×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

वैशाखमै चुनाव गराउने अडान गठबन्धनमा राख्न देउवालाई कांग्रेस उपसभापति र महामन्त्रीको सुझाव

माघ १४, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका उपसभापति र महामन्त्रीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई वैशाखमै चुनाव गर्ने निर्णय गर्न सुझाव दिएका छन् । 

Muktinath Bank

शुक्रवार पार्टीको केन्द्रीय कमिटी भर्चुअल बैठकपछि पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर उनीहरूले संविधान र कानूनले तोकेकै मितिमा चुनाव गर्ने निर्णय गठबन्धनबाट गराउन सुझाव दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केन्द्रीय कमिटीको भर्चुअल बैठक समापन भएपछि उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति देउवासँग छलफल गरेका थिए । 


Advertisment
Nabil box
Kumari

शनिवार आगामी निर्वाचनबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्ने तय भएको छ । बैठकमा निर्वाचन सार्ने विषयमा सहमति व्यक्त नगर्न नेताहरूले पार्टी सभापति एवं प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । 

Vianet communication

‘चुनाव समयमै गराउनेबारे छलफल भएको छ । चुनाव गराउने जिम्मेवारी कांग्रेसको हो । वैशाखमै चुनाव गर्नुपर्छ भन्नेबारे हामीले छलफल गरेका छौं,’ उपसभापति धनराज गुरूङले भने । 

त्यसबाहेक पार्टी सभापतिसँग भातृ संगठनहरूको व्यवस्थापन समयमै गर्नुपर्नेबारे पनि छलफल भएको उनले बताए । 

‘भातृ संस्थाहरूको म्याद सकिँदैछ । कतिपय पदाधिकारीहरू नै केन्द्रीय सदस्य बनेका छन् । विधानले पनि माथिल्लो तहमा गएपछि तल्लो तहमा रिक्त हुने व्यवस्था गरेको छ । त्यसैले समयमै भातृ संस्थाको नेतृत्व चयन गराउनेबारे छलफल गरेका छौं,’ उनले भने । 

१ हप्ताभित्रमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाउने र समसामयिक राजनीतिक विषयमा निर्णय लिइने उनले बताए । 

शुक्रवारको केन्द्रीय कमिटी बैठकले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको पहिलो बैठकको मुख्य एजेण्डा नै भातृ संगठनको विषयलाई बनाउने सहमति भएको उनले बताए ।

त्यसबाहेक सरकारको कामबारे पनि छलफल भएको नेताहरूले बताएका छन् । विशेषगरी उखु किसानको समस्या र मलखाद समयमा उपलब्ध गराउने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको गुरूङले बताए । 

५ मिनेटमै सकिएको भर्चुअल बैठक

कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक करीब ५ मिनेट बसेर सकिएको छ । कोरोना संक्रमणको जोखिमका कारण कांग्रेसले केन्द्रीय समितिको बैठक भर्चुअल रूपमा बोलाएको थियो । 

कांग्रेस सभापति शेरबहादुर देउवा लगायत मुख्य पदाधिकारी कांग्रेसको केन्द्रीय कार्यालय सानेपाबाट भर्चुअल रूपमा बैठकमा सहभागी भएका थिए । 

बैठक शुरू गर्दै सभापति देउवाले कोरोना महामारीका कारण भर्चुअल रूपमा बैठक बस्नुपरेको बताउँदै केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव रहेको बताएका थिए । 

त्यसपछि उनले महामन्त्री गगन थापालाई केन्द्रीय सम्पादन समितिमा रहने व्यक्तिको नाम पढ्न लगाएका थिए ।

अहिले सबैलाई केन्द्रीय कार्यसम्पादन समितिमा समेट्न नसकिएको र पछि समेटिने पनि देउवाले बताए । 

महामन्त्री थापाले प्रस्ताव पढेर सुनाएपछि बैठकले पारित गर्‍यो र बैठक सकियो । अन्य कुनै पनि विषयमा बैठकमा छलफल नभएको र नेताहरूले बोल्ने अवसर पनि नपाएको केन्द्रीय सदस्यहरूले बताएका छन् । 

आगामी दिनमा महत्त्वपूर्ण विषयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल गरेर निर्णय लिने तयारी कांग्रेसले गरेको छ । कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गर्नुपर्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x