×

NMB BANK
NIC ASIA

महोत्तरीका सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले चुनाव लड्ने

चैत १५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

आसन्न स्थानीय तहको निर्वाचनमा महोत्तरीका बहालवाला सबै स्थानीय तहका प्रमुख तथा अध्यक्षले पुनः त्यही पदमा उम्मेदवारी दिने भएका छन् । 

Muktinath Bank

१० नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीमा विभिन्न राजनीतिक दलबाट निर्वाचित भएका प्रमुख तथा अध्यक्षले पुनः स्थानीय तहको निर्वाचनमा भाग लिने तयारी गरिरहेको बताइएको छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्लाको १५ स्थानीय तहमध्ये ६ वटामा लोसपा नेपाल, चार वटामा (नेकपा माओवादी) केन्द्र, तीनमा नेपाली कांग्रेस र एउटा/एउटामा नेकपा एमाले एवम् जसपा नेपालका प्रमुख तथा अध्यक्ष निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

स्थानीय तहको निर्वाचन–२०७४ मा लोसपाबाट जलेश्वर नगरपालिकाका प्रमुखमा रामशंकर मिश्र, मटिहानी नगरपालिकाका प्रमुखमा हरिप्रसाद मण्डल, मनरासिस्वा नगरपालिकाका प्रमुखमा  सञ्जयकुमार सिंह, भङ्गहा नगरपालिकाका प्रमुखमा सञ्जीवकुमार साह, एकरडा गाउँपालिकाका अध्यक्षमा रामछविला साह र महोत्तरी गाउँपालिकाका अध्यक्षमा सुनिलकुमार राय निर्वाचित भएका थिए । 

Vianet communication
Laxmi Bank

आसन्न स्थानीय तहको निर्वाचनमा पनि उनीहरूलाई पार्टीले पुनः उम्मेदवार बनाउने तयारी गरेको लोसपा महोत्तरीले जनाएको छ । 

त्यस्तै स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट बर्दिबास नगरपालिका, गौशाला नगरपालिका र रामगोपालपुर नगरपालिकाको प्रमुखमा क्रमशः विदुरकुमार कार्की, शिवनाथ महतो र अशोककुमार मण्डल निर्वाचित भएका थिए । 

उनीहरू पनि आसन्न स्थानीय तहको निर्वाचनमा सो पार्टीका तर्फबाट पुनः प्रमुख पदमा उम्मेदवारी दिने  तयारी गरेको बताइएको छ । यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेकपा माओवादी केन्द्रबाट सम्सी गाउँपालिकाका अध्यक्षमा निर्वाचित शेष फारुख अहिले नेकपा एमालेमा प्रवेश गरेका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उनले एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिइने लगभग निश्चित भएको बताइएको छ । 

यसैगरी स्थानीय तहको निर्वाचन–२०७४ मा नेपाली कांग्रेसबाट जिल्लाको बलवा, लोहारपट्टी र औरही नगरपालिकाका प्रमुखमा क्रमशः विनोदकुमार यादव, शैलेन्द्र यादव र सुनिलकुमार यादव निर्वाचित भएका थिए । 

आसन्न निर्वाचनमा उनीहरू पुनः सोही पार्टीबाट सोही पदमा उम्मेदवारी दिने तयारी भइरहेको चर्चा छ । त्यस्तै गत निर्वाचनमा जसपा नेपालबाट सोनमा गाउँपालिकाका अध्यक्षमा निर्वाचित राजकुमार यादव र नेकपा एमालेबाट पिपरा गाउँपालिकाका अध्यक्ष पदमा निर्वाचित विक्रम चौधरीले पनि आसन्न स्थानीय तहको निर्वाचनमा सोही पदमा उम्मेदवारी दिइने बताइएको छ ।

पिपरा गा.पा.मा २०७४ मा लोसपा नेपालकै विनोदकुमार चौधरी निर्वाचित भएका उनको कार्यकाल नसकिँदै मृत्यु भएपछि २०७६ भएको उपनिर्वाचनमा तत्कालीन (नेकपा माओवादी केन्द्र र नेकपा एमाले) मिलेर बनेको नेकपा एकीकृतबाट विक्रम चौधरी निर्वाचित भएका थिए । उनी अहिले नेकपा एमालेबाट उम्मेदवार बन्ने चर्चा छ । 

आसन्न स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लामा तीन लाख ३६ हजार ९५ मतदाता, २५८ मतदानस्थल र ४९७ मतदान केन्द्र कायम भएको छ । 

सबैभन्दा बढी बर्दिबास नगरपालिकामा २८ मतदानस्थल, ५८ मतदान केन्द्र र ४४ हजार ४६० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम जिल्लाको महोत्तरी गाउँपालिकामा १२  मतदानस्थल, २२ मतदान केन्द्र र १७ हजार ४३६ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी सुवोधकुमार महतोले जानकारी दिए ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x