असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
सरकारले संघीय शासन प्रणाली अपनाएपछि पाँच वर्षको अन्तरालमा छिट्टै दोस्रो स्थानीय निर्वाचन गराउँदैछ । स्थानीय सरकारको पहिलो चार वर्षमा धेरै राजनीतिक उथलपुथल भयो ।
स्थानीय सरकार सफल भयो या असफलता भन्ने कुरा अझै चर्चाको विषय बनेको छ । अर्को वर्ष संसदीय निर्वाचनमा लैजाने चुनावी माहोलको पागलपनमा मुलुक बाँच्न थालेको छ ।
लोकतन्त्रमा सबैजना चुनावको समयमा निर्णायक क्षणबाट बाँच्छन् ।
केही वर्षका लागि देशको शासन चलाउने राजनीतिज्ञहरू चयन हुने भएकाले जनताको ठूलो सामाजिक उत्तरदायित्वको कार्यमध्ये मतदान पनि एक हो, जसले समाजको भविष्यलाई संकेत गर्छ ।
सचेत नागरिकले एउटा कुरा के बुझ्न पर्छ भने हाम्रो भूमिका समाज निर्माण गर्नका लागि धेरै महत्त्वपूर्ण छ । यस्तो निर्णायक मतदान गर्दा नागरिकहरू जिम्मेवार र शिक्षित हुनु जरुरी हुन्छ ।
निर्वाचन प्रक्रिया विद्यमान राजनीतिक प्रणालीको प्रतिविम्ब हो । लोकतान्त्रिक समाजमा सामूहिक स्वशासनको प्रक्रियामा सहभागी हुनु नागरिकको कर्तव्य हुन्छ भन्ने मान्यता छ ।
अक्सर, यो जिम्मेवारी मतदानमार्फत पूरा गरिन्छ । लोकतान्त्रिक समाजमा नागरिकले जसरी र जसलाई मत दिएपनि मतदान एउटा महत्त्वपूर्ण विषय हो ।
निर्वाचनको जोश कार्यकर्ताको उत्साहसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । हुन त नेपालमा हुँदै आएको चुनावी अभियानको अभ्यास झूट, हेरफेर, निभाउन नसक्ने वाचा, हिंसा, शक्तिको दुरुपयोग, त्रासदी र अनिश्चितताले भरिएको छ । जसले मतदाताको बुद्धि र क्षमतालाई पनि अपमानित गर्दछ ।
हुन त निर्वाचन भनेको उम्मेदवारको छनोट प्रक्रिया मात्र नभएर सार्वजनिक अधिकारीहरूका लागि वैधताको स्रोत पनि हो । यसको राजनीतिक र सामाजिक महत्त्व यति निर्णायक छ कि स्वतन्त्र र सर्वव्यापी निर्वाचनबाट आएको सरकारलाई मात्र वैध र लोकतान्त्रिक मानिन्छ ।
निर्वाचनविना लोकतन्त्रको कल्पना गर्न सकिँदैन । र, सत्ताका लागि सामाजिक शक्ति र राजनीतिक समूहबीच खुला प्रतिस्पर्धा हुँदैन । दलहरू र राजनीतिक उम्मेदवारका लागि निर्वाचनको समयमा विकृत, दूषित, दुर्व्यवहार र भ्रष्ट अभ्यास नयाँ होइन ।
हाम्रो देशमा निर्वाचन प्रक्रिया नैतिकरूपमा पतन भएको छ ।
पतनले यस्तो चरम रूप लिएको छ कि धेरै राजनीतिक दलहरूले अन्य दल र नेतासँग मिलेर अनैतिक चुनावी ठगी र छललाई प्रोत्साहन गर्न र त्यस्ता अखडाहरू सञ्चालन गर्न थालेका छन्, जसको परिणामस्वरूप खराब प्रतिनिधित्व र खराब सरकार जन्मिन्छ ।
मतदान गर्नु नैतिकताको दृष्टिले महत्त्वहीन कार्य होइन । यो कुनै व्यक्तिले बिहान लगाउने लुगाको छनोट वा मेनुमा रहेको खानाको निर्णय होइन । मतदान व्यक्तिगत सम्पत्ति होइन, साझा विरासत हो ।
