×

NIC ASIA

बेइमान ठेकेदार

लुम्बिनी प्रवेशद्वारका २ पुलको दुर्दशा : पप्पुले अलपत्र पार्‍यो, रमणलाई दिँदा पनि काम भएन

चैत ३, २०७८

Prabhu Bank
NTC
Premier Steels

महामानव गौतम बुद्धको जन्मस्थल लुम्बिनी प्रवेश गर्ने प्रमुख नाका भैरहवा–लुम्बिनी सडक खण्डमा ८ वर्षदेखि दुईवटा ठूला मोटरेबल पुल अलपत्र छन् । 

Muktinath Bank

१४ करोड रुपैयाँ लागतमा हुलाकी सडकमा निर्माणाधीन दुई पुल पप्पु बाग्मती जेभी कन्स्ट्रक्सन प्रालिले अलपत्र पारेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

४० प्रतिशत काम गरेर अलपत्र छाडेपछि पप्पुसँग ठेक्का सम्झौता ताडेर रमण डीएलओ इन्फाटेक जेभी ललितपुरसँग ठेक्का सम्झौता गरिएको थियो । उसले पनि पनि अहिलेसम्म काम अगाडि बढाउन सकेको छैन । 


Advertisment
Nabil box
Kumari

रमणले गएको पुस २७ गते ठेक्का पाएको थियो । नयाँ ठेकेदार कम्पनीले पनि काम सम्पन्न गर्नेमा आशंका शुरू भएको छ ।

Vianet communication

ती दुई पुल लुम्बिनी रोडमा पर्ने तिनाउ खोला र दानव नदीमा पर्छन् । आठ वर्षअघि ठेक्का सम्झौता गरेको पप्पु करीब ४० प्रतिशत काम गरेर भागेको थियो । 

हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुका सूचना अधिकारी इञ्जिनीयर शरद आचार्यले नयाँ ठेकेदार कम्पनीले पनि अहिलेसम्म काम थाल्न नसकेको बताए । ‘नयाँ ठेकेदार पनि अहिलेसम्म मोभिलाइज भएको छैन,’ इञ्जिनीयर आचार्यले लोकान्तरसँग भने, ‘पत्र पठाएका छौं, तर जवाफ अहिलेसम्म आएको छैन । अब हामी एक्सनमा जानुपर्ने अवस्थामा पनि आउन सक्छ ।’

रमण काठमाडौंको धरहरा बनाउने ठेकेदार कम्पनी हो । 

पुलको पिल्लर र केही भाग ढलान बाहेक अरू काम भएको छैन । लुम्बिनी भैरहवा सडक चार लेनको बनेको छ ।

सोही सडक खण्डको बीचमा पर्ने दुईवटा प्रमुख पुल बन्न नसक्दा ट्राफिक जामले यात्रुलाई सास्ती हुँदै आएको छ । 

बुटवलबाट दैनिक लुम्बिनी विश्वविद्यालय जाने कर्मचारी लक्ष्मण पोखरेलले पुलका कारण सर्वसाधारण, आन्तरिक र बाह्य पर्यटकले ठूलो सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए ।

पुल साँघुरो हुँदा ५ देखि ७ मिनेट सधैँ जाममा बस्नुपर्ने सास्ती रहेको उनले बताए । सडकमा सानो पुल हुँदा दोहोरा गाडी आवतजावतलाई रोक लगाइएको छ ।

म्याद थपपछिको म्याद २०७५ असार मसान्तको समय सीमासम्म तिनाउ पुलको करीब ४० प्रतिशत काम मात्र पप्पुले गरेको छ । त्यस्तै डण्डातर्फ २५ प्रतिशत काम मात्र भएको छ । 

दुवै पुल ९०/९० मिटर लामा हुन् । पप्पुले देशभरका पुल अलपत्र पारेर छाडेपछि कालोसूचीमा परेको थियो । तिनाउ खोलाको पुल निर्माणका लागि ६ करोड दुई लाख ५६ हजारमा ठेक्का सम्झौता भएकोमा निर्माण कम्पनीले तीन करोड १६ लाख ९८ हजारमा अर्थात ५३ प्रतिशत भुक्तानी लिइसकेको छ । 

त्यस्तै दानव नदीको डण्डा पुल ५ करोड ५६ लाख ८० हजार १ सय १५ रुपैयाँमा भ्याटसहित ठेक्का सम्झौता भएकोमा निर्माण व्यवसायीले दुई करोड ४० लाख १४ हजार ३१७ रुपैयाँ अर्थात् ४३ प्रतिशत भुक्तानी लिइसकेको छ । 

पप्पुले छाडेको पुल बनाउन रमणलाई १० करोड ३० लाखमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको आचार्यले बताए । 

हुलाकी सडक आयोजनाले विभागको निर्देशन अनुसार नै ठेक्का तोडेको थियो । कार्यालयले फिल्डबाट प्रतिवेदन लिएर विभाग पठाएपछि विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो ।

नयाँ ठेकेदार कम्पनी रमणले सम्झौताअनुसार दुई वर्षभित्र पुल निर्माण सम्पन्न गनुपर्ने सम्झौतामा उल्लेख छ ।

हवाइमार्गबाट भैरहवा आएका, भारतीय बाटो सुनौली नाका हुँदै आएका, पूर्वी क्षेत्रबाट लुम्बिनी घुम्न आएका पर्यटक बोकेका सवारी साधन तथा नियमित यो बाटोमा सञ्चालन भएका सवारी साधन यी दुई पुल समयमा नबनेका कारण जाममा बसेर जानुपर्ने बाध्यता छ ।

दैनिक सरदर ५ हजार पर्यटकहरू यही बाटो भएर आउजाउ गर्छन् । पुल पुरानो र साँघुरो हुँदा निकै सास्ती खेप्नु परेको लुम्बिनीका होटल व्यवसायी खेम श्रेष्ठले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

x