×

NMB BANK
NIC ASIA

आलेख

एकीकृत समाजवादीलाई अन्य दलभन्दा कसरी फरक बनाउने ?

माघ २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली गुटले २/२ पटक प्रतिनिधिसभा विघटन गरेपछि देशको राजनीतिक अवस्थामा तरलता छायो । विगत लामो समयदेखिको राजनीतिक अस्थिरता, भ्रष्टाचार, अनियमितताका कारण विकास निर्माणका कामले गति लिन सकेन अनि जनतामा निराशा छायो ।

Muktinath Bank

२०६२/०६३ को  ऐतिहासिक क्रान्तिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । जनताबाट निर्वाचित प्रतिनिधिबाट बनेको संविधान सभाद्वारा झण्डै १ दशक लगाएर समाजवादउन्मुख संविधान निर्माण भएपछिको आमनिर्वाचनमा एउटै घोषणापत्र जारी गरेर २ ठूला कम्युनिस्ट पार्टीको गठबन्धन पहिलोपटक आमनिर्वाचनमा सहभागी भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधि सभाको निर्वाचनमा जनताले राजनीतिक शान्ति, स्थिरता र सुशासनका निम्ति २ पार्टीको गठबन्धनलाई संघीय सरकार निर्माणका लागि करीब दुईतिहाइ स्थानमा विजयी गराए । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा समेत सरकार गठनका लागि बलियो आधार बन्यो ।


Advertisment
Nabil box
Kumari

संसदीय निर्वाचनको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलता विश्व कम्युनिस्ट आन्दोलनमा एउटा दुर्लभ घटना एवं ऐतिहासिक उपलब्धि थियो । निर्वाचनमा कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताबाट अब मुलुकमा राजनीतिक स्थिरता कायम हुनेछ, दुईतिहाइ नजिकको सरकारले मुलुकमा सुशासन कायम गर्नेछ र देश विकासको गति तीव्रताका साथ अगाडि बढ्ने छ भन्ने आशा र विश्वास जनतामा पलाएको थियो । 

Vianet communication
Laxmi Bank
वर्तमान परिस्थितिले हाम्रो काँधमा आएको यो गहन दायित्वलाई आत्मबोध गर्दै क्रान्तिकारी जोशजाँगर र भावनाका साथ नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि अविचलित रूपमा अगाडि बढ्नु आवश्यक छ ।

कम्युनिस्ट पार्टीलाई जनताले दिएको जनमत र २ पार्टीको सहमतिका आधारमा मुलुकको प्रधानमन्त्री बनेका केपी ओलीको दक्षिणपन्थी अवसरवादी, सर्वसत्तावादी चिन्तन, संविधान र लोकतन्त्र विरोधी व्यवहार, दम्भी, स्वेच्छाचारी, अहंकारी स्वभाव र  कसैसँग मिल्न पनि नसक्ने, मिलाउन पनि नसक्ने कार्यशैलीका कारणले गर्दा मुलुकको स्थिरता र विकासको गति नै धरापमा पर्‍यो । जनताको आशा र विश्वासमा ठेस लाग्यो, पार्टी एकता नै तोडियो । 

अहिले एकातिर केपी ओली गुट अलोकतान्त्रिक, असहिष्णु ढंगले संसदलाई बन्धक बनाइरहेको छ भने संविधान र विधिको शासन विपरीत अराजकता, स्वेच्छाचारिता प्रदर्शन गरिरहेको छ । प्रतिगामी गठबन्धन तथा देशीविदेशी प्रतिक्रियावादीहरूको  इशारामा मुलुकलाई अस्थिरतातर्फ लैजान खोजिरहेको छ । अर्कोतिर वर्ग चरित्र फरक–फरक भए तापनि शान्ति, संविधान, राजनीतिक स्थिरता, विकास र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धनको सहमति, सहकार्यका साथ अगाडि बढिरहेको छ ।

