×

NMB BANK
NIC ASIA

ग्लोबल आईएमई बैंकको त्यो साथ, जसले सहकारीलाई ग्राहकमैत्री बनाउँदैछ

चैत २७, २०७८

NTC
Premier Steels

ग्लोबल आईएमई बैंकसँगको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडले सहकारी क्षेत्रमा डिजिटल बैंकिङको अभ्यास गर्ने तयारी गरेको छ ।

Muktinath Bank

सहकारीहरूमा ‘एटीएम’ जस्तै ‘कूपकार्ड’को प्रयोग गरेर बिनाझन्झट रकम लिन सकिने सुविधा ल्याउने तयारी बैंकले गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसका लागि गत फागुन २२ गते  ग्लोबल आईएमई बैंक, राष्ट्रिय सहकारी बैंक र स्मार्ट च्वाइस लिमिटेडबीच सम्झौता भयो । 


Advertisment
Nabil box
Kumari

अहिले त्यो सम्झौता कार्यान्वयनको चरणमा जान लागेको छ ।

Vianet communication

अबको केही समयमा सहकारीका ग्राहकहरूले अब सहकारी संस्थामा एटीएम प्रयोग गर्न पाउने भएका छन् । 

हालसम्म बैंकमा मात्रै एटीएम प्रयोग गरिरहेकाहरूले अब सहकारीमा आवद्ध भएमा सहकारीकै एटीएम प्राप्त गर्न सक्नेछन् ।

हालसम्म निकै न्यून संख्यामा मात्रै सहकारीहरूले गर्ने विषयमा ग्लोबल आइएमई बैंकले सहजीकरण गरेको छ ।

सहकारी संस्थाहरूमा एटीएम कार्डको प्रयोग गर्ने ग्राहकमैत्री योजनामा सहकारी बैंक थियो । सहकारी बैंकको यस योजनामा ग्लोबल आईएमई बैंक लिमिटेडले सार्थकता दियो । 

के हो कूप कार्ड ? 

कूप कार्ड बैंकहरूको जस्तै सहकारीको ‘एटीएम’ कार्ड हो । 

यतिन्जेल बैंकहरूले एटीएम कार्ड जारी गर्दै आएका थिए भने सहकारीमा यो अत्यन्तै न्यून संख्याले मात्रै प्रयोगमा ल्याएका थिए ।

केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले सहकारी संस्थासमेतमा ‘डिजिटाइजेशन’को व्यवस्था गर्दै लैजाने मौद्रिक नीतिमार्फत व्यवस्था गरेपछि राष्ट्रिय सहकारी बैंक लिमिटेडले यसमा अग्रसरता देखाएको हो । जसलाई ग्लोबल आईएमई बैंकले साथ दिएको छ । 

कूप कार्ड व्यवस्था गर्ने सम्झौतापत्रमा ग्लोबल आइएमई बैंक, सहकारी बैंक लिमिटेड र स्मार्ट च्वाइस लिमिटेडबीच हस्ताक्षर भएको छ । 

यो सम्झौतामार्फत शुरूवाती समयमा नै एक लाख सहकारीका सदस्य (ग्राहक)ले एटीएम कार्ड पाउनेछन् ।

ग्लोबल आईएमई बैंकका देशभर रहेका शाखासञ्जाल तथा नेटवर्कबाट निशुल्क रूपमा सहकारीको आफ्नो निक्षेप ग्राहकले एटीएममार्फत झिक्न सक्नेछन् ।

ग्लोबल बैंकको त्यो साथ...

