालको संविधान सभा निर्वाचनमा दर्जनौं स्थानमा महिलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिएर ।
संविधान र निर्वाचन कानूनको बाध्यताका कारण अन्य दलले पनि ३३ प्रतिशत सहभागिता गराए, तर समानुपातिक निर्वाचन प्रणालीबाट ।
पहिलो संविधान सभा निर्वाचनमा प्रत्यक्षतर्फ कयौं महिलालाई उम्मेदवार बनाएर माओवादीले समावेशी सिद्धान्तलाई कार्यान्वयनको तत्परता देखाएको थियो ।
अहिले देउवा सरकारमा पनि माओवादीले ३३ प्रतिशत महिला पुर्याएको छ ।
संविधान सभाको कार्यकालमा नेपालका नेताले गरेको विदेश भ्रमण र विदेशका नेताले गरेको नेपाल भ्रमणमा नेपालले सुनाउने एउटै कुरा थियो– संविधान सभा पूर्ण समावेशी छ ।
व्यवहारले पुष्टि हुनेछ भिन्न दल हो कि होइन ?
माओवादी केन्द्रको ८ औं महाधिवेशन काठमाडौंमा चलिरहेको छ । माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक अलि खुला र व्यवस्थित ढंगले महाधिवेशन चलिरहेको छ ।
विधान संशोधनमार्फत माओवादीले यसपटक आधा दर्जन उपाध्यक्ष, उपमहासचिव र सचिव पद सिर्जना गरेको छ, नेता व्यवस्थापनका लागि । वरिष्ठ उपाध्यक्ष या उपाध्यक्षमा को आउँछन्, धेरैका लागि चासो छैन ।
कम्युनिस्ट पार्टीमा अन्य पदभन्दा पनि अध्यक्षपछि महसचिवको पदलाई कार्यकारी र शक्तिशाली पद मानिन्छ ।
माओवादीको महासचिवका लागि पार्टीभित्र जनार्दन शर्मा र वर्षमान पुनसँगै एकजना महिला नेत्री पनि प्रतिष्पर्धामा छिन् ।
कुनै बेला देशकै प्रमुख दल रहेको र अहिले दोस्रो ठूलो कम्युनिस्ट पार्टी माओवादीको महासचिवका लागि पहिलोपटक महिला नेत्रीले दाबी गरेकी हुन् ।
प्रचण्ड, बाबुरामसँगै राजनीति शुरू गरेर जीवन नै कम्युनिस्ट आन्दोलनमा समर्पित गरेकी पम्फा भुसाल यसपटक माओवादीको महासचिवको प्रबल दाबेदारमध्ये एक हुन् । माओवादीले सशस्त्र संघर्ष शुरू गर्नुअघि २०५१ सालमै भुसाल संयुक्त जनमोर्चाको अध्यक्ष बनेकी थिइन् ।
एउटा सामान्य परिवारको महिला कम्युनिस्ट पार्टीको सदस्यता लिएर संघर्ष गर्दै-गर्दै स्थायी कमिटीमा पुगेकी छिन् । माओवादी शान्ति प्रक्रियामा आएपछि पोष्टबहादुर बोगटी, रामबहादुर थापा लगायतले महासचिव बन्ने अवसर पाए । तर, कार्यकारी पदमा पुग्न खोज्ने भुसाल पहिलो महिला हुन् । प्रचण्डले भुसाललाई महासचिव बनाए भने माओवादीको रुपान्तरणमा एउटा प्रयोग हुनेछ ।
२०६४ सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा दुईवटै चुनावमा राजधानी काठमाडौं उपत्यकाबाट प्रत्यक्षतर्फ निर्वाचित हुने एक मात्र महिला नेतृ हुन्, पम्फा ।
२०६५ सालमा प्रचण्डको नेतृत्वमा बनेको सरकारमा सामान्य प्रशासन मन्त्रालयको जिम्मा लिएर कुशलतापूर्वक जिम्मेवारी सम्हालिन् ।
सरकारमा सहभागी भएका माओवादी मन्त्रीहरूले गरेको कामको समीक्षामा कर्मचारी तन्त्रमा प्रभाव पार्न भूमिका खेलेको भन्दै आजसम्म पनि त्यसको चर्चा हुने गरेको छ ।
