×

NMB BANK
NIC ASIA

बीमा कम्पनीको बदमासी : मृत्यु हुँदा पनि राहत रकम दिएन बीमा कम्पनीले

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ, २१ असार -वैदेशिक रोजगारीका क्रममा केही भइहाले आफू र घरपरिवारले राहत पाउने आशासहित कामदार विदेश जानुअघि जीवन बीमा र कामदार कल्याणकारी कोषमा रकम तिरेर जाने गर्छन् ।

रामेछापको मन्थली पिप्लेका शम्भु बुढाथोकीले चार वर्षअघि विसं २०७० साउनमा वैदेशिक रोजगारीका लागि कुवेत जाँदा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गर्दा पनि त्यस्तै आशा गर्नुभएको थियो । तर आशाअनुरुप उहाँ समस्यामा पर्दा बीमाबापतको राहत रकम पाउनुभएन । खाना पकाउने ‘कुक’को जागीरे भई रोजगारीका लागि कुवेत गएको सात महिनापछि उहाँ पक्षाघातले थलिनुभयो । उच्च रक्तचाप अत्यधिक हुँदा मस्तिष्काघात भई उहाँलाई शरीरका सबै अङ्ग नचल्ने पक्षाघात भयो ।

कुवेतमै एक वर्ष उपचार गरे पनि बोल्न र चल्न नसक्ने अवस्थामा नेपाल फिर्ता पठाइनुभएका उहाँ के कारणले त्यस्तो भयो भन्ने समेत परिवारले अझै भेउ पाउन सकेको छैन ।

उहाँकी जीवन सङ्गिनी गोमा बुढाथोकीले घटनाबारे सम्झना गर्दै भन्नुभयो, “गएको सात महिना भएको थियो । उहाँले पर्सि तीन लाख रुपैयाँ पैसा पठाइदिन लागेको छु भनेर फोन गर्नुभयो । फोन गरेको अर्को दिन त्यस्तो भएछ ।”

नेपाल आएपछि वीर अस्पतालमा र मन्थलीमा पनि नियमित रुपमा उहाँलाई स्वास्थ्य जाँच गराइँदै आइए पनि स्वास्थ्यमा कुनै सुधार आएन । टाउकाको पछाडिको भाग चिरेको थियो, घाँटीमा पाइप हालेर तरल पदार्थ मात्रै खुवाइन्थ्यो । नेपाल फर्किएको छ महिनापछि विसं २०७२ भदौ २ गते उहाँको मृत्यु भयो ।

स्वस्थ रुपमा गएका श्रीमान् त्यो अवस्थामा फर्किएपछि गोमाले धेरैचोटि श्रीमान्सँग के भएको हो भनेर सोध्ने प्रयास गर्नुभयो । तर शम्भुबाट कुनै प्रतिक्रिया आएन । शम्भुको न त शरीरका कुनै अङ्ग चल्थ्यो, न त बोली नै फुट्थ्यो । उहाँ केवल टोलाएर हेर्नुहुन्थ्यो, कुनै प्रतिक्रिया दिनुहुन्नथ्यो ।

शम्भु यस्तो अवस्थामा फर्किएपछि गोमाले बीमारी भएको आधारमा पहिलोपटक र मृत्यु भएपछि पुनः दोस्रो पटक बीमाबापत पाउनुपर्ने रकम माग दाबी गर्दै प्राइम लाइफमा निवेदन दिनुभयो । तर तीन वर्षदेखिको उहाँको प्रयासले अझै मूर्त रुप लिन सकेको छैन ।

नियमानुसार उपचार गर्दा पनि कामदार एक वर्षसम्म सुधार नहुने किसिमको घाइते अवस्था बीमा अवधिभित्र भएमा उसलाई बीमाले पूर्ण रकम दिनुपर्छ । तर प्राइम लाइफले बीमा नियमले यस्तो घटनामा दिन नमिल्ने भन्दै क्षतिपूर्तिबापतको रकम नदिएको गोमाले जानकारी दिनुभयो ।

प्राइम लाइफले पटक÷पटक बीमाको पैसा दिन्छु भन्दै उहाँलाई झुक्याइरह्यो तर अहिलेसम्म दिएको छैन । उहाँले भन्नुभयो, “बीमाबापतको रकम पाइन्छ कि भनेर तीन÷चारचोटि काठमाडौँ गएँ । उल्टै भएको पैसा पनि सकियो ।”

प्राइम लाइफको वैदेशिक रोजगार बीमाको क्षेत्र हेर्दै आउनुभएका अधिकृत विमलबहादुर राउतले यो घटनाबारे अनभिज्ञता प्रकट गर्दै प्रक्रिया पूरा भएर आएका सबै घटनामा आफूहरुले बीमाबापतको रकम दिने गरेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, “वर्षमा हामी रु २० करोड जति वैदेशिक रोजगारमा गएका पीडित र उनका परिवारजनलाई दिँदै आएका छौँ । शम्भुजीको विषयमा केही प्रक्रिया पूरा नभएकाले नपाउनुभएको होला । प्रक्रिया पूरा भए नपाउने कुरै हुँदैन ।”

आफूले बीमा रकम नपाएपछि यो विषयमा गोमाले बीमा समितिमा पनि उजुरी गर्नुभयो । निजी बीमा कम्पनीले त ठग्यो नै सरकारी निकायको रुपमा रहेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले समेत उहाँलाई पूरै क्षतिपूर्ति रकम दिएन । बोर्डबाट उहाँले रु ७५ हजार मात्रै पाउनुभयो जबकि उहाँको जस्तै घटनामा अन्य व्यक्तिले बोर्डबाट रु तीन लाखसम्म पाएका उदाहरण छन् ।

बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेसँग यो विषयमा सोध्दा उहाँले ‘यस्तो घटनामा पूरै रकम पाउनुपर्ने हो, किन दिइएनछ, म अफिसमा सोधखोज गर्छु’ भन्ने जवाफ दिनुभयो ।

शम्भुलाई नेपाल ल्याइएपछि उपचारको क्रममा भैँसीदेखि बारी बेचे पनि निको हुन नसकेको पीडा गोमालाई छ । उहाँले भन्नुभयो, “एक जनाले झारफुक गरेर सञ्चो पारिदिन्छु भनेर पाँच दिन घरमै आएर बस्यो । भदौ १ गते झारफुक गरेर रु १५ हजार लगेर त्यो मान्छे गयो । अर्को दिन भदौ २ गते उहाँ बित्नुभयो ।”

श्रीमान् कुवेत जाँदा जग्गाको लालपुर्जा धितो राखी रु एक लाख ऋण लिएर गएको उहाँले जानकारी दिनुभयो । श्रीमान्को किरिया गर्दा लागेको रु ५० हजार ऋण पनि तिर्न अझै बाँकी छ ।

उहाँका तीन छोरी र दुई छोरा छन् । जेठी छोरीको बिहे भइसक्यो । घरमा रहेकी एउटी छोरी कक्षा १० मा, एउटा छोरा कक्षा ८, अर्की छोरी कक्षा पाँचमा र सानो चार वर्षको छोरा नर्सरीमा पढ्दैछन् ।

बीमाबापतको रकम आए छोराछोरीलाई धेरै पढाउने गोमाको चाहना छ । कान्छो छोरालाई काखमा च्याप्दै आँखाबाट आँसु झार्दै उहाँले प्रश्न गर्नुभयो, “छोराछोरीलाई धेरै पढाउने मन छ तर, कमाउने मान्छे बित्नुभयो । खान त छ महिनालाई मात्रै पुग्छ, कसरी पढाउने हो हजुर

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x