×

NMB BANK
NIC ASIA

कोरोना महामारीमा सरकारको उधारो काम, होल्डिङ सेन्टर निर्माणमा ढिलाइ

माघ १८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम कोरोना महामारीको उच्च जोखिममा छ तर रोकथाम लगायत सरकारी तयारी निकै सुस्त छ ।

Muktinath Bank

सुदूरपश्चिमलाई भारतसँग जोड्ने प्रमुख सीमानाका गौरीफन्टानजिक कैलालीको धनगढीस्थित बडहरा जंगलको बीचमा क्वारेन्टीन सहितको १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण थालिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर निर्माण कम्पनीको बहानाबाजीका साथै सरकारले पनि समयमा बजेट निकासा नगरिदिँदा कोरोना नियन्त्रणको तयारी सुस्त देखिएको छ । थपिएको म्याद गुज्रिँदा पनि हालसम्म काम पूरा हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

होल्डिङ सेन्टर निर्माणको जिम्मा नेपाली सेनाले लिए पनि निर्माण कार्य झन्–झन् ढिला हुँदै गएको छ । गत भदौ मसान्तभित्र निर्माण सम्पन्न गराउने गरी नेपाली सेनाले गत असार ३ गते संघीय सरकारसँग ठेक्का सम्झौता गरेको थियो । नेपाली सेनाले २८ करोड ८१ लाख रुपैयाँमा हनुमान कन्सट्रक्सनसँग निर्माणको ठेक्का सम्झौता गरेको छ ।

Vianet communication
Laxmi Bank

महामारीबीच सेनाले नेतृत्व लिएकाले छिटोछरितो ढंगले निर्धारित समयमै काम सम्पन्न हुने स्थानीयले आशा गरे पनि काम सुस्त गतिमा हुन थालेपछि आमजनतामा निराशा थपिएको छ ।

धनगढी उपमहानगपालिका–३ का वडाध्यक्ष बलबहादुर ऐरले निर्माण जारी रहे पनि केही समय वर्षातले गर्दा प्रभावित हुन पुगेको बताए तर अरु अवस्थामा निर्माण कम्पनीको विभिन्न बहानाबाजी गर्दै आएको बताए ।

सरकारी तयारीकै क्रममा सामुदायिक वन क्षेत्रभित्र रहेका सिसमका रूख र बुट्यान फँडानी गरेर पूर्वाधार निर्माणमा सहयोग गरेको र सबै पक्षले तयारीमा लाग्नुपर्ने उनले बताए ।

‘सरकारको तयारी शून्य छ’

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार होल्डिङ सेन्टर निर्माण भइरहेको कैलाली जिल्ला कोरोनाको ‘रेड जोन’मा पर्छ । सुदूरपश्चिममा कोरोनाका सक्रिय संक्रमित १ हजार बढी छन् । 

सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले हालको महामारीको अवस्थाको तुलनामा सरकारी तयारी शून्य अवस्थामा रहेको बताए ।

उनले भने, ‘संक्रमणको दर उच्च विन्दुमा पुगेको छ । समुदाय स्तरमा फैलिएको छ । होल्डिङ सेन्टरको कोठा बनाएर मात्रै हुन्छ ? हेर्नु न त्यही होल्डिङ सेन्टर पनि समयमा बनेको छैन । महामारी भन्ने चीज वर्षातको अवस्था, बजेटको अवस्था अनुसार कम बढी हुने हो र ? तयारी त सरकारले गर्नुपर्‍यो नि ! स्वास्थ्यको मापदण्ड अनुसार जनशक्ति व्यवस्थापनमा पनि समयमा ध्यान दिनुपर्छ । सरकारको तयारी धेरै सुस्त भयो ।’

सरकारले बजेट निकासामा ढिलाइ गर्‍यो : निर्माण व्यवसायी

भदौ मसान्तभित्र सम्पूर्ण काम पूरा गर्ने शर्तमा नेपाली सेनाले सरकारसँग ठेक्का सम्झौता थियो । सम्झौतालगत्तै निर्माण कम्पनीले असार तेस्रो हप्तादेखि काम शुरू गरेको भए पनि हालसम्म लगभग आधाजसो काम अधुरै छ ।

निर्माण कम्पनीले निर्माण कार्य ७५ प्रतिशत पूरा भएको तर सरकारकै कमजोरीका कारण निर्माणमा ढिलाइ भइरहेको दाबी गरेको छ ।

