×

NIC ASIA

'जनप्रतिनिधिको आपसी अन्तरद्वन्द्वले अपेक्षाअनुसार काम भएन'

फागुन १४, २०७८

Prabhu Bank
NTC
Premier Steels

स्थानीय तहका जनप्रतिनिधिको आपसी अन्तरद्वन्द्वले अपेक्षाअनुसार काम गर्न नसकेको देखिएको छ । 

जनप्रतिनिधिको कार्यकाल सकिनै लाग्दा प्रमुख, उपप्रमुख र कर्मचारीबीचको द्वन्द्वले काममा तालमेल नहुँदा घरघरमै आएका गाउँ/नगर सरकारहरू विकासमा चुकेको विज्ञहरूले बताएका हुन् । यसले विकास र मानव संशाधनमा जनतालाई घाटा भएको पाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामाजिक परिवर्तन केन्द्रले शनिवार बुटवलमा आयोजना गरेको स्थानीय शासन प्रणालीका चुनौती र अवसर विषयक अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले कर्मचारीले संघीयताको मर्म र जनप्रतिनिधिले कानून नबुझ्दाको विवादले पालिकाले अपेक्षाकृत विकास गर्न नसकेको बताएका हुन् ।


Advertisment
Rupse Holidays
Nabil box

कानूनका जानकार युवराज कँडेलले जनप्रतिनिधिको सुविधाको द्वन्द्वको मारमा जनता परेको बताए । कँडेलले कर्मचारीले संघीयताको मर्म र जनप्रतिनिधिले कानून नबुझ्दा पालिकामा द्वन्द्व भइरहेको बताए । 

Vianet communication

आर्थिक क्षेत्रका जानकार हुमराज भुसालले मानव संशाधनको विकास, योजना छनौट र तर्जुमा गर्दा स्थानीय तहहरू चुकेको बताए । अर्थशास्त्रका प्राध्यापक नुरजंग केसीले जनप्रतिनिधि सेवक नभई शासक जस्तो बनेको बताए । 

जनप्रतिनिधिले आफैं ठेकेदार आफू अनुकूलका कर्मचारी राखेर बजेटको दुरूपयोग समेत गरेको आरोप लगाए । शुद्धोधन गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अनन्तमणि मरासिनीले जनप्रतिनिधिमा प्रतिशोध र पूर्वाग्रह हुँदा काममा कठिनाइ भएको बताए । 

बुटवल उपमहानगरपालिाका–११ का वडाध्यक्ष आलोचना र कमजोरीलाई सुधार गरेर जान तयार रहेको बताए । सिकाइसँगै पालिकाहरूले धेरै कामहरू पनि गरेको बताए । 

बुटवल–१४ का वडाध्यक्ष दधिराम न्यौपानले सामुदायिक विद्यालयको गुणस्तर सुधारमा पालिकाहरूले उल्लेखनीय काम गरेको बताए । 

देवदह नगरपालिका–१० का वडाध्यक्ष एकबहादुर सुनारले स्थानीय सरकार आएपछि हरेक कुरामा जनसहभागिता र अवसर जनताले धेरै लिएको बताए । 

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका अधिकृत रामप्रसाद अर्यालले स्थानीय तहका र समायोजनबाट आएका कर्मचारीबीच विभेद रहेको बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x