×

NIC ASIA

इतिहासमा फागुन २०

गिरिजा मुस्किलले बाँचेको त्यो दिन : देउवाको ओठको चोट सम्झाउने सुरजपुरा घटना

फागुन २०, २०७८

Prabhu Bank
NTC
Premier Steels

२० फागुन २०४० । तराईमा पञ्चायतका समर्थक 'मण्डले'हरूको बिगबिगी थियो । नेपाली कांग्रेस संगठन सुदृढीकरण गर्दै लोकतन्त्र स्थापना लागि प्रयासरत थियो ।

Muktinath Bank

पार्टीका प्रायः सबै प्रभावशाली नेताहरू देश दौडाहामा निस्किए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजभन्दा झण्डै चार दशकअगाडि आजकै दिन (फागुन २० गते) कांग्रेसका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला, हालका प्रधानमन्त्री शेरबहादुर देउवा, शैलजा आचार्य लगायतका रूपन्देहीको सुरजपुरा आउने कार्यक्रमले कांग्रेस कार्यकर्तामा निकै उत्साह थियो ।


Advertisment
Nabil box
Kumari

हालको देवदह नगरपालिका वडा नम्बर ३  सुरजपुरास्थित कांग्रेसका तत्कालीन रूपन्देही सभापति पुष्पानन्द गिरीको घरमा सभा राखिएको थियो । 

Vianet communication

अन्य ठाउँभन्दा सुरजपुरा पञ्चहरूबाट केही सुरक्षित देखेर कांग्रेसले त्यहाँ कार्यक्रम राखेको थियो । गिरिजाले भाषण शुरू गरेका मात्र थिए, चारैतिरबाट घेरेर सांघातिक आक्रमण भयो । ढुंगा मुढासहित खुकुरी नचाए । आक्रमण भएपछि कांग्रेस कार्यकर्ताहरूको भागाभाग भयो । दर्दनाक घटनामा परेर कांग्रेस रुपन्देहीका तत्कालीन नेता यादवनाथ आलोक र रामप्रसाद चौधरीको मृत्यु भयो । २०० भन्दा धेरै घाइते भए । 

‘मण्डलेहरू ठूलो गिरी (पुष्पानन्द) र गिरिजाको टाउको छिनेर लैजाने हो भनेर आएका थिए,’ घटनाका प्रत्यक्षदर्शी भूमा गिरीले लोकान्तरसँग भनिन्, ‘हामीले गिरिजा, शेरबहादुर, रामचन्द्र, शैलजालाई घरभित्र आँटीमा लुकाएर राख्यौं । नत्र मण्डलेहरूले सिध्याउँथे ।’ 

७० वर्षीया भूमाले थपिन्, ‘अहिलेका कांग्रेसका सभापति देउवाको ओठमा चोट छ नि ? त्यहीँ सुरजपुरा घटनामा मण्डलेहरूको आक्रमणबाट लागेको चोट हो । मण्डलेहरू आउने भन्ने संकेत पाएपछि अरू नेताको भाषण नराखेर गिरिजाको मात्र राखिएको थियो । उहाँ बोल्न थाल्नेबित्तिकै कालो झण्डासहित मण्डलेको जत्थाले घेरिहाल्यो ।’ 

महिलाहरूले छेकेर राखेकाले नेताहरूलाई बचाउन सम्भव भएको उनी सम्झिन्छिन् ।

भूमा गिरी

‘हामीले गिरिजासहित सबैलाई ढाकेर राखियो । धन्न त्यो समयमा मण्डलेहरूले आइमाई मान्छेलाई छोएनन् र गिरिजासहित कांग्रेसका नेताहरू बाँचे,’ उनले भनिन् ।

गिरिजालाई घरको पहिलो तलामा राखेर ढोकामा भोटे ताल्चा लगाइएको थियो । पुष्पानन्दले गिरिजा लगायतका नेताहरूलाई भित्र लगेका थिए । नेताहरू घरमा आँटी (माथिल्लो तला) थिए, तलबाट घरमा आगो लगाएको थियो । 

बिहीवार लोकान्तरकर्मीसामु ४ दशक पहिलेको घटना स्मरण गर्दैगर्दा भूमा झसंग बनिन् । सुरजपुराकाण्डको नामले बदनाम उक्त घटना रुपन्देहीवासीले अझै बिर्सिएका छैनन् ।

‘हामी कसैसँग डराउन हुँदैन । हामी डरायौं भने, केही गर्न सक्दैनौं । पुलिस प्रशासनले हामीलाई तर्साउन खोज्छ । अनेक हतकण्डा अपनाउन सक्छन् । समात्न सक्छन् । कारवाही पनि गर्न सक्छन् । तर, हामी पछि हट्नु हुँदैन । तपाईंहरूले आफ्नो मनबाट डर भन्ने ननिकाल्नुहोला भन्दाभन्दै मण्डलेहरूको हुलले आक्रमण गरिहाल्यो,’ घटनाका घाइते समेत रहेका कांग्रेस रुपन्देहीका पूर्व सभापति रामचन्द्र ढकालले लोकान्तरसँग भने ।

‘हातमा नांगा खुकुरी लिएका थिए । सबैले झोला बोकेका थिए । लाठी पनि साथमा थियो । केहीका हातमा रक्सीका जर्किन थिए,’ घटनाका अर्का प्रत्यक्षदर्शी घनश्याम गिरीले सम्झिए, ‘झोलाबाट ढुंगा निकालेर प्रहार गर्न थाले ।’