यस मोर्चाबन्दी र सहकार्यलाई  कसिलो बनाउँदै आगामी ३ तहका निर्वाचन शान्तिपूर्वक सम्पन्न गरेर गरीबीको रेखामुनि रहेका जनताको जीवनमा आर्थिक, सामाजिक परिवर्तन गर्नका लागि गठबन्धनलाई बलियो बनाउनु जरुरी छ । जातीय, वर्गीय, लैंगिक विभेदको अन्त्य गर्दै सामाजिक न्यायको प्रत्याभूति गर्न, अनियमितता, भ्रष्टाचार, घुसखोरी प्रवृत्तिको अन्त्य गर्दै सुशासन कायम प्रदान गर्न, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समृद्धि र विकासको गतिलाई अगाडि बढाउँदै समाजवादको पक्षमा दृढतापूर्वक उभिन जरुरी छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन

नेकपा एमालेको नेतृत्व तहमा खासगरी केपी ओली गुटमा हुर्किएको व्यक्तिवाद, स्वेच्छाचारी एवं निरंकुश प्रवृत्ति र दक्षिणपन्थी अवसरवादविरुद्ध पार्टीभित्र लामो कालसम्म वैचारिक संघर्ष गरेका त्यागी, इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरूले विद्रोह गरेर २०७८ भदौ २ गते नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी गठन गरेर २०७८ भदौ ९ गते निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र प्राप्त भयो ।

एमाले संसदीय दलका ३२ जना सांसद र केन्द्रीय कमिटीका ५५ जना केन्द्रीय सदस्यहरूले विद्रोह गरेर क्रान्तिकारी पार्टी गठन भएको हो । निर्वाचन आयोगले प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई दल रोज्नका निम्ति २०७८ भदौ १५–२२ गतेसम्मको समय दिएको थियो ।

केपी ओली गुटका अनेकौं जालझेल, प्रलोभन, षड्यन्त्र, धाकधम्कीलाई परास्त गर्दै सुदूरपश्चिम प्रदेशका १४, बागमती प्रदेशका १३, मधेश प्रदेशका १३, १ नम्बर प्रदेशका १०, कर्णाली प्रदेशका ३ र लुम्बिनी प्रदेशका १ जना प्रदेशसभा सदस्यहरूले हाम्रो पार्टी नेकपा एकीकृत समाजवादीमा सनाखत गर्नुभयो । त्यसैगरी स्थानीय तहका जनप्रतिनिधिहरूले पनि ठूलो संख्यामा आयोगमा सनाखत गरेर हाम्रो पार्टीमा आवद्ध हुनुभएको छ ।

कतिपय जनप्रतिनिधिहरूले औपचारिक रूपमा दल त्याग नगरे तापनि पार्टीमा आवद्ध भएर काम गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । पार्टी संगठनका सम्बन्धमा केन्द्रीय कमिटी, सातै प्रदेशमा प्रदेश कमिटी र सम्पर्क समन्वय कमिटी गठन भएका छन् । भूगोलका ७७ मध्ये ७६ र गैरभूगोलका जिल्ला कमिटीहरू गठन, पुनर्गठन भएका छन् । एवम् रूपले पालिका कमिटीहरू, वडा र टोल कमिटीहरू गतिका साथ गठन हुनुका साथै सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्नेहरूको लहर नै चलेको छ । यति छोटो अवधिमा परिवर्तनकामी जनताको माया र समर्थनले हाम्रो पार्टी राष्ट्रिय शक्तिको रूपमा विकास भएको छ ।

