×

NMB BANK
NIC ASIA

मनोरञ्जन क्षेत्र : कसरी सम्मानित र शोषणरहित बनाउने ?

चैत २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel
  • शुभेच्छा विन्दु तुलाधर

 काठमाडौंको एउटा डान्स रेस्टुरेन्टमा वेटरको काम गर्ने शारदा (नाम परिवर्तित) मेहनती महिला हुन् । राति कामबाट घर फर्किन ढिला हुँदा उनी छोरीलाई डेरा बसेकै घरकी एक दिदीको जिम्मा लगाएर आउने गर्थिन् । एकदिन छोरी बिरामी भएर शारदालाई काममा जानसमेत गाह्रो भयो । तर रेस्टुरेन्ट मालिकले त्यो दिन शारदालाई मन पराउने ग्राहकहरूको एउटा टोली नै आउने भएकाले उनलाई कुनै पनि हालतमा आउनैपर्ने निर्देशन दिए । शारदा एकछिनलाई मात्र भनेर रेस्टुरेन्ट गइन् । तर भनिएजस्तो चाँडो फर्किन पाइनन् । उता बिरामी छोरीको फोन आएकोआयै भयो । मनमा साह्रै पीडा भएर उनले भोलिपल्ट नै काम छाड्ने निर्णय गरी साहुजीसँग बाँकी पैसा मागिन् । तर साहुजीले उनलाई कुनै पैसा दिन बाँकी नभएको बताए । शारदाले हाजिर कापी जाँच्न अनुरोध गरिन्, तर हाजिर कापी नै गायब गराइसकेको रहेछ । उनलाई काम छोडौँ कि काम गरेबापतको पारिश्रमिक छाडौं भन्ने दोमनले सताइरह्यो ।   

Muktinath Bank

यसरी आफूमाथि अन्याय भएको प्रस्ट थाहा हुँदाहुँदै पनि शारदाले न्यायका लागि भने कुनै पहल गर्न सकिनन्  । यदि न्यायिक पहलको लागि आँट गरेकी नै भए पनि रेस्टुरेन्टमा काम गर्दा करार नबनाइएको हुँदा कानूनी प्रक्रियामा जानका लागि उनीसँग आवश्यक प्रमाण थिएन । प्रमाणको अभावमा उनले न्याय पाउने सम्भावना अत्यन्त क्षीण थियो । अर्को कुरा, त्यहाँ उनले न्याय पाई नै हाले पनि त्यसपछिको जिन्दगी कसरी चलाउने भन्ने ठूलो प्रश्न थियो । कुनै न कुनै रोजगारी त गर्नु नै छ । त्यसैले यही सोचका कारण केही दिन उनी काममा नगई घरमै बसिन् । तर जिन्दगी चलाउनुको बाध्यताले भने उनलाई घचेट्दै लग्यो र उनी फेरि त्यही ठाउँमा फर्किइन्, किनभने दैनिक गुजारा चलाउन उनले जानेको काम त्यही मात्र थियो । उनी जान सक्ने एउटै मात्र बाटो त्यही थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंमा खोलिएका डान्स रेस्टुरेन्टहरूमा यस्ता अनेक पीडा सहेर पनि काम गरिरहेका शारदाजस्ता श्रमिक महिलाको यकिन संख्या अझै थाहा पाउन सकिएको छैन । यस विषयमा आजसम्म कुनै ठोस अनुसन्धान पनि भएको पाइँदैन । 


Advertisment
Nabil box
Kumari

राति ढिलासम्म खुल्ने यस्ता डान्स रेस्टुरेन्टहरूमा काम गर्ने महिला श्रमिकहरूमाथि ग्राहकहरूले गर्ने यौन दुर्व्यवहारका कुराहरू धेरै नै सुनिन्छ । ती रेस्टुरेन्टहरूलाई खास गरी त्यहाँ प्रस्तुत गरिने गीत, संगीत, नृत्य आदि जस्ता कार्यक्रमका कारण मनोरञ्जन क्षेत्र भनिएको हो । तर यथार्थमा भने कला नभई त्यहाँ नृत्य गर्ने महिला श्रमिकमाथि यौन दुव्र्यवहार गरेर मनोरञ्जन लिने प्रवृत्ति बढेको अवस्था छ ।

Vianet communication
Laxmi Bank

यसले गर्दा मनोरञ्जन क्षेत्रका यस्ता रेस्टुरेन्टहरूको मर्यादा र प्रतिष्ठा नै गिर्दो अवस्थामा रहेको पाइन्छ । साथै, समाजमा डान्स र गजल–दोहोरी रेस्टुरेन्ट भन्नेबित्तिकै त्यसलाई नकारात्मक सोच्ने प्रवृत्ति नै बनिसकेको छ । यूएसएआईडी र यूके एडको सहयोगमा विनरक इन्टरनेशनलद्वारा मानव बेचबिखनविरुद्ध सञ्चालित परियोजना ‘हाम्रो सम्मान’ का प्रमुख जैनव अख्तरका अनुसार मनोरञ्जन क्षेत्रलाई सम्मानित, सुरक्षित र शोषणरहित बनाउन तथा डान्स र गजल–दोहोरी रेस्टुरेन्टमा काम गर्ने श्रमिकमाथि आर्थिक र यौनलगायत कुनै पनि प्रकारका दुव्र्यवहार हुन नदिन आवश्यक ऐन, कानून बनाएर व्यवस्थित र नियमन गर्नुपर्दछ । 

