×

NMB BANK
NIC ASIA

पार्टी बैठकबाट सत्ता गठबन्धनबीच चुनावी तालमेलको निर्णय गराएर भारत जाँदै देउवा

चैत १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकार नेतृत्वकर्ता दल नेपाली काँग्रेसले आसन्न स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने/नगर्ने विषयमा आज निर्णय गर्दैछ । 

Muktinath Bank

अपराह्न तीन बजेपछि बस्ने केन्द्रीय समिति बैठकले तालमेलबारे निर्णय लिने नेताहरुले बताएका छन् । ११ चैतयता जारी बैठकमा सदस्यहरुबाट निर्वाचनमा तालमेल गर्ने वा एक्लै लड्ने भन्नेबारे परस्पर विरोधी विचार प्रकट भएका थिए । 
पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यले सत्ता गठबन्धनबीच चुनावी तालमेलका पक्षमा धारणा राखेका छन् भने शेखर कोइराला समूहका नेताले एक्लै चुनावमा होमिनुपर्ने पक्षमा जोड दिएका छन् । 
सत्ता गठबन्धन आवद्ध नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलबारे छिटो निर्णयमा पुग्न देउवालाई दबाब दिँदै आएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग देउवाले तीनै तहमा चुनावी तालमेल हुनेमा ढुक्क रहन आश्वासन दिँदै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला सार्वजनिक कार्यक्रमहरुमा देउवाले काँग्रेस एक्लै चुनावमा जाँदा पराजित हुने भन्दै गठबन्धन दलबीच तीनै तहको निर्वाचनमा चुनावी सहकार्य हुने अभिव्यक्ति दिँदै आएका छन् । 


Advertisment
Nabil box
Kumari

केन्द्रीय समितिमा सहज बहुमतमा रहेका देउवाले चुनावी तालमेलको पक्षमा संस्थागत निर्णय गराउने सम्भावना छ । भारत भ्रमणअघि नै निर्वाचनमा तालमेलको निर्णय गराउने पक्षमा देउवा छन् । समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा देउवा शुक्रवार भारत भ्रमणमा जाँदैछन् । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x