मार्गदर्शक सिद्धान्त

कमरेड पुष्पलालको अगुवाइ र नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको गठन २२ अप्रिल १९४९ (१० वैशाख २००६) मा भएको थियो । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै सामन्तवादको नायक राजतन्त्रको अन्त्य, नेपाली समाजमा रहेको  सामन्ती तथा दलाल नोकरशाही पुँजीवादी शोषण, दमन र वर्गीय, जातीय, लैंगिक विभेदको उन्मूलन, अन्तर्राष्ट्रिय साम्राज्यवाद, विस्तारवादको विरुद्धमा जनवाद, वैज्ञानिक समाजवादको स्थापनाको पक्षमा संयुक्त संघर्षको आवाज उठाउँदै आएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी २०६२/०६३ को जनक्रान्तिले स्थापना गरेको उपलब्धिहरूको रक्षा गर्दै सामाजिक, सांस्कृतिक रूपान्तरणसहित समाजवादी क्रान्ति पूरा गर्ने लक्ष्य र उद्देश्य बोकेको जनताको साँचो प्रतिनिधित्व गर्ने राजनीतिक दल हो । आम जनसमुदायसँग घनिष्ट सम्बन्ध स्थापित गर्दै सबै प्रकारका शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, असमानता र विभेदका विरुद्ध संघर्ष गर्नु र सुखी नेपाली समृद्ध नेपालको कार्यभार पूरा गर्दै, समाजवादी क्रान्तिको सेवामा समर्पित हुनु यस पार्टीको कर्तव्य हुनेछ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हो ।

मार्क्सवाद–लेनिनवाद क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवं आर्थिक, सामाजिक रूपान्तरणको मार्गदर्शक सिद्धान्त हो । जननेता कमरेड मदन भण्डारीले मार्क्‍सवादको सिर्जनात्मक विकास र प्रयोगबारे जनताको बहुदलीय जनवादी सिद्धान्त र कार्यक्रममा स–विस्तार व्याख्या गर्नुभएको छ । त्यसैको मूल्य, मान्यताको जगमा उभिएर आजका उपलब्धिहरू प्राप्त भएका हुन् र मूलभूत रूपमा सैद्धान्तिक प्रस्तावनाहरू आज पनि उत्तिकै सान्दर्भिक छन् । नेकपा एकीकृत समाजवादी जनआधारित कार्यकर्ता पार्टी हो । यसले लेनिनवादी संगठनात्मक सिद्धान्त, पार्टी निर्माण र सञ्चालनको सम्बन्धमा अपनाउँदै आएको जनवादी केन्द्रीयताको विधि हो । यो पार्टीले जनवादी केन्द्रीयता अर्थात् आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलनको महत्त्वपूर्ण पक्षलाई आत्मसात गरेको छ । 

पार्टीमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको पद्धतिलाई दह्रो गरी लागू गर्दै नेता प्रधान होइन, नीति प्रधान पार्टी हुनेछ । व्यक्ति कमिटीको मातहत रहने, अल्पमत बहुमतको मातहत रहने, बहुमतले अल्पमतको कदर गर्ने, तल्लो कमिटी माथिल्लो कमिटीको मातहत रहने, सबै कमिटी केन्द्रीय कमिटीको मातहत रहने, केन्द्रीय नेतृत्व र पार्टी नीति महाधिवेशनले निर्माण गर्ने र महाधिवेशन सम्पूर्ण पार्टी सदस्य मातहत रहने, सबै पार्टी संगठित सदस्यहरूमा सार्वभौम अधिकार निहित रहने व्यवस्था हाम्रो विधानले गरेको छ । 

नेपालको संविधानको व्यवस्था बमोजिम पार्टीका सबै कमिटीहरू समावेशी हुनेछन् । पार्टीमा युवालाई प्रोत्साहित र विकास गर्दै पार्टीका सबै सदस्यहरू आर्थिक आत्मनिर्भर र सामाजिक रूपान्तरणका लागि उत्पादनशील कार्यमा सरिक हुन प्रेरित हुनेछन् । यस पार्टीको रणनीतिक लक्ष्य लोकतान्त्रिक मूल्य, मान्यता सहितको वैज्ञानिक समाजवाद हो । यस पार्टीले पहलकदमी, शान्तिपूर्ण प्रतिस्पर्धा, श्रेष्ठता हासिल गर्ने मान्यता राख्दछ ।

संविधानको सर्वोच्चता, विधिको शासन, कानूनी राज्य, मानव अधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलवादी खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, समानुपातिक, सहभागिता, जननिर्वाचित प्रतिनिधिद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था र स्वतन्त्र न्यायपालिकाजस्ता आधुनिक लोकतन्त्रका मूल्य, मान्यतामा प्रतिवद्ध रही आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने कार्यदिशा हो । संविधानका यी विशेषताहरू जबजका आधारभूत मूल्य, मान्यताभित्र पर्दछन् ।