घनश्याम गिरी

ढोका बन्द गरेपछि उनीहरू झ्याल फोडेर भित्र पसे । घरका थाम काटे । तर, माथिल्लो तलामा जान सकेनन् । लगातार २ घण्टासम्म उनीहरूले ढुंगा प्रहार गरे । भेटेजतिका कार्यकर्तालाई आक्रमण गरे । प्रहरीकै संरक्षणमा त्यो बेला आक्रमण भएको प्रत्यक्षदर्शी घनश्याम गिरी बताउँछन् । 

७० वर्षीया भूमाले थपिन्, ‘अहिलेका कांग्रेसका सभापति देउवाको ओठमा चोट छ नि ? त्यहीँ सुरजपुरा घटनामा मण्डलेहरूको आक्रमणबाट लागेको चोट हो । मण्डलेहरू आउने भन्ने संकेत पाएपछि अरू नेताको भाषण नराखेर गिरिजाको मात्र राखिएको थियो । उहाँ बोल्न थाल्नेबित्तिकै कालो झण्डासहित मण्डलेको जत्थाले घेरिहाल्यो ।’ 

आक्रमणको नेतृत्व पञ्चायत पक्षधर कूलबहादुर बाठा भन्ने व्यक्तिले गरेको उनीहरूको भनाइ छ ।

आफूहरूले प्रतिकार गर्न खोज्दा पुलिसले गोली गोली चलाएको छ, उनीहरूले आक्रमण गर्दा केही नगरेको उनीहरूको गुनासो छ ।

माथिल्लो तलामा जान नसकेपछि उनीहरूले घरभित्रका धेरै सामान लिएर गएका थिए । ‘शरीरमा लगाएको कपडाबाहेक अरू बाँकी राखेनन् । घटनामा गम्भीर घाइते भएका १९ जनालाई गोरुले तान्ने ६ वटा लडियामा राखेर सेमरा बजारसम्म लगियो । सेमराबजारबाट ट्रकमा राखेर घाइतेहरूलाई बुटवल ल्याइयो । २२ गते सुरजपुरा घटनामा घाइते भएका यादवनाथ आलोकको मृत्यु भयो । शिक्षक रामप्रसाद चौधरीको घटनाको दशौं दिनमा ज्यान गयो,’ उनलेभ ने । 

गिरिजाप्रसाद कोइरालालाई मार्ने उद्देश्य सुरजपुरा घटना घटाइएको त्यसबेलाका जिल्ला सभापति ढकाल बताउँछन् । सुरजपुरा आउनुभन्दा अघि पनि बाटोमा गिरिजाप्रसाद कोइरालालाई आक्रमण गर्ने योजना पञ्च समर्थकहरूको थियो ।

काठमाडौंबाट आउने क्रममा पनि गिरिजाप्रसाद गाडी परिवर्तन गरेका कारण आक्रमणबाट बचेका थिए । काठमाडौंबाट रुपन्देही आउँदै गर्दा चितवनभन्दा पर कोइराला चढेको जीप बिग्रियो । त्यसपछि गिरिजासहितका नेताहरू ट्रकमा चढेर खैरेनीसम्म आए । जीप कुरेर बसेका मण्डलेहरूले ट्रकमा आएको थाहा पाएनन् । तत्कालीन राजा वीरेन्द्रलाई चुनौती दिँदै हिँडेकाले गिरिजाप्रसादमाथि आक्रमणको प्रयास भएको तर्क कांग्रेस नेताहरूको छ ।

गिरिजाप्रसाद कोइराला र राजा वीरेन्द्रबीच भेट हुँदा राजाले गिरिजालाई भनेछन्, ‘तपाईंहरूको नेपाली कांग्रेस धेरै जनताबाट टाढा भयो । तपाईंको कुरा कसले सुन्छ अब ?’ जवाफमा गिरिजाप्रसादले भनेछन्, ‘अब म जनतामाझ जान्छु । मेचीदेखि महाकालीसम्म पुग्छु । शहरमुखी नभई गाउँका मान्छेहरूसँग आफ्ना कुरा राख्छु ।’ 

त्यति भनेर आफ्ना सहकर्मीलाई लिएर गिरिजा देश दौडाहामा निस्किएका थिए । त्यसै क्रममा सुरजपुरा आएका थिए । ‘कांग्रेसलाई गाउँगाउँमा जान नदिने उद्देश्यले नै त्यसबेलाको घटना घटाइएको हो,’ ढकालले थपे ।  

पूर्व सभापति ढकाल

मुलुकमा बहुदलीय व्यवस्था आउनुभन्दा झण्डै ६ वर्षअघि २०४० साल फागुन २० गते भएको सुरजपुरा घटना नेपाली कांग्रेसको इतिहासको एउटा कहालीलाग्दो घटना हो । त्यस घटनापछि गिरिजाप्रसाद कोइराला ४ पटक सुरजपुरा पुगेका थिए । अरू केन्द्रीय नेता पनि रुपन्देही आएका बेला सुरजपुरा पुग्छन् ।

कांग्रेसले २२ गते सुरजपुरा घटनाको सम्झनामा कार्यक्रम गर्दै आइरहेको छ । कांग्रेसले आलोकलाई शहीद घोषणा गरिसकेको छ ।

प्रजातन्त्र आएपछि गिरिजा र देउवा सरकारको नेतृत्वमा पुगे पनि सुरजपुरा घटनाको छानबिन नभएको कांग्रेस नेताहरू बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x