×

NMB BANK
NIC ASIA

कोरोना भाइरस संक्रमणको तेस्रो लहरसँगै सुदूरपश्चिम प्रदेशमा संक्रमणको ग्राफ उकालो लागेको छ ।

Muktinath Bank

कोरोना बढेसँगै सीमा नाका भएर ओहोरदोहोर गर्नेहरूको भीड समेत बढेको छ तर स्वास्थ्य सुरक्षा संवेदनशीलता अपनाइएको छैन ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतीय सीमावर्ती बजारमा किनमेल गर्ने नेपालीको घुइँचो लाग्दै आएको छ । त्रिनगर–गौरीफन्टा नाका भएर दैनिक हजारौं नेपाली किनमेलका लागि सीमावर्ती बजार पुग्दै आएका छन् । कैलाली–कञ्चनपुरका नागरिक किनमेलका लागि नजिकैको भारतीय बजार वनगाउँ जान्छन् ।


Advertisment
Nabil box
Kumari

सीमावर्ती भारतीय बजार जाँदै गरेका कैलालीको घोडाघोडी नगरपालिकाको सुख्खडका डीके धामीले भने, ‘कोरोना छ भन्ने त थाहा छ तर के गर्नु ? त्यहाँ सस्तो पाइन्छ । त्यसैले त्यहीँबाट सामान किन्छौं ।’ 

Vianet communication
Laxmi Bank

उनी मात्रै होइन, सीमा नाका भएर दैनिक सयौं नेपाली किनमेलको लागि भारतीय बजार पुग्दै आएका छन् । 

सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाका, गड्डाचौकी र खक्रौलासँगै अन्य अवैध नाका भएर पनि दैनिक रूपमा किनमेलका लागि सीमावर्ती भारतीय बजार पुग्ने क्रम कम हुन सकेको छैन । दैनिक उपभोग्य सामग्री खरिद गर्नेदेखि सीमा बजारबाट बिक्रीका लागि सामान ओसार्ने काम हुँदै आएको छ ।

धनगढीकी बिना मगरले भनिन, ‘यहाँ १ किलो सामान पाउने पैसाले भारतीय बजारमा २ किलो आउँछ । त्यसैले यता महंगो हुने भनेर भारत जान लागेका हौं ।’

भारतमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढेपछि रोजगारीबाट फर्किने नेपालीको पनि नाकामा भीड हुने गरेको छ ।

स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता नअपनाउँदा सीमा नाकामा झनै जोखिम रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

त्रिनगर गौरीफन्टा हेल्थ डेस्कका इन्चार्ज गणेश साउँदले भारतबाट आउनेहरूको मात्रै कोरोना परीक्षण भइरहेको तर यहाँ सामान्य रूपमा आवतजावत गर्नेहरू धेरै भएकाले भारतबाट आउनेहरूसँगै सवारीसाधनमा आउजाउ गर्दा जोखिम निम्तिएको बताए ।

यसैबीच, प्रदेशको सबैभन्दा बढी जोखिम कैलाली र कञ्चनपुर जिल्लामा देखिएको भन्दै स्थानीय प्रशासन कार्यालयले पुस २८ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । हाल विद्यालय तथा शैक्षिक संस्थामा पठनपाठन बन्द गराइएको छ तर बजारमा भने भीडभाड हुँदै आएको छ । 

एकै स्थानमा भौतिक रूपमा २५ जनाभन्दा बढी व्यक्ति जम्मा हुन नपाउने, कुनै पनि प्रकारका सभा, मेला र जात्रा समेत गर्न नपाउने स्थानीय प्रशासनले आदेश जारी गरेको छ तर कार्यान्वयन नहुँदा जोखिम बढेको छ ।

‘६० प्रतिशतले संक्रमण बढ्दैछ’

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिप श्रेष्ठले पछिल्लो १ हप्तायता संक्रमण उच्च दरमा वृद्धि भएको जानकारी दिए ।

उनले भने, ‘पुस २७ गतेदेखि संक्रमण उच्च दरमा बढिरहेको छ । ४० प्रतिशतको दरले बढेको देखिन्छ । माघ ३ गतेसम्मको परीक्षण रिपोर्ट हेर्दा अहिले ६० प्रतिशतले बढेको देखिन्छ । आज १५६ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण देखियो तर सुरक्षा संवेदनशीलता छैन ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीको पछिल्लो तथ्यांक अनुसार १ हजार ४२९ जनाको परीक्षण गर्दा २८३ जनामा संक्रमण देखिएको छ भने १ जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म कोरोना संक्रमण भई ६१५ जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले सीमा नाकामा भारतबाट आउनेहरूको अनिवार्य एन्टीजेन विधिबाट परीक्षण हुँदै आएको र परीक्षणको दायरा बढाउँदै लगिएको बताए ।

क्रमिक रूपमा होटल, सरकारी तथा गैरसरकारी कार्यालयमा पनि उच्च सतर्कता अपनाउँदै काम गर्न निर्देशन जारी गरेको उल्लेख गर्दै प्रजिअ थापाले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्नेमा जोड दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x