राष्ट्रिय सहकारी बैंक लिमिटेडका अनुसार हाल मुलुकभर करिब ३० हजार हाराहारीमा सहकारी संस्था रहेका छन् ।

ती सहकारीहरूमध्ये अत्यन्तै न्यून अर्थात करिब ३५ सहकारी संस्थाहरूले मात्रै अहिले एटीएममार्फत ग्राहकलाई नगद कारोबारको सुविधा दिइरहेका छन् । 

यसो हुनुमा सहकारी संस्थाहरूको पुँजी प्रयाप्तता कम हुनु मुख्य कारण हो । 

राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्री कुमार गुरागाईंले एटीएम मात्रै राख्नका लागि पनि धेरै लगानी चाहिने भन्दै अधिकांश सहकारीको त्यो अवस्था नहुने बताउँछन् । 

उनका अनुसार अहिले ग्लोबल आईएमई बैंकले सहकारीहरूलाई साथ दिएको छ ।

यसबाट सहकारीहरूले अतिरिक्त एटीएमका लागि लगानी गर्नुपर्दैन । ग्लोबल आईएमई बैंकले आफ्ना एटीएमहरूमार्फत निशुःल्क यो सुविधा प्रदान गर्छ । 

‘धेरै सहकारीहरूको टीएम कार्ड राख्न सक्ने अवस्था छैन,’ सीईओ गुरागाईं भन्छन्,‘एउटा मेशिनमा करिब ८, १० लाख रुपैयाँ लाग्छ । जनशक्ति चाहिन्छ र ३०, ४० लाख नगद होल्ड गर्न सक्नुपर्छ । तर त्यो अवस्था अहिले छैन ।’

थुनिएका नगद फर्मल सेक्टरमा ल्याउने प्रयास

पछिल्लो समय बैंकिङ अथवा ‘फर्मल’क्षेत्रमा तरलता अभाव चुलिँदो छ । सहकारी संस्थाहरूमा एटीएमको सुविधाले घरभित्र थन्किएर बसेका नगदहरूलाई समेत औपचारिक क्षेत्र (फर्मल सेक्टर) मा ल्याउन सकिने राष्ट्रिय सहकारी बैंकका सीईओ गुरागाईं बताउँछन् ।

उनले सहकारीमा चिनजानका आधारमै पनि नगद राख्ने तर चाहिएको समयमा झिक्न नपाउने समस्याले मानिसले घरघरमै नगद राखेको अनुमान लगाए । 

‘घरमा नगद नै राख्न थाले पछि त प्रणालीमा नै समस्या हुन्छ,’ उनी भन्छन्,‘त्यसैकारण सस्तोमै र जुनसुकै समयमा रकम निकाल्न मिल्ने हुँदा बैंकिङ वा सहकारी प्रणालीमा नगद आउने भयो । कूप कार्ड प्रयोजनमा ल्याउनुको अर्को महत्वपूर्ण उद्देश्य यो पनि हो ।’

सेवामुखी सहकारीको अभ्यास

सहकारी संस्थाहरू ग्रामिण दूरदराजमा समेत पुगेका छन् । प्रायः हरेक घरपरिवार सहकारीसँग जोडिएका छन् । सबै नागरिक जोडिने सहकारी अझै व्यवहारिक तथा प्राविधिक रुपमा भने सहज छैन । प्रविधिमैत्री बन्न सकेका छैनन् ।

ग्लोबल बैंकसँगको यस सहकार्यले सहकारीहरू प्रविधिमैत्री हुन ठूलो सहयोग पुग्ने सहकारी क्षेत्रका सरोकारवालाहरू बताउँछन् । 

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीहरूलाई थप सेवामैत्री बनाउन पनि कूप कार्डको प्रावधानले सहयोग पुर्‍याउने बताए । 

उनका अनुसार, अहिले सहकारीहरूमा सहकारीको समयभन्दा अन्य समयमा आवश्यक पर्दा नगद झिक्न सकिँदैन । तर कूप कार्डको प्रयोगले जुनसुकै समयमा पनि नगद झिक्न सकिन्छ ।

अध्यक्ष कँडेलले भने,‘अहिले सहकारीहरू प्रविधिमै जानै पर्नेछ । यसका लागि पनि कूप कार्डले सहयोग गर्छ ।’

कहिलेदेखि आउँछ कार्यान्वयनमा ? 