हाम्रो पार्टी एकीकृत समाजवादी संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलका सिद्धान्त, असंलग्न स्वतन्त्र परराष्ट्र नीति, पारस्परिक सहयोग र समानताको आधार अवलम्बन गर्दै  विश्वका सबै देशसँग सुमधुर सम्बन्ध कायम गर्दै, राष्ट्रिय हितको संरक्षण एवं संवर्द्धनमा दृढतापूर्वक क्रियाशील रहनेछ र पार्टीका सम्पूर्ण क्रियाकलाप नेपाल र नेपाली जनताको सर्वोपरि हितमा केन्द्रित हुनेछन् ।

आत्मनिर्भर अर्थतन्त्र नै समाजवादको आधार

मुलुकको राजनीतिक, अर्थतन्त्र, सामाजिक व्यवस्था दलाल पुँजीवादको घेरामा कैद भएको छ । यो पार्टी यसका सीमाहरूलाई भत्काउँदै, आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै नेपाली विशेषताको समाजवाद निर्माण गर्ने कार्यदिशा बोकेको पार्टी हुनेछ । यतिबेला समाजमा रहेका विद्यमान जातीय, वर्गीय, लैंगिक विभेद र  कूरीति, कूसंस्कारको विरूद्ध महाअभियान चलाउने पार्टी चाहिएको छ ।

स्पष्ट नीति, विधि र पद्धतिका आधारमा संस्थागत ढंगले चल्ने, नेता प्रधान होइन नीति प्रधान, व्यक्तिवादी होइन विचारवादी पार्टी चाहिएको छ । केवल चुनावदेखि चुनावसम्मको मान्यतामा मात्र चल्ने पार्टी होइन, नेपाली जनताको साझा सत्रु भनेको गरीबी, भ्रष्टाचार, कुशासन, कमिसनतन्त्र, नातावाद, कृपावाद, जातीय छुवाछुत र कूसंस्कार हो, यसविरुद्ध अभियान चलाउने पार्टी हुनेछ । 

सबै पार्टी सदस्यलाई उत्पादन कार्यमा जोड्न, दक्षता अभिवृद्धि तालिम दिई (दक्ष जनशक्ति) स्वरोजगार बनाउने नीति अवलम्बन गर्दै, आर्थिक आत्मनिर्भर बनाउँदै राष्ट्रिय पुँजीको विकास गर्ने, जनताका आधारभूत आवश्यकता गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी, पानी, बिजुली, सडक र सामाजिक सुरक्षा जस्ता समाजवादका आधारभूत कार्यक्रम लागू गर्दै जाने पार्टी हुनेछ ।

नेपाली समाजको चरित्र

शान्तिपूर्ण जनक्रान्तिको बलमा सामन्ती राजतन्त्रको अन्त्य र लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरिपेक्षता, संघीयता सहितको समाजवादउन्मुख संविधान २०७२ जारी भएपछि नेपाली समाजको चरित्रमा आधारभूत परिवर्तन भएको छ । नेपाली समाज समाजवादी क्रान्तिको अर्को चरणमा प्रवेश गरेको छ । 

नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनले विश्लेषण गरेर पारित विचार, सिद्धान्त, कार्यनीति, कार्यदिशा आधारभूत रूपमा सही छ । हाम्रो पार्टी त्यही विश्लेषणमा आधारित भएर समाजवादी क्रान्तिको कार्यदिशा अवलम्बन गर्दै समाजवादको यात्रामा निरन्तर अगाडि बढ्नेछ । वर्तमान नेपाली आर्थिक, सामाजिक व्यवस्था आधारभूत रूपमा पुँजीवादी व्यवस्था हो ।

