×

NIC ASIA

कांग्रेसमा चुनावी गठबन्धनको बहस

चुनावी तालमेलका लागि किन जोडबल गर्दैछन् देउवा ?

‘कम्युनिस्टहरू मिल्छन् भन्ने भय, चुनावपछिको सरकारको पनि नेतृत्व गर्ने दाउ’

चैत १३, २०७८

Prabhu Bank
NTC
Premier Steels

‘हिजो शेखरजी हारेको होइन ? हाम्रो हालत के थियो ? कांग्रेस जिताउनकै लागि गठबन्धन गर्ने भनेको हो । पार्टी सभापति भएको नाताले मेरो कर्तव्य पार्टीलाई जिताउने हो, पार्टी नहारोस् भन्ने चिन्ता हो । अर्को कुरा ओली (एमाले अध्यक्ष केपी शर्मा ओली) कमजोर छ भन्ने झुटा कुरा, ओलीजीको पार्टी अझै बलियो छ । एमालेलाई फुटेको नसोचौँ, भोलि माओवादीहरू एमालेसँग मिल्न गए भने ? प्रचण्ड हार्न चुनाव लड्छन् ? मिल्दिन्छन् नि जहाँ जितिन्छ त्यहीँ ! कुरो बुझ्नु पर्‍यो । लखेटेपछि कहाँ जान्छन् ?’शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी तालमेलबारे आफ्नो प्रस्ट अडान राखे । 

Muktinath Bank

देउवाभन्दा पहिले बोलेका डा. शेखर कोइरालालगायत चुनावी तालमेलको विरोध गरेका नेतालाई जवाफ दिन र चुनावी तालमेलको औचित्य प्रस्ट पार्ने प्रयास देउवाले गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चैत ११ गते पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा पनि तालमेलको विरोध गर्ने नेताहरूसँग देउवा कड्किएका थिए । चितवनको भरतपुर महानगरको मेयरका प्रत्यासी रहेका केन्द्रीय सदस्य दिनेश कोइरालाले तालमेल गर्न नहुने भनेपछि देउवाले एक्लै हिँड्दा कहाँ जितियो, कहिले जितिन्छ ? भनेर प्रतिप्रश्न गरेका थिए । देउवाको भित्री मनसाय बुझेका अन्य नेताहरू धेरै बोलेनन् । 


Advertisment
Nabil box
Kumari

पछिल्ला १८ दिन यता देउवाले लगातार चुनावी तालमेलको पक्षमा अभिव्यक्ति दिँदै हिँडेका छन् । फागुन २६ गते वीरगञ्ज पुगेर देउवाले चुनावमा तालमेलबारे मुख खोलेका थिए । 

Vianet communication

‘हामीले सबैको सहयोग लिएर अगाडि बढ्नुपर्छ, एक्लै चुनाव लड्दाको अवस्था के थियो ? एक्लै बहुमत ल्याउन सकिँदैन कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ,’ कांग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीको पदभार कार्यक्रममा देउवाले भनेका थिए । 

त्यसपछि पनि कांग्रेसका उपसभापति धनराज गुरुङलगायत नेताहरूले चुनावी तालमेल गर्न नहुने धारणा राख्दै आएका छन् । तर, देउवा भने चुनावी तालमेलको अडानमा झन दृढ देखिँदै गएका छन् । 

चैत १० गते तनहुँमा आयोजित कार्यक्रममा देउवाले तालमेलको मात्र कुरा गरेनन् माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई उचित स्थान दिने बताए । ‘स्थानीय तहको चुनावमा मात्र नभई प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा पनि तालमेल हुन्छ, उहाँहरूलाई पनि उचित स्थान दिनुपर्छ,’ गत बिहीवार तनहुँमा आयोजित कार्यक्रममा देउवाले भनेका थिए ।

देउवाको भय

२०४८ सालदेखि अभिछिन्न चुनाव जित्दै आएका देउवा व्यक्तिगत रुपमा असुरक्षित भएर चुनावी तालमेलको कुरा गरेका होइनन् । दुईवटा कम्युनिस्ट पार्टी मिलेको समयमा पनि २०७४ सालमा देउवाले सहज जीत हासिल गरेका थिए । नेकपा विभाजन भएको र नेकपा एमाले पनि टुक्रिएको अवस्थामा देउवालाई चुनाव जित्न कठिन छैन । विरलै पुग्ने भए पनि व्यक्तिगत रूपमै देउवा गृहजिल्ला डडेल्धुरामा लोकप्रिय छन् । 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले लज्जास्पद पराजय व्यहोर्नु परेको थियो । कांग्रेसको पराजयमा सभापति देउवाको मुख्य हात रहेको भनेर कांग्रेसभित्र ‘अर्ली इलेक्सन’को माग भएको थियो । अहिले उपसभापति रहेका धनराज गुरुङ, महामन्त्री गगन थापा तथा तत्कालीन केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, जीवन परियार, कमला पन्त लगायतले पार्टीमा ‘अर्ली इलेक्सन’को बहस चलाएका थिए । 

आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने भन्दै १४ औं महाधिवेशनमा गरेको वाचाअनुसार कांग्रेसलाई जिताउन देउवाले तालमेलको कुरा गरेको उनी पक्षीय नेताहरू बताउँछन् । ‘फेरि कम्युनिस्टलाई मिल्न दिएर उनीहरूकै सरकार बन्यो भने देशको समय बर्बाद हुन्छ, उनीहरूका केही नेतालाई सघाएर कम्युनिस्ट गठबन्धन रोक्ने सभापतिको सुझबुझपूर्ण कदम हाम्रै पार्टीका नेताहरूले नबुझ्नु दुःखद हो,’ कांग्रेसका एक प्रभावशाली केन्द्रीय सदस्यले भने । 

माओवादी केन्द्रलाई निर्वाचनमा कुनै ‘स्पेस’ दिएन भने उनीहरू फेरि एमालेसँग मिल्न जाने खतरा रहेको देउवाको बुझाइ छ । ‘कम्युनिस्टहरूलाई मिल्न के आइतवार चाहिन्छ ? एउटा आत्मालोचनाले सबै खत माफी हुन्छ, उनीहरू जुनसुकै बेला मिल्न सक्छन्,’ देउवाले निकटस्थहरूसँग भन्ने गरेका छन् । चुनावको मुखमा कम्युनिस्ट मिले भने फेरि पनि उनीहरूले बहुमत ल्याउने र कांग्रेस फेरि ५ वर्ष सत्ताबाहिर रहनुपर्ने खतरा देउवाले महसुस देखिरहेका छन् ।

देउवा पक्षको केन्द्रीय सदस्य रामहरि खतिवडा पनि फेरि केपी ओली र प्रचण्ड नमिलुन् भन्ने देउवाको रणनीति भएको बताउँछन् । ‘केपी ओलीले तीन वर्षमा जुन आतंक मच्चाए त्यो चुनावमा गठबन्धन गरेर पहिलो दल बनेकै कारण हो, फेरि त्यस्तो स्थिति नआओस् भनेर सभापतिले तालमेलको कुरा गर्नुभएको हो,’ खतिवडाले लोकान्तरसँग भने, ‘गठबन्धन नगर्दा पनि कांग्रेसले चुनाव जित्न सक्छ, विगतको चुनावको मतभार हेरिकन तालमेलको अधिकार स्थानीय तहलाई दिनुपर्छ ।’

कम्युनिस्ट पार्टीहरूमा भएको विभाजनका कारण एक्लै चुनावमा गए पनि स्थानीय तहमा बहुमत पालिकामा जित हासिल गर्न सकिने कांग्रेसको भित्री आकलन छ । मुख्य प्रतिस्पर्धी नेकपा एमालेमा भएको विभाजनका कारण बहुसंख्यक स्थानमा चुनाव जित्न सहज हुने कांग्रेसको निष्कर्ष छ । यो कुरा देउवाले राम्ररी बुझेका छन् । उनलाई एउटै त्रास छ- चुनावको मुखमा कम्युनिस्ट मिल्न सक्छन्,  उनीहरूलाई मिल्न नदिन तालमेल गर्नुपर्छ ।

देउवाले स्थानीय तहको चुनावलाई मात्रै नभएर संसदीय चुनाव र त्यसपछि बन्ने सरकारको बारेमा समेत ध्यान राखेको उनी पक्षका नेताहरू बताउँछन् । मिश्रित निर्वाचन प्रणालीका कारण सरकार बनाउन पुग्ने गरी कुनै पनि दलको स्पष्ट बहुमत चुनावबाट आउने अवस्था छैन । त्यस्तो बेला गठबन्धन सरकार नै बनाउनुपर्ने हुन्छ । चुनावमा गठबन्धन गरेर जाँदा निर्वाचन पछाडिको सरकारको नेतृत्व पनि कांग्रेसले नै लिन सकिने विश्लेषण देउवाको रहेको उनी पक्षका कांग्रेस नेताहरू बताउँछन् । 

खुल्न थाले अन्य नेताहरू

कांग्रेसभित्र चुनावी तालमेल गर्ने र नगर्नेमा स्पष्ट दुई धार छ । सभापति देउवा तालमेलको पक्षमा खुलेर बोलिरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि तालमेल गर्नुपर्ने कुरा उठाइरहेका छन् । आइतवार पार्टी कार्यालय बाहिर पत्रकारसँग कुरा गर्दै नेता पौडेलले बहुसंख्यक केन्द्रीय सदस्य तालमेलको पक्षमा रहेको दाबी गरे । 