निर्माण कम्पनीका इन्जिनीयर विक्रम गैरेले सरकारले समयमा बजेट निकासा नदिँदा काम प्रभावित भइरहेको बताए ।

उनले भने, ‘हामीले ७५ प्रतिशत काम पूरा गरेका छौं । काम तीव्र गतिमा भइरहेको छ तर पुसमा म्याद थपे पनि कामअनुसार बजेट निकासा भएको छैन । हालसम्म ५० प्रतिशत मात्रै बजेट निकासा भएको छ । बजेट निकासा भए हामी फागुनभित्रै सम्पन्न गर्नसक्छौं तर सरकारबाटै ढिलाइ भइरहेको छ ।’

होल्डिङ सेन्टर निर्माणस्थलमा हालसम्म सडक स्तरोन्नति, विद्युत् र खानेपानी उपलब्ध नभएकाले केही अप्ठ्यारो पर्नसक्ने उनले बताए । धनगढी उपमहानगरपालिकाले सडक, विद्युत् र खानेपानीको प्रबन्ध गर्ने भनेको उनले बताए ।

निर्माण कार्यको रेखदेख तथा अनुगमन गरिरहेको कैलालीको तेघरीस्थित भवानी दल गणका गणपति रवि केसीले काम जारी रहे पनि बजेट निकासामा केही ढिलाइ भएको स्वीकार गरे । सरकारले केही बजेट निकासा दिइसकेकाले अरु केही समयमा भुक्तानी दिएर होल्डिङ सेन्टर सञ्चालनमा समेत ल्याइने जानकारी दिए । हालसम्म ३०० जना अट्ने संरचना तयार भएको र केही हप्ताभित्रै ५०० जना अट्ने संरचना तयार हुने दाबी गरे ।

गणपति केसीले विद्युत्, खानेपानी, सडकको लागि सम्बन्धित निकायसँग पनि पहल जारी रहेको बताए ।

धनगढी भन्सारको मोहना पुलदेखि करीब १ किलोमिटर टाढा रिङरोडसँग जोडिएको बडहरामा होल्डिङ सेन्टर निर्माण भइरहेको छ । निर्माण कम्पनीका प्राविधिकका अनुसार करीब २४ हजार वर्गमिटर क्षेत्रफलमा ५९ वटा ब्लकहरू निर्माण गर्न लागिएको छ । २० वटा ब्लक क्वारेन्टीनका लागि प्रयोग हुनेछन् । जहाँ हरेक ब्लकमा शौचालय, किचन, डाइनिङ रूमको समेत व्यवस्था हुने बताइएको छ ।

सेन्टरमा सुरक्षाकर्मीहरू बस्ने प्रबन्ध पनि हुने डिजाइन गरिएको छ । होल्डिङ सेन्टरभित्र हरेक बेडमा अक्सिजन आपूर्ति गर्ने उपकरणहरू जडान गरिने योजना रहेको इन्जिनीयर गैरेले बताए । ‘मेडिकल टोली खटनपटनको व्यवस्था हुने सबै पूर्वाधारहरू तयार गर्ने डिजाइन हो,’ उनले भने । 

निर्माण कम्पनीले कैलाली र कञ्चनपुरसहित मुलुकका ७ स्थानमा १/१ हजार बेड क्षमताका होल्डिङ सेन्टर निर्माण गरिरहेको छ तर निर्माणको कार्य सबैभन्दा ढिलो कैलालीमै रहेको बताइएको छ ।

होल्डिङ सेन्टर सञ्चालनमा आएपछि संक्रमण फैलिएका बेला भारतबाट स्वदेश आएका सबैलाई होल्डिङ सेन्टरमा राखेर कोरोना जाँच तथा उपचार गर्न सहज हुने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन् ।

पहिलो र दोस्रो चरणमा फैलिएको कोरोना महामारीले सुदूरपश्चिमलाई निकै अत्याएको थियो । त्यसबेलाको अप्ठ्यारोबाट पाठ सिक्दै आगामी दिनमा पूर्वाधारको समस्या झेल्नु नपरोस् भन्ने सोचेर कैलालीसँगै कञ्चनपुरमा १०० बेडको सुविधायुक्त कोभिड अस्पताल निर्माण गरेर सञ्चालन गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x