कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
एउटा नेपाली उखान छ – एक पन्थ दुई काज अर्थात् एक प्रयत्नबाट दुईटा लाभ ।
हो, त्यही भावसँग मेल खान्छ कञ्चनपुरका एक अगुवा कृषकको कृषि कर्म । उनी एउटा बालीमा गर्छन् लगानी, अर्को बालीबाट शून्य लगानीमा लिन्छन् मनग्यै आम्दानी ।
उनी हुन् कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तीबोझाका ३७ वर्षीय आसरे राम बडायक । उनी ६ विघा जमिनमा धान, गहुँसहित व्यावसायिक उखु र आलु खेती गर्छन् ।
उनको खेती गर्ने शैली भने निकै पृथक छ । उनी नयाँ प्रविधिलाई पछ्याउँदै बाली उत्पादन समय चक्रलाई ध्यानमा राख्दै खेती गर्छन् । फलतः त्यो प्रयोगले लागत अनुपात घट्दै गएको छ भने बालीको उत्पादन दर र मूल्य श्रृंखला वृद्धि भई उनी मनग्यै आम्दानी गर्न सफल भएका हुन् ।
उनी भन्छन्, ‘कृषि कर्म अब निर्वाहमुखी होइन । व्यावसायिक नजरले हेर्न जरुरी छ । हामीसँग सीमित जमिन छ, त्यो पनि घट्दै गएको छ । त्यही जमिनमा उत्पादन बढाउने हो । त्यसमा गरिने लगानी घटाउन सक्नुपर्छ । त्यसको प्रतिफल नै मुनाफा हो । आजको नयाँ प्रविधि र त्यसप्रतिको लगनशिलताले निकै सहज छ ।’
विगत ७ वर्षदेखि व्यावसायिक उखु खेती गर्दै आएका कृषक बडायकले ३ वर्षदेखि मिश्रित बालीको रूपमा उखु र आलु खेती एकैसाथ गर्दै आएका छन् ।
चालू आर्थिक वर्ष २०७८/२०७९ कात्तिक १६ गते आलु र १८ गते रोपिएको उखुसँगै हुर्किरहेको छ । आलु लटरम्म फलिसकेको छ । उखुको अँखला बेर्नामा ३–४ पात सहितको पालुवा आइसकेको छ ।
मिश्रित बालीमा लाभैलाभ
कृषि फर्ममार्फत व्यावसायिक उखु र आलु खेती गर्दै आएका बडायकलाई मिश्रित खेतीको आवधारणाप्रति महाकाली सुगर मिल र बेलौरी नगरपालिकाको कृषि शाखाले हौस्याएको हो ।
‘महाकाली सुगर मिल र बेलौरी नगरपालिकाले हामीलाई उखु खेती सिकायो । उखुसँगै मिश्रित बालीको रूपमा आलु खेती गर्न सकिन्छ भनेर हामीलाई तालिम नै दिइयो । जसबाट म निकै प्रभावित भए । आलु आलीमा र उखु केही दूरीमा रहेको नालीमा रोपिन्छ,’ मिश्रित बालीबारे उनले भने, ‘यसरी उखुमा प्रयोग हुने मल आलुलाई काम लाग्ने हुन्छ । आलुको उत्पादन करीब ४ महिनामै लिन सकिन्छ । आलुको पात सहितको डाँठ उखुका लागि हरियो मलको काम गर्छ । आलुखन्दा उखुको गोडमेल हुने हुँदा उखु गोडमेल गर्दा लाग्ने मजदुर खर्चमा बचत हुन्छ । यसरी एकै समयमा रोपिने हुँदा १ बालीमा लाग्ने लगानी २ बालीलाई पुग्छ । जसबाट लागत घटाउन सकिँदो रहेछ ।’
शुरूआती वर्षमा १ विघा क्षेत्रफलमा मिश्रित बालीको रूपमा उखु र आलु खेती गरेका उनले केही प्राविधिक ज्ञानको अभावले घाटा व्यहोर्नुपरेको थियो तर उनी पहिलो वर्षको असफलताले कत्ति पनि हतोत्साहित भएनन् । दोस्रो वर्षमा पनि उनको मेहनतले रंग ल्यायो ।
वर्षमा २५ लाखसम्म मुनाफा