यसले मतदाताको निर्णयमा आधारित राम्रो कारणको माग गर्दछ, मतदान गरेर हामी सरकारलाई राम्रो वा खराब के बनाउने हो, त्यो बनाउन सक्छौं । फलस्वरूप जनता र समाजलाई फाइदा वा नी के गर्ने हो त्यो गर्न सक्छौँ । जुन कुरा हाम्रो हातमा छ ।
हामी कस्तो प्रतिनिधिलाई साथ दिने र नदिने भन्ने कुराको निर्णय लिन पूर्ण अधिकारसम्पन्न जनता हौँ । मतदान बाध्यात्मक हुँदैन, तर जसले गर्छ उसले आफ्नो निर्णयको जिम्मेवारी बुझ्नुपर्छ । सही व्यक्तिलाई आफ्नो मत दिनु भनेको आमहितका लागि मतदाताले विश्वास गर्ने नीतिहरूलाई मतदान गर्नु हो । हामीले अज्ञानी, तर्कहीन र अनैतिक विश्वासका साथ मतदान गर्नुहुँदैन, जसो गर्नाले समाज र राष्ट्रलाई ठूलो नोक्सानी हुन जान्छ ।
नेपालमा उदीयमान लोकतान्त्रिक प्रणालीले हामीलाई नागरिक सहभागिताको सबैभन्दा ठूलो आधारभूत आधारमा चिन्तन गर्न आमन्त्रित गर्दछ । यो यस्तो तत्व हो कि जसबाट समुदायका सदस्यहरूले आफ्नो अधिकारीहरूसँगको सम्बन्धलाई बिस्तार गर्न, विरोध गर्न र मूल्यांकन गर्न सक्छन् ।
बढ्दो सहभागितामूलक र समावेशी लोकतन्त्रको निर्माणमा मतदान एउटा आधारभूत हतियार हो । प्रत्येक नागरिकले आफ्नो संवैधानिक अधिकार र कर्तव्य जान्नुपर्छ ।
उम्मेदवार छनोट गर्दा मतदाताले आफूले पाएको जिम्मेवारीलाई पनि सम्झनुपर्छ । राजनीतिक निर्णयहरूले हाम्रो दैनिक जीवनमा कसरी हस्तक्षेप गर्छ र असर गर्छ भन्ने कुरालाई अक्सर बेवास्ता गरिन्छ, जुन कुरा बिल्कुलै गलत हो । नैतिक मतले राम्रो निर्णय गर्ने ग्यारेन्टी गर्दछ ।
यसर्थ: आगामी निर्वाचनमा हामीले इमान्दार, जिम्मेवार र पारदर्शी उम्मेदवार छनोट गर्नुपर्छ । भ्रष्ट, बेइमान उम्मेदवारहरूबाट टाढा रहनुपर्छ । हाम्रो मतले उनीहरूलाई पुरस्कृत गर्ने वा दण्ड दिने भन्ने कुराको निर्क्योल निकाल्छ । हामीले आफ्नो हक र हितका लागि सोच्ने र सुशासन कायम गर्न को र कस्तो उम्मेदवार चयन गर्ने भन्ने सही समय यही हो ।
निजी र सार्वजनिक क्षेत्रमा महत्त्वाकांक्षालाई वैध मानिन्छ, तर राजनीतिमा व्यक्तिगत महत्वाकांक्षा जहर हो । राजनैतिक नैतिकता आफैँलाई चिन्नु र पहिचान गर्न सक्नुबाट शुरू हुन्छ ।
शक्तिको राजनीतिक दुरुपयोग हुँदा शक्तिको पतन हुन्छ । यो राजनैतिक अभ्यास गर्नेहरूको आनन्द र फाइदाका लागि प्रयोग र दुरुपयोग गरिन्छ । आमभलाइका लागि खराब राजनीतिज्ञको रक्षा, विरोध र निन्दा गरौँ । नेपाली राजनीति सफा गर्न असल नेता चुन्न आउने निर्वाचनमा बुद्धिमानीपूर्वक मतदान गर्नुहोस् ।
संघीयताको नाममा राजनीतिक दलहरूलाई जातीय आधारमा विभाजन गर्दा नेपालको राजनीतिक परिप्रेक्ष्यमा उल्लेखनीय परिवर्तन आएको छ ।
यी निर्वाचनहरूमा देशले 'जातीय' र 'राष्ट्रिय' मतबीचको दुविधाको सामना गर्नेछ । सामान्यतया जब मानिसहरूले गलत तरिकाले मतदान गर्छन्, तब मत खेर जान्छ । तपाईंको मत तपाईंको योग्यता झल्काउने कसी पनि हो । त्यसैले मतदान गर्नुपूर्व याद गर्नुहोस्, म के र कसका लागि मतदान गर्दैछु ? मेरो मतको सही सदुपयोग हुन्छ कि हुँदैन ?
