×

NMB BANK
NIC ASIA

तीन पालिकामा बल्ल अस्पतालको भवन निर्माण सुरु

माघ १६, २०७८

NTC
Premier Steels

म्याग्दीका तीन स्थानीय तहमा बल्ल अस्पतालको भवन निर्माण सुरुआत भएको छ । जग्गा व्यवस्थापन, प्राविधिक तयारी र ठेक्का प्रक्रिया पूरा गरेर मङ्गला गाउँपालिकाको अर्मन हाडेभिरमा १०,  अन्नपूर्ण गाउँपालिकाको दोबा र धवलागिरि गाउँपालिकाको ताकममा पाँच–पाँच शय्या क्षमताको अस्पतालको भवन बनाउन थालिएको  हो ।

Muktinath Bank

रघुगङ्गा गाउँपालिकाको वडा नं १ बेगमा अस्पताल भवन बनाउने गाउँसभाको बहुमतका आधारमा निर्णय भएको एक वर्ष बिते पनि काम सुरु भएको छैन । मङ्गलाको ३५ कोठे दुईवटा भवन बनाउन रु नौ करोड ११ लाख आठ हजार ७२९ मा ठेक्का सम्झौता गरेको ओमबुद्ध इन्टरनेशनल कन्ट्रक्शनले जग्गा ब्यवस्थापनको काम सुरु गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गाउँपालिकाका इञ्जीनियर सुजन पौडेलका अनुसार विसं २०७८ असार ९ गते ठेक्का सम्झौता भएको थियो । आगामी २०८० असार ९ गतेभित्र दुईवटा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अन्नपूर्णको भवन निर्माणका लागि रबिना–अमित जेभीले विसं २०७८ वैशाख १७ गते रु पाँच करोड १२ लाख ६० हजार ६५२ मा ठेक्का सम्झौता गरेको थियो । अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वरबहादुर भण्डारीले विसं २०७९ असोजमा दुईतले भवन निर्माण सम्पन्न गर्ने सम्झौता भएको बताए।


Advertisment
Nabil box
Kumari

रु चार करोड ७९ लाख ४० हजार ३३४ मा धवलागिरिको ताकममा पाँच शय्या क्षमताको अस्पतालको १६ कोठे दुईतले भवन बनाउने ठेक्का लिएको बिएम–आइएस–एसी जेभी बुर्तिबाङ बागलुङले डिपिसी लेबलको ढलान सकेको छ । धवलागिरि गाउँपालिकाका इञ्जीनियर सोबिन जिसीले २०७९ असार १५ गतेभित्र दुईतले १६ कोठे भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

Vianet communication

आकस्मिक, अन्तरङ्ग, बहिरङ्ग, प्रयोगशाला, प्रशासनिक, औषधि भण्डारण, उपचारका लागि छुट्टाछुट्टै कक्षसहितको भूकम्प प्रतिरोधी क्षमताको सबै भवन अपाङ्मैत्री हुनेछन् । भवन निर्माण भएपछि ग्रामीण क्षेत्रमा सुविधासम्पन्न अस्पताल सञ्चालन गरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने जनप्रतिनिधिहरुले बताएका छन् ।

मालिकाको केन्द्र दरबाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्ने तयारी भएको छ । सदरमुकामस्थित बेनी नगरपालिकामा जिल्ला ५० शय्या क्षमताको बेनी अस्पताल छ । प्रदेश सरकारमातहतको सो अस्पतालको सङ्घीय सरकारले ५० शय्या क्षमताको भवन निर्माण सुरु गरेको चार वर्षसम्म पनि पूरा भएको छैन । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ६, २०८०

केउली थारू र सुदन थारू बुटवल उपमहानगरपालिका–१९ का स्थायी बासिन्दा हुन् । दुई थारू परिवार मोतिपुर र मनोहरापुरमा बसोबास गरेको वर्षौं भइसक्यो । केउली र सुदनको परिवार बुटवलका जमिन्दार स्व भरतसिंह मल्लको ...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

मंसिर २०, २०८०

बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा ला...

मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज ३०, २०८०

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलवार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।  मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजा आराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x