×

NMB BANK
NIC ASIA

संसदीय दलमा देउवा- एमसीसीबारे हौवा फैलाइयो, तपाईंहरूले प्रतिवाद गर्नुस्

फागुन ३, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) जतिसक्दो छिटो संसदबाट अनुमोदन हुने बताएका छन् ।

Muktinath Bank

एमसीसीबारे बाहिर भ्रम फैलाइएकाले त्यसको प्रतिवाद गर्न उनले आग्रह गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संसद भवन नयाँ बानेश्वरमा मंगलवार बसेको कांग्रेस संसदीय दलको बैठकलाई सम्बोधन गर्दै देउवाले एमसीसी राष्ट्रहितमा रहेकोले पारित गर्नुपर्ने बताएका हुन् । 


Advertisment
Nabil box
Kumari

भोलि नै संसदमा एमसीसी टेबल गर्नु तयारी रहेको भन्दै देउवाले यसको पक्षमा बोल्न सांसदहरूलाई निर्देशन दिए । 

Vianet communication

‘सक्दो छिटो एमसीसी टेबल गराउँछौं, तपाईंहरूले यसबारेका भ्रम निवारण गर्नु पर्‍यो,’ देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस सांसद रंगमति शाहीले लोकान्तरसँग भनिन् । 

देउवाले एमसीसी पूर्ववर्ती केपी शर्मा ओली सरकारले संसदमा दर्ता गराएको र सो प्रस्ताव पारित गर्नु एमालेको पनि दायित्व रहेको बताएका थिए । उनले एमालेका प्रमुख सचेतकले एमसीसी पारित गर्ने षड्यन्त्र भएको भनेर दिएको प्रतिक्रिया आश्चर्यलाग्दो रहेको बताए ।

बैठकमा पूर्वअर्थमन्त्री डा. रामशरण महतले एमसीसीका प्रावधानबारे जानकारी गराउँदै राष्ट्रहितको पक्षमा रहेको बताएका थिए । उनले एमसीसीको अनुदान कुनै हालतमा फर्किन दिन नहुने बताएका थिए । 

मंगलवारको बैठकमा महामन्त्री गगन थापा, संजय गौतम, देव तिमल्सिना, प्रकाश रसाइली लगायतले बोलेका थिए । कांग्रेस कार्यसम्पादन समितिको बैठक पनि मंगलवार दिउँसो बस्दै छ । 

सोमवारको सर्वदलीय बैठकमा सभामुख अग्नि सापकोटाले आफू अम्पायरको भूमिकामा रहेकोले दलहरूबीच सहमति भएर आउने कुनै प्रस्ताव नरोक्ने बताएका थिए । प्रतिनिधि सभाको बैठक शुक्रवार दिउँसो १ बजे बस्दैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x