अहिले नेपाली जनता र समाजमा विद्यमान शोषण, उत्पीडनको प्रमुख पक्ष भनेको दलाल नोकरशाही पुँजीवादी शक्ति हो । यतिबेला नेपाली समाजमा रहेका समाजवादी क्रान्तिका पक्षधर शक्ति र  त्यसको विरोधमा रहेका दलाल नोकरशाही पुँजीवादी शक्तिबीचको अन्तरविरोध नै प्रधान अन्तरविरोध बन्न पुगेको छ । समाजवादी क्रान्तिका पक्षधर शक्तिहरूले प्रहारको निशाना दलाल पुँजीवादको विरूद्ध केन्द्रित गर्नुपर्छ र हाम्रो लक्ष्य समाजवादको दिशामा निरन्तर अगाडि बढिरहनुपर्छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै जनवादको प्राप्ति र समाजवादी व्यवस्था स्थापनाको महान् लक्ष्य बोकेको छ ।

तात्कालिक कार्यभार

हाम्रो पार्टीसामु तात्कालिक वैचारिक, राजनीतिक र सांगठनिक गरी ३ तहका महत्त्वपूर्ण कार्यभारहरू छन् । वैचारिक कार्यभारमध्ये नेपाली कम्युनिस्ट आन्दोलनको रक्षा हो । नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवादको खतरा मौलाउँदै गएको छ । कम्युनिस्ट पार्टीमा गलत विचार, व्यक्तिवाद, स्वेच्छाचारी प्रवृत्ति, विकृति र विसंगतिको कारणले गर्दा विसर्जनवादको खतराबाट पार्टीलाई रक्षा गर्नु  महत्त्वपूर्ण कार्यभार हो ।

यतिबेलाको हाम्रो वैचारिक कार्यभार भनेको राजनीतिक, सैद्धान्तिक अध्ययन र प्रशिक्षण चलाउने र वैचारिक संघर्ष सञ्चालन गर्नु हो । कम्युनिस्ट पार्टी प्रतिको जनताको विश्वास गुम्न नदिन केपी ओली गुटले गरेको गलत प्रचार, भारतीय संस्थापन पक्ष एवं गुप्तचरसँगको मीलिभगतमा २–२ पटक प्रतिनिधि सभाको विघटन र राष्ट्रविरोधी, जनविरोधी, लोकतन्त्र विरोधी, संविधान विरोधी कदमको भण्डाफोर गर्नु अर्को कार्यभार हो ।

केपी ओली गुटले सरकार र सत्ताको दुरुपयोग गरेर भूमाफियाको सेटिङमा गुठी विधेयक ल्याएको थियो तर जनताको विरोध र अवज्ञाका कारणले फिर्ता लिन बाध्य भएको थियो ।

नेपाली जनताले पटक–पटक गरेको संघर्ष र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै समाजवादको  दिशामा अगाडि बढ्नुपर्ने वर्तमानको मुख्य कार्यभार हो ।

२०५९ सालदेखि नै सामन्त, दलाल तथा भूमाफियाहरूले झापाको बिर्तामोडस्थित गिरीबन्धु टि–स्टेट) चिया बगान कम्पनीको नाममा रहेको ३४३ बिघा जमिन सट्टापट्टा गरेर घडेरीको रूपमा बेचबिखन गरेर अर्बाैं कमाउने दाउमा थिए तर कुनै पनि सरकारले योजना सफल हुन दिएनन् । केपी ओली सरकारले (भूमाफियाको सेटिङमा) भूमि व्यवस्था ऐन २०२१ लाई आठौं संशोधन गरेर हदबन्दीभन्दा बढी कम्पनी तथा संघसंस्थाहरूको नाममा रहेको १ लाख ८५ हजार रोपनी (हदबन्दीभन्दा बढीको) सरकारी जग्गा सट्टापट्टा तथा फरफारक बेचबिखन गर्न पाउने व्यवस्था गरेर अर्बाैं भ्रष्टाचार गरेको सार्वजनिक भयो । यसरी लाखौं रोपनी सरकारी जग्गाजमिन दुरुपयोग गरी व्यक्तिकरण गरे ।

केपी ओली सरकारले वाइडबडी विमान खरिद, गोकर्ण रिसोर्ट, छापाखाना प्रेस खरिद, स्वास्थ्य सामग्री खरिद र बतास कम्पनी र नारायणहिटी जग्गा प्रकरणमा भएको भ्रष्टाचार र अनियमितताको  भण्डाफोर गर्नु अर्को कार्यभार हो ।

