मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
पुस १४, २०७८
नेकपा माओवादी केन्द्र सुदूरपश्चिमको प्रदेश सम्मेलन सम्पन्न भएको महिनादिन पुग्नै लागेको छ तर प्रदेश समिति सदस्यबाहेक हालसम्म पदाधिकारी चयन भएका छैनन् ।
माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशको सम्मेलन मंसिर २५ र २६ गते तोकेको थियो तर सम्मेलन निर्धारित अवधिभन्दा पछाडि धकेलियो ।
प्रतिनिधि छनोट, प्रदेश समितिको प्यानल मिलानलगायत झमेलाका कारण थप २ दिनसम्म सम्मेलन पछाडि धकेलियो । सो अवधिमा २२३ जना सदस्य मात्रै छनोट गर्दै सम्मेलन समापन गरियो ।
अझै २२३ जना सदस्य मध्येबाटै अध्यक्षसहित ९ जना पदाधिकारी छनोट गर्न बाँकी छ । हालसम्म पदाधिकारी छनोटमा अन्योलता देखिएको छ ।
एक प्रदेश समिति सदस्यले भने, ‘प्रदेश समितिको पदाधिकारी छनोट वा निर्वाचन महाधिवेशनअघि नै टुंग्याउनुपर्ने हो तर टुंग्याउनै सकेनन् । यत्रो दिन बितिसक्यो तर हामीलाई अनिर्णयको बन्दी बनाए ।’
कतिपय प्रतिनिधिले माओवादी केन्द्रमा लोकतान्त्रिक विधिपद्धतिको बखान गरिए पनि जनवादी केन्द्रीयताको नाममा पहुँचवालाकै दबदबा रहेको बताएका छन् ।
तर माओवादी केन्द्रका निवर्तमान सुदूरपश्चिम अध्यक्ष शरदसिंह भण्डारीले केन्द्रीय महाधिवेशनको चटारोका कारण छनोट गर्न नसकिएको बताए । हाल माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन चलिरहेको छ ।
निवर्तमान अध्यक्ष भण्डारीले भने, ‘प्रदेश सम्मेलन लगत्तै हामी सबै नेताहरू केन्द्रीय महाधिवेशनमा केन्द्रित भयौं । अझैसम्म प्रदेश समितिको बैठक बस्न सकिएको छैन । अब महाधिवेशनलगत्तै हुने बैठकबाट पदाधिकारी छनोट हुनेछन् । अरु केही कारण होइन ।’
तर प्रदेश अध्यक्षका आकांक्षी धेरै देखिएका र सहमति हुन नसक्दा पदाधिकारी छनोट निकै पछाडि धकेलिएको माओवादी केन्द्रका एक नेताले बताए ।
२२३ सदस्यीय प्रदेश समितिमा १ जना अध्यक्ष, ३ जना उपाध्यक्ष, १ जना सचिव, ३ जना सहसचिव र १ जना कोषाध्यक्ष गरी ९ जना पदाधिकारी छनोट गर्नुपर्ने व्यवस्था रहेको छ ।
हाल अध्यक्षसहित पदाधिकारीका लागि आकांक्षी सबै नेताहरू आ–आफ्नो पक्षमा लविङमा छन् । सबै नेताहरू काठमाडौं केन्द्रित छन् ।
अध्यक्षका लागि केही केन्द्रीय सदस्य र केही निवर्तमान प्रदेश सदस्यहरू दौडमा छन् । केन्द्रीय सदस्यमध्ये हालका प्रदेश अध्यक्षमा शरदसिंह भण्डारी (अछाम), नरेन्द्र कुँवर (बैतडी), प्रदेशसभा सदस्य समेत रहेका वीरमान चौधरी (कैलाली), प्रदेश समिति सचिव नेपबहादुर चौधरी (कैलाली) अध्यक्ष बन्ने दौडमा रहेको बताइन्छ तर केन्द्रीय सदस्यहरू केन्द्रीय समितिमै बस्नुपर्ने आवाज माओवादी केन्द्रमा तीब्र पारिएको छ ।
निवर्तमान प्रदेश समिति सदस्य तथा राष्ट्रियसभा सदस्य हरिप्रसाद चौधरी ‘उत्सव’ (कैलाली), हरि ज्ञवाली ‘अखण्ड’ (कैलाली), सुदूरपश्चिम सरकारका पर्यटन मन्त्री मानबहादुर धामी पनि अध्यक्षको दौडमा देखिएका छन् ।
सुदूरपश्चिममा माओवादीका ८० हजार बढी सक्रिय सदस्य छन् । सबैभन्दा बढी कैलालीमा मात्रै २८ हजार ५४३ सदस्य छन् । त्यसैले अध्यक्षको जिम्मेवारी कैलालीबाट पाउनुपर्ने आवाज समेत उठेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...