संसदीय फाँटमा पनि राज्य व्यवस्था समितिमा माओवादीको तर्फबाट नेतृत्वदायी भूमिका खेलिन् । देउवा सरकारमा ऊर्जामन्त्री रहेकी भुसालले २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्तालाई निःशुल्क र सिञ्चाइका लागि प्रयोग हुने विद्युतमा भारी छुट दिएर लोकप्रिय कार्यक्रम शुरुआत गरेकी छिन् ।
विदेश सम्बन्ध र कूटनीतिक मामिलामा पनि जानकार रहेकी भुसाललाई फ्रान्सका लागि राजदूत समेत प्रस्ताव गरिएको थियो । तर, हतियार व्यवस्थापन गरिनसकेको माओवादीले प्रस्ताव गरेको राजदूतको एग्रिमो आएन ।
जीवन नै कम्युनिस्ट आन्दोलनमा समर्पित, राजनीतिमा अनवरत संघर्ष
राजनीतिमा लागेर स्थापित भएका बहुसंख्यक महिला नेत्रीहरू कुनै न कुनै पारिवारिक विरासत र सहयोगका कारण उदाएका छन् । आफ्नै संघर्षले स्थापित भएर नेतृत्वमा पुग्ने सीमित नेता मध्ये भुसाल एक हुन् ।
अर्घाखाँचीमा जन्मेर १३ वर्षको उमेरमा २०३३ सालमा अनेरास्ववियु छैटौंको सदस्यता लिई राजनीति शुरू गरेकी भुसाल विद्यार्थी राजनीति गर्दागर्दै पक्राउ परेकी थिइन् । २०३७ सालमा पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा पढ्दै गर्दा पक्राउ परेकी भुसाललाई कम्युनिस्ट संस्थापकमध्ये एक नरबहादुर कर्माचार्यले पार्टी सदस्यता दिएका थिए । पछि २०४० सालमा अखिल छैटौंको केन्द्रीय सदस्य भइन् ।
२०४६ सालमा नेकपा एकता केन्द्रको बाग्मती ब्युरो सदस्य बनेकी भुसाल पछि संयुक्त वाममोर्चाको सचिव, महासचिव र अध्यक्ष समेत बनिन् । भुसालपछि बाबुराम भट्टराई संयुक्त वाम मोर्चाको अध्यक्ष बनेका थिए ।
प्रतिनिधि सभामा शिक्षा समितिकी सभापति समेत रहेकी नेतृ जयपुरी घर्ती माओवादीको नेतृत्वमा पुग्नका लागि एक से एक महिला सक्षम रहेको बताउँछिन् ।
‘पार्टीले केन्द्रीय समितिमा ३५ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने भनेको छ, हामीले पदाधिकारीमा पनि महिलाको सहभागिता चाहिन्छ भनेका छौं,’ घर्तीले भनिन्, ‘नेतृत्वमा पुग्नका लागि हाम्रो पार्टीमा लामो संघर्ष गरेका एकसे एक महिला नेत्रीहरू हुनुहुन्छ ।’
अन्य दलले ३३ प्रतिशत पुर्याउन पनि हिच्किचाएको अवस्थामा माओवादीले ३५ प्रतिशत महिलालाई केन्द्रीय सदस्यमा ल्याउने घर्ती बताउँछिन् ।
माओवादी सशस्त्र संघर्षमा जाने बेलाको केन्द्रीय समितिमा भुसाल एक मात्र केन्द्रीय सदस्य थिइन् ।
‘पार्टीको महासचिवका लागि उहाँ योग्य र सक्षम नेता हो, महिलाले त्यो पद पाउनुपर्छ’ अहिले प्रतिनिधि सभाको सदस्य रहेकी अर्की एक माओवादी सांसदले भनिन् ।
समानुपातिक, समावेशी सिद्धान्तको वकालत गर्दै आएको माओवादीका लागि महिलालाई रोक्न कठिन पर्ने देखिन्छ ।
‘महासचिवमा महिला नेतृत्व स्थापित गर्न सके महिला मुक्तिको आन्दोलन माओवादीले नै गर्न सक्छ भन्ने कुरा स्थापित हुनेछ,’ ती नेत्रीले भनिन् ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् । देउवाले एमालेसँ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...