नेतृत्व असीम रूपमा जटिल हुन सक्छ, तर एउटा उपयोगी रणनीति भनेको सम्भावित निर्वाचित अधिकारीहरूलाई तीनवटा व्यापक मापदण्डहरूमा मूल्यांकन गर्नु हो ।
योग्यता, चरित्र र सम्बद्धता यी तीन तत्त्वहरूको मूल्यांकन गरेर मतदान गर्न सकिन्छ । सही उम्मेदवारको छनौट तपाईंको अधिकार र कर्तव्य दुबै हो ।
माथि उल्लेखित कुनै कुराको ख्याल नगरी राजनीतिक दललाई मत दिनु भनेको हामीले हाम्रो नैतिकतामाथि नै धावा बोल्ने काम गर्नु हो । तपाईंसँग मत माग्ने प्रत्येक उम्मेदवारको नैतिक मूल्य मान्यताका बारेमा तपाईंले कहिल्यै सोच्नुभएको छ? भोट माग्ने व्यक्तिको आहार बिहार र विचारको बारेमा प्रश्न गर्नुभएको छ ? हामीले मतदानमार्फत प्रदान गर्ने सवै शक्तिले हाम्रो जीवनमा निकै ठूलो असर पर्छ, साथै यसको निकै ठूलो महत्त्व पनि छ ।
सही उम्मेदवारलाई मतदान गर्नुहोस् । तपाईंको मनले ठीक मानेको उम्मेदवारलाई मतदान गर्नुहोस् न कि पार्टी र यसको चुनाव चिह्न हेरेर । प्रमाणित गर्नुहोस् कि तपाईंको मत निकै ठूलो शक्ति हो । जसले तपाईंको मत लिन्छ, उसले समाज, गाउँ शहर, तपाईंको क्षेत्र र सम्पूर्ण देशका लागि के गर्न सक्छ भन्ने कुराको हेक्का राख्नुहोस् ।
यसरी गरिने मतदानले मात्रै जनहितमा काम हुनेछ । परिवर्तन र जनकल्याण हुनेछ । पार्टी र यसको चुनाव चिह्न मात्र हेरेर मतदान गरिँदा जनतामा फेरि निराशा र वितृष्णा पैदा हुने खतरा रहन्छ, जुन कुरा पटक्कै राम्रो होइन । मत जनताको शक्तिको साधन हो । खराब र भ्रष्ट उम्मेदवारलाई भोट नदिनु विवेकको कुरा हो ।
राजनीतिमा पनि राम्रोलाई पुरस्कृत र नराम्रोलाई दण्ड दिने प्रचलन छ भने हामी किन शुरूआति चरणमै असल र खराब नछुट्याउने ? हामी किन अब पनि चुनाव चिह्न र फलानो पार्टी भनेर बसिरहने ? हामीलाई त काम गर्ने मान्छे चाहिन्छ भन्नेबारे किन आज नै नसोच्ने ? अतः हामीले आफ्नो मतको सही सदुपयोग गर्ने बेला आएको छ ।
आगामी निर्वाचनलाई सत्य, न्याय र नैतिकतामा आधारित सच्चा नागरिक र लोकतन्त्रमुखी पद्धतिअनुसार हुने निर्वाचन बनाऔँ, जसले जनहित र जनतामुखी कार्यक्रममा जोड देओस् ।
अन्त्यमा, नैतिक मतले देशलाई समृद्ध बनाउँछ र लोकतन्त्रलाई बलियो बनाउँछ । तसर्थ: आफ्नो मत आफ्नै मर्जीले दिएर आगामी निर्वाचन सफल पारौँ ।
