×

NIC ASIA

वसन्त चौधरीको २ वटा कविता संग्रह सार्वजनिक

पुस २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

उद्यमी तथा साहित्यकार वसन्त चौधरीको दुईवटा कविता संग्रह सार्वजनिक गरिएको छ । 

Muktinath Bank

‘तिमीविनाको म’ र हिन्दी भाषामा लेखिएको काव्यकृति ‘अनेक पल और मै’ मंगलवार काठमाडौंमा श्री लूनकरणदास-गंगादेवी चौधरी साहित्यकला मन्दिरले एक कार्यक्रम आयोजना गर्दै लोकार्पण गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वरिष्ठ कवि तथा कार्यक्रमका सभापति तुलसी दिवसले पानसमा बत्ती बालेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।


Advertisment
Nabil box
Kumari

काव्य कृति ‘तिमीविनाको म’की प्रकाशक मेघा चौधरीले प्रकाशकीय मन्तव्य राख्दै सामान्य अर्थमा पिताको पुस्तक छोरीले प्रकाशन गरेको भन्ने अर्थ मात्रमा यो पूर्ण नहुने बताइन् । उनले व्यापार व्यवसायमा भन्दा पिता साहित्य सिर्जनामा बढी रमाएको पाएकाले पिताको खुशीको माध्यम बन्ने प्रण गरेको बताइन् ।

Vianet communication

उनले भनिन्, ‘बुबाको खुशीलाई मैले थप उजागर बन्न आफू प्रकाशक बनेकी हुँ, यो एक हिसाबको पुस्तान्तरण पनि हो ।’

उनले यी कविताहरू भावी सन्ततिहरूका लागि भाषाप्रतिको प्रेमका लागि समेत उल्लेखनीय हुने बताइन् । कार्यक्रममा उनले आफू बुबाको सपना भएको र बुबाको काव्यिक यात्रालाई आफूले समेत निरन्तरता दिने बताइन् ।

समीक्षात्मक मन्तव्य राख्दै  प्राध्यापक भुवना ढुंगानाले आफूले चौधरीको सबै कविता पढेको सुनाइन् । उनले ‘तिमीविनाको म’ कवितासंग्रह पढेपछि ‘ह्युमन नेचर’ बारे जान्न मन लागेको सुनाइन् । ‘व्यस्ततालाई चिरेर कसरी यस्तो राम्रो कविता लेख्न सके रु भन्ने लाग्यो,’ उनले भनिन्, ‘यस्तै धनबाहेक अरू के हो खुशी प्राप्त गर्ने भन्ने कुरामा साहित्य सिर्जना नै हो भन्ने पाएँ ।’

समालोचक ढुंगानाले सो काव्यकृतिमा प्रकृति, प्रेम, जीवनको मूल लक्ष्य, जीवनको खुशी समेटिएको बताइन् । कवितामा चौधरीले आफ्नो जन्मको बारेमा समेत लेखेको र आमाबाबुप्रति प्रेम दर्शाएको उनले सुनाइन् ।

साहित्य लेखन निकै गाह्रो हुने भन्दै प्राध्यापक ढुंगानाले कविता निकै सरल भाषामा रहेको र भाव निकै गहन भएको सुनाइन् ।

उनले साहित्यमा राजनीति नगरिने बताइरहे पनि केही राजनीतिक छनक भने देखिएको बताइन् ।

‘केही कवितामा चौधरीले राजनीतिक चिन्तन गरेको देखिएको छ,’ उनले भनिन् ।

कार्यक्रममा मुम्बई विश्वविद्यालय हिन्दी भाषाका अध्यक्ष प्रा.डा. करुणा शंकरले काव्यकृति ‘अनेक पल और मै’मा समीक्षात्मक मन्तव्य दिँदै चौधरीको कविता जीवनको अनुभवबाट सिर्जित हुनु नै उनको मुख्य विशेषता भएको सुनाए ।

उनको कविता पढ्दै गर्दा जीवनको पाना पल्टाइरहेको आफूलाई महसुस भएको उनले बताए । 

आफ्नो जीवन वा समय वा समयको अनेक पललाई चौधरीले पुस्तकमा काव्यात्मक शैलीमा राखेको प्रा.डा. शंकरको भनाइ छ । 

पुस्तकमा राखिएको कवितामा चौधरीले मुलुक, समाज, प्रेममाथि गहिरो चिन्तन गरेको उल्लेख गरे । 

कार्यक्रममा कविता संग्रहका लेखक चौधरीले लामो समयको प्रतीक्षापछि आज भेला हुने अवसर जुटेको बताए । उनले कोरोना महामारी र आफ्नो स्वास्थ्य अवस्थाका कारण पुस्तक सार्वजनिक हुन केही ढिलाइ भएको बताए । 

उनले मानव मन हरेक क्षण नयाँ-नयाँ सोचिरहने भन्दै सोचेर कहिल्यै नथाकिने बताए । ‘कसैको वियोगमा हामी भावविह्वल हुन्छौं भने केही नसोचेको पाएमा खुशी हुने हुन्छ, मेरो ‘तिमीविनाको म’ काव्यकृति तिनै भावनाहरूको सम्मिश्रण हो,’ उनले भने ।

‘अनेक पल और मै’मा आफूले हरपल नयाँ अवसरबाट गुज्रिरहने चरित्रलाई उतारिएको उनले सुनाए ।

मंगलवार लोकार्पण गरिएको चौधरीको ‘अनेक पल और मै’ काव्य संग्रहलाई  कलिङ लिट्रेचर फेस्टिवल  २०२१ पुरस्कार प्रदान गरिएको छ । 

भारतको उडिसामा भएको कार्यक्रममा चौधरीको सो कविता संग्रहलाई सम्मान गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि गंगाप्रसाद उप्रेतीले चौधरीले कविता लेखनमा सिद्धि प्राप्ति गरिसकेको बताए । चौधरीको साहित्यमा जीवनलाई महान परिभाषा दिइएको उनले सुनाए ।

कार्यक्रममा उद्योगपति भएर पनि कला साहित्यलाई निरन्तरता हुनु उनको विशेष खुबी भएको भन्दै उप्रेतीले चौधरीको प्रशंसा गरेका थिए ।

कार्यक्रमका सभापति तुलसी दिवसले मान्छे हुनुको कारण नै उसमा निहित भएको सिर्जना भएको बताए । चौधरीको सिर्जनशीलता सबैतिर फैलिएको भन्दै कताकता आफूलाई ईर्ष्या पनि लागेको सुनाए ।

कार्यक्रममा कवि चौधरीको बारेमा वृत्तचित्र प्रस्तुत गरिएको थियो  ।

चौधरीको ‘तिमीविनाको म’ मेघा प्रकाशनले प्रकाशन गरेको हो भने ‘अनेक पल और मै’को प्रकाशन वाणी प्रकाशनले गरेको हो ।

यसअघि चौधरीका ११ कृति प्रकाशित छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x