अहिले कूप कार्ड सञ्चालनका लागि स्विकृति पाइसकेको छ । 

सहकारी बैंकका अध्यक्ष गुरागाईंका अनुसार, चीनको युनियन पेले स्विकृति दिएपछि कूप कार्ड अहिले चीनमै प्रिन्ट भइरहेको छ । 

सामान्य अवस्था रहिरहे अबको ५० दिनसम्ममा कार्ड नेपाल आइपुग्ने र सहकारीहरूले पाउने उनी बताउँछन् । 

त्यसको केही दिनपछि इच्छुक सहकारीहरूले कूप कार्ड प्रयोग गर्न सक्नेछन् । 

अध्यक्ष गुरागाईंका अनुसार सहकारीहरूलाई कूप कार्ड लिने वा नलिने दुवै सुविधा हुन्छ । 

उनी भन्छन्, ‘सहकारीहरूले दुवै च्वाइस प्रयोग गर्न सक्छन् । तर अहिले मार्केटले प्रविधि मागिरहेको छ । उनीहरू यसबाट पन्छिन्छन् जस्तो लाग्दैन ।’

उनले आगामी दिनमा सहकारीहरूले कूप कार्ड लिन चाहने तर सबैलाई दिन चुनौति हुन सक्ने बताए । 

अहिले कूप कार्ड प्रयोग गर्नका लागि करिब एक हजार सहकारीलेमात्रै क्षमता राख्छन् । 

बिस्तारै उनीहरूको समेत क्षमता वृद्धि गर्दै प्रविधिमैत्री बनाउँदै लैजाने अध्यक्ष गुरागाईंको भनाइ छ । 

के हुन्छ सहकारीलाई कूपकार्ड दिने प्रक्रिया ? 

कूप कार्ड लिनका लागि सहकारीहरूले शुरूमा आफ्नो कार्यविधि बनाउनुपर्छ । 

यसलाई कसरी चलाउने भन्नेबारे नीति बनाइसकेपछि सहकारी बैंकमा उनीहरूले प्रस्ताव लैजानुपर्छ । 

यसपछि बैंकले सहकारीको सफ्टवेयरको क्षमता तथा चुस्त दुरुस्त अवस्थाको बारेमा निरीक्षण गर्छ । 

त्यसपछि मात्रै ग्लोबल आईएमई बैंकको एटीएममार्फत सहकारीले एटीएम कार्ड प्रयोग गर्न पाउँछन् । 

अहिले नेपालको वित्तीय क्षेत्रको १५ देखि २० प्रतिशत सहकारी रहेको छ । सीईओ कँडेलले अहिले विस्तारै सहकारीहरूले डिजिटलमैत्री अभ्यास गर्न लागेको बताउँदै सबैमा पुग्न भने केही समय लाग्ने बताए ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखा स्थानान्तरण गरेको छ । काठमाडौं महानगरपालिकाको वडा नम्बर १७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका वड...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख २६, २०८१

माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलवार सम्पन्न फाइनलमा आईसीएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंक...

जेठ १, २०८१

शेयर बजारमा मंगलबार जलविद्युतका सेयर अस्वाभाविकरुपमा बढेको छ । नेप्से परिसूचक २८.६२ अंकले बढ्दै २०२७.५१ को विन्दुमा पुगेको छ । यो साता नेप्सेमा लगातार दोस्रो दिन दोहोरो अंकको बढोत्तरी भएको हो ।  मं...

बैशाख २६, २०८१

नबिल बैंक लिमिटेडले मातातीर्थ औँसीको अवसरमा ​सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ । हरेकको पहिचान बनाउन साथ दिने आमालाई आफ्नो पहिचान बनाएर अघि बढ्न प्रोत्साहन गर्नुपर्छ भन्ने मूल सन्देशका साथ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x