पार्टी र पार्टीको झण्डाभन्दा माथि उठेर आफ्नो हकअधिकारको पक्षमा लड्ने उम्मेदवार चयन गरौँ । मतको सदुपयोग गरौँ । फेरि पनि मेरो गोरुको बाह्रैटक्काको स्थिति आयो र तपाईं हामी पुरानै शैलीमा मासु र रक्सीमा बिक्यौँ भने हाम्रो भविष्य बिक्री हुनेछ ।
आउनुहोस्, सचेत र सजग जनताको भूमिका निभाउने वचनबद्धता बोकेर आजै र अहिल्यैदेखि आफूलाई तयार पार्नुहोस् । गलतलाई गलत र सहीलाई सही हो भन्नका निम्ति ।
सामान्य जागिर खानका लागि समेत न्यूनतम योग्यताको जरुरी पर्छ भने राजनीतिमा आउनका लागि किन पर्दैन ? कुनै मान्छेले न्युनतम योग्यताबेगर कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा जागिर माग्यो भने नदिइएजस्तै निश्चित योग्यता नपुगेकाहरूलाई राजनीतिमा प्रवेश दिनुहुन्न । यहाँ त, शुन्य योग्यता भएका राजनीतिज्ञहरूको पक्षमा यति धेरै जिन्दावादको नारा लाग्छ कि दुनियाँ कान नसुनेको जस्तै भटभटाइरहन्छ सुगा रटाइ । यहाँ कान नसुन्नुको अर्थ चेतनशील कान नसुन्नु भनिएको हो ।
हामीले यस्ता मान्छे जिताउँछौं कि यो देशमा कार्बनडाइअक्साइड र अक्सिजन केले दिन्छ भन्ने कुरा थाहा नहुने व्यक्ति वनमन्त्री हुन्छन् ।
किसान को हो र किसानका समस्या के-के हुन् भन्नेबारे जीवनको कुनै कालखण्डमा नदेखेको मान्छे कृषिमन्त्री हुन्छ । जो आफैँ साधारण हस्ताक्षर गर्नसम्म सक्दैनन्, तिनै शिक्षामन्त्री हुन्छन् । जसलाई अर्थ-वाणिज्य र व्यापारसम्बन्धी कुनै ज्ञान हुँदैन, उही यो देशमा अर्थमन्त्री हुन्छ । यस्ता मान्छे सञ्चारमन्त्री हुन्छन्, जसलाई मास कम्युनिकेशनको कुन चराको नाम हो थाहा हुँदैन । यी र यस्ता थुप्रै कुराहरू छन् ।
यो त भयो विभाग र यससँग सम्बन्धित मन्त्रिमण्डलको कुरा भयो । यहाँ त यतिसम्म छ कि माथि कुनै योग्यता नभएका, कुनै भिजन र दूरदर्शिता नभएका, आफन्त र आफ्ना आसेपासेको पद र ओहोदाको जगेर्ना मात्रै गर्ने ध्याउन्न लिएका मान्छे प्रधानमन्त्री हुन्छन् । झट्ट सुन्दा राम्रो नसुनिए पनि यो नै हामीकहाँ हुँदै आइरहेको अभ्यास हो । तीतो सत्य पनि यही हो ।
के अब यो अभ्यास परिवर्तन गर्नुपर्दैन ? कहिलेसम्म धानिरहने 'भेडा'हरूको शासन? कहिलेसम्म सहिरहने 'जुका'हरूको मनमौजी? भन्नुस्, कहिलेसम्म ?
अब जवाफ दिने तपाईं मतदाताको । आशा छ, आगामी चुनावमा पक्कै यहाँहरूले गतिलो जवाफ दिनुहुनेछ ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...