देउवासँग महाधिवेशनमा प्रतिस्पर्धा गरेका डा. शेखर कोइराला पक्षका बहुसंख्यक नेताहरूले तालमेल गर्न नहुने धारणा राखिरहेका छन् । कांग्रेसको स्थिति बलियो रहेकोले एक्लै चुनावमा जानुपर्ने उनीहरूको तर्क छ । 

स्थानीय तह चुनावका लागि उम्मेदवार मनोनयनको दिन नजिकिँदै गर्दा यसअघि मौन बसेका नेताहरूले पनि तालमेलको कुरा गर्न थालेका छन् । कोइराला परिवारकी सदस्य सुजाता कोइरालाले गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको भन्दै गठबन्धन तोड्न नहुने धारणा राखेकी छन् । 

‘चुनावमा गठबन्धन बनाएर जाँदा राम्रो हुन्छ भन्ने मेरो धारणा छ । जुन ठाउँमा हामी बलियो छौं, त्यहाँ लड्ने । कमजोर ठाउँमा सहयोग गर्ने गरी जानुपर्छ’ कोइरालाले आइतवार भनिन्, ‘गठबन्धनकै कारण हामीले प्रधानमन्त्री पाएको छौं, मुख्यमन्त्री पाएका छौं र माथिल्लो सदनमा जिताउन सफल भएका छौं । त्यसैले गठबन्धन छाड्नु हुँदैन, कुन मोडलमा जाने भन्ने भन्ने तालिका बनाऔं ।’

स्थानीय तहका नेता कार्यकर्ता असन्तुष्ट बनेको अवस्थामा हुने तालमेलले कस्तो परिणाम दिन्छ, त्यसको आकलन कठिन छ । विस्तारै केन्द्रीय सदस्यहरू खुल्दै गएकोले चुनावमा तालमेल गर्ने एजेण्डा पारित गर्नको लागि देउवाको लागि माहाेल बन्दैछ । 

कांग्रेस प्रवक्ता प्रकाशशरण महत देउवाले अगाडि सारेको चुनावी तालमेलको कुरा आवश्यकताको सिद्धान्त भएको दाबी गर्छन् । ‘आवश्यकताको सिद्धान्तलाई मध्यनजर राखेर चुनावी तालमेलबारे निर्णय हुन्छ, जसरी जाँदा बढीभन्दा बढी सिट जितिन्छ, धेरै सिट जित्ने नेपाली कांग्रेसको लक्ष्य अनुसार निर्णय हुन्छ,’ महतले भने, ‘यो केन्द्रमा निर्णय गरेर स्थानीय तहलाई लाद्न खोजिएको विषय होइन, चुनाव भावनामा जितिने कुरा होइन ।’

तालमेल हुनेमा प्रचण्ड–नेपाल ढुक्क !

कांग्रेसकै दोस्रो तहका प्रभावशाली नेताहरूले तालमेलको विरोध गरिरहँदा पनि माओवादी र नेकपा एसका नेताहरू भने चुनावी गठबन्धन बन्नेमा ढुक्क जस्तै देखिएका छन् । प्रचण्डको निर्वाचन क्षेत्र चितवनका कांग्रेस नेताहरूले तालमेल नगर्ने र रूखबाहेक अन्यत्र भोट नहाल्ने बताउँदै आएका छन् । 

चुनावी तालमेल हुनेमा ढुक्क देखिएका प्रचण्डले बिहीवार  चितवन पुगेर भने, ‘स्थानीयस्तरमा विरोध भएर फरक पर्दैन, तालमेलबारे केन्द्रबाटै निर्णय हुन्छ ।’ उनले भन्ने गरेका छन्- कांग्रेसका दोस्रो तहका नेताहरूले चुनावी तालमेल र गठबन्धनको कुरा गरे पनि मूल नेतृत्व (सभापति देउवा) तालमेलको पक्षमा रहेकोले कांग्रेस तालमेलबाट पछि हट्दैन । 

नेकपा एसका अध्यक्ष माधव नेपालले पनि विचार मिल्नेसँग चुनावी तालमेल गर्ने भन्दै कांग्रेसको निर्णय कुरेर बसेको बताएका छन् । ‘चुनावी तालमेलको कुरा गरेकोमा शेरबहादुरजी र डा. आरजु देउवाजीलाई धन्यवाद छ, हामी कांग्रेसको निर्णय पर्खिरहेका छौं,’ शुक्रवार काठमाडौंमा महिला संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भनेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x