प्रथा, प्रचलन, परम्पराको नाममा समाजमा रहेका जातीय विभेद तथा छुवाछुत जस्ता संविधान, कानून एवं मानव अधिकार विरोधी व्यवहार र महिला हिंसाविरुद्ध जनचेतना जागृत गर्नुपर्ने अर्को महत्त्वपूर्ण कार्यभार हो ।

नेपाली जनताले पटक–पटक गरेको संघर्ष र बलिदानबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा गर्दै समाजवादको  दिशामा अगाडि बढ्नुपर्ने वर्तमानको मुख्य कार्यभार हो ।

केपी ओलीको अहं, दम्भ, व्यक्तिवाद, लोकतन्त्र, संविधान र विधिको शासन विरोधी प्रतिगामी कदमविरुद्ध ५ दलीय गठबन्धनले सडक आन्दोलन र अदालती कारवाहीको प्रक्रियाबाट अस्थिर राजनीतिलाई लिकमा ल्याउने महत्त्वपूर्ण उपलब्धि गरेको छ । अब यो गठबन्धनलाई यो प्रतिनिधि सभाको पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउँदै, आगामी ३ तहको निर्वाचनमा समेत सहमति र सहकार्यको आधारमा निर्वाचनमा जाने र निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले गरीबी उन्मूलन, जातीय, वर्गीय, लैंगिक विभेदको अन्त्य, सामाजिक न्याय, विकास र समृद्धिको अभिभारालाई पूरा गर्ने संकल्पका साथ अगाडि बढ्नुपर्ने अर्को महत्त्वपूर्ण कार्यभार हो ।

सांगठनिक कार्यभारमध्ये भौगोलिक, प्रवासी, जनसंगठन, पेशागत संगठन, सामुदायिक संगठन निर्माण कार्यलाई गतिका साथ अगाडि बढाउने, पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्दै पार्टीलाई नीति, विधि, पद्धति र संस्थागत ढंगले चलाउने कार्यशैली स्थापित गर्ने, यो पार्टी सर्वहारा, श्रमजीवी वर्गको हित र प्रतिनिधित्व गर्ने कम्युनिस्ट क्रान्तिकारी पार्टी भएको नाताले यसका नेता तथा कार्यकर्ताले स्वाधीन आत्मनिर्भर अर्थतन्त्रको विकास, जनसेवी भावना, लोकतन्त्र र समाजवादप्रति समर्पित, आर्थिक स्वच्छता, पारदर्शिता, अनुशासन, मितव्ययी, सादा जीवन उच्च विचार र जनपक्षीय जीवनशैली अवलम्बन गर्नुपर्छ ।

अन्त्यमा ७ दशक लामो नेपाली कम्युनिस्ट आन्दोलनलाई हाम्रा अग्रज तथा शहीदहरूको बलिदानी संघर्ष र जनताको तागतले रूपान्तरणको यो उचाइमा पुर्‍याएको हो ।

केपी ओली जस्ता व्यक्तिवादी, अहंकारी, निरंकुश तथा स्वेच्छाचारी, गुटबन्दीका नायकले नेपाली कम्युनिस्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवाद र विसर्जनको दलदलमा फसाउने काम गरेका छन् । अब हामीले दक्षिणपन्थी विसर्जनवादविरुद्ध तिखो वैचारिक संघर्ष सञ्चालन गर्दै वामपन्थी शक्तिहरूबीच सहमति, सहकार्यको भावना विकास गर्दै, कम्युनिस्ट क्रान्तिकारीहरूसँग पार्टी एकताका आधार तयार पार्दै अगाडि बढ्नुपर्छ ।

वर्तमान परिस्थितिले हाम्रो काँधमा आएको यो गहन दायित्वलाई आत्मबोध गर्दै क्रान्तिकारी जोसजाँगर र भावनाका साथ नेपाली कम्युनिस्ट आन्दोलनको पुनर्गठन र पुनर्जागरणका लागि अविचलित रूपमा अगाडि बढौं ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x