व्यावसायिक कृषिलाई आफ्नो जीवनको लक्ष्य बनाइसकेका बडायक आफूलाई अपुग रहेका ज्ञान र सीप सिक्ने कुरामा कहिल्यै पछि पर्दैनन् । कहिले इन्टरनेटको माध्यमबाट प्राविधिक ज्ञान हासिल गरिरहेका हुन्छन् त कहिले अन्य निकायको सहयोग माग्छन् ।
महाकाली सुगर मिलको सहयोगमा आफूसहित केही कृषकले भारतको उत्तरप्रदेशस्थित सहजानपुर गन्ना स्रोत परिषद्बाट तालिम समेत लिइसकेको बताउँछन् उनी ।
बडायक पछिल्लो समय उखु र थारु आलु प्रवद्र्धन कार्यक्रम अन्तर्गत कृषि ज्ञान केन्द्र कञ्चनपुर तथा सुदूरपश्चिम कृषि विकास निर्देशनालयबाट प्राविधिकसँगै अनुदान सहयोग समेत पाउँदै आएका छन् ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरले चालू आर्थिक वर्ष २०७८/२०७९ मा बडायकलाई आलु विस्तार कार्यक्रम अन्तर्गत थारु आलुको बिउको लागि १ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ तर अनुदानमुखी काम कहिल्यै नगरेको उनको भनाइ छ ।
उनी २ विघा ५ कठ्ठा जमिनमा उखु र रैथाने थारु आलु खेती गरेका छन् भने १ विघामा आलु खेती मात्रै गरेका छन् । आलु खेतीमा मात्रै ६ लाख रुपैयाँ लगानी गरेको उनले बताए ।
प्रतिविघा १०० क्वीन्टलका दरले चालू वर्ष ३०० क्वीन्टल आलु उत्पादन हुने उनको अनुमान छ । थारु आलुको औसत बजार मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको सुनाउँदै उनले करीब १५ लाख रुपैयाँको आलु उत्पादन हुने बताए । यसरी उनलाई आलु खेतीबाट ४ महिनाको अवधिमा ९ लाख रुपैयाँसम्म मुनाफा हुने भएको छ ।
उखुमा पनि नयाँ प्रविधि
उखु खेतीमा पनि कृषक बडायक राम्रो आम्दानी लिँदै आएका छन् । साढे २ विघामा उखु खेती गर्दै आएका उनी प्रतिविघा ११ सय क्वीन्टल उत्पादन गर्दै आएका छन् ।
उखु खेतीमा उनी बिउ उत्पादनको नयाँ प्रविधि प्रयोग गर्दै आएका छन् । उनी वर्ड प्रविधि अर्थात् बड कटर मशिन प्रयोग गरी बेर्ना तयार पार्दै आएका छन् । जसबाट कम उखुको प्रयोगबाट धेरै बिउ उत्पादन गर्न सकिने उनी सुनाउँछन् ।
उखु खेतीबारे अनुभुव सुनाउँदै उनले भने, ‘मैले बड कटर मशिन आफैं बनाएको छु । मैले प्रतिविघामा २ क्वीन्टल उखुको अँखला बिउ प्रयोग गर्छु । जबकि अन्य कृषक प्रतिविघामा ७० क्वीन्टल बिउ प्रयोग गर्छन् ।’
कृषि कार्यमा यान्त्रिकरण गरेका उनी प्रतिवर्ष २०–२५ लाख रुपैयाँसम्म खुद मुनाफा गर्दै आएका छन् । ८ जनाको परिवार रहेको बडायकको ३ जना मात्रै कृषि कार्यमा संलग्न छन् ।
उनैबाट प्रभावित भएका उनका भतिजा बीएससी एजी (कृषि विज्ञान) अध्ययनरत छन् । उनी १०–१५ जनालाई नियमित रोजगारी समेत प्रदान गर्दै आएका छन् ।
व्यावसायिक आलु र उखु खेतीको बजार सम्भावना उच्च रहेको बडायक बनाउँछन् । निकट भविष्यमा टिस्युकल्चर प्रविधिबाट उखुको बेर्ना तयार पार्ने उनको योजना छ ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...