मनोरञ्जन क्षेत्रका डान्स–गजल–दोहोरी रेस्टुरेन्टमा काम गर्ने श्रमिक, विशेष गरी महिलाले भोगिरहेका यौन, आर्थिक र अन्य दुर्व्यवहारले कानून उल्लङ्घन गर्नुका साथै श्रमिकहरूको ससम्मान र शोषणरहित श्रम गर्ने अधिकार हनन् गरेको छ । महिला श्रमिकहरूले ग्राहक एवं रेस्टुरेन्ट सञ्चालकहरूबाट गरिने यौन दुव्र्यवहार र यौन शोषणलाई चुपचाप सहनुपर्ने बाध्यता भएको हुँदा मनोरञ्जन क्षेत्रमा काम गर्ने धेरैजसो श्रमिक महिलाको सम्मानमा आँच पुगेको देखिन्छ । कतिपय क्याबिन रेस्टुरेन्ट, डान्स बार र खाजाघरमा काम गर्ने श्रमिकहरूलाई मन नलागे पनि ग्राहकसँग बसी रेस्टुरेन्टको बिल बढाउन ग्राहकसँगै रक्सी, बियर र चुरोटजस्ता पदार्थ सेवन गर्नुपर्ने बाध्यता पनि हुन्छ । यसरी उनीहरूको मानव अधिकार हनन् भइरहेको छ ।

साथै, ती स्थानहरूमा कामको प्रकृति, काम गर्ने समय र कामको विवरणसमेत स्पष्ट तोकिएको हुँदैन । प्रायः श्रमिकलाई  दिइने पारिश्रमिक सरकारले तोकेको न्यूनतम तलबभन्दा धेरै कम रहेको हुन्छ, त्यो पनि समयमा कहिल्यै दिइँदैन । नियुक्तिपत्र र श्रम करार त झन् टाढाकै कुरा भयो । यसरी श्रमसम्बन्धी कानूनको पनि गम्भीर उल्लङ्घन भइरहेको छ । अधिकांश मनोरञ्जन क्षेत्रका व्यवसाय सम्बन्धित निकायमा दर्ता नभएका र सरकारी निकायले उचित अनुगमन नगर्दा यो अनौपचारिक क्षेत्रका रूपमा रहेको छ । त्यस कारण यो क्षेत्रमा कार्यरत कतिपय श्रमिकहरू, विशेष रूपमा महिला शोषण र दुर्व्यवहारबाट पीडित छन्, अनि न्यायबाट वञ्चित छन् ।

नेपालको सन्दर्भमा क्याबिन रेस्टुरेन्ट, मसाज पार्लर, डान्स बार, खाजाघर र दोहोरी रेस्टुरेन्टलाई मनोरञ्जन क्षेत्रको रूपमा लिइन्छ । मनोरञ्जन क्षेत्रको यो परिभाषा र बुझाइलाई वि.सं. २०६२ मा जनहित संरक्षण मञ्चले विभिन्न सरकारी निकायहरूलाई विपक्षी बनाई हालेको मुद्दामा सर्वोच्च अदालतले गरेको निर्देशनात्मक निर्देशिकाले पुष्टि गरेको छ ।

उक्त रिटबारे सर्वोच्च अदालतलाई आफ्नो लिखित जवाफ दिने क्रममा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले औद्योगिक व्यवसाय ऐन, २०४९ तथा प्रचलित अन्य कुनै पनि ऐन, नियम र कार्यविधिबमोजिम रेस्टुरेन्ट दर्ता गर्दा डान्स–क्याबिन राख्न पाइने छैन भनी शर्त राखिने गरेको र त्यसै कारण क्याबिन, डान्स तथा मसाजजस्ता व्यवसाय दर्ता नै नगरिने भनी जवाफ पेश गरेको थियो । यसबाट के बुझिन्छ भने अहिले सञ्चालनमा रहेका यी डान्स, गजल रेस्टुरेन्टहरू आफ्नो प्रकृति अनुसारको नभई सामान्य होटल रेस्टुरेन्टसरह मात्रै दर्ता गरी सञ्चालित छन् ।

यसरी धेरै लगानी गरी सञ्चालित हजारौँको संख्यामा रहेका मनोरञ्जन क्षेत्रका व्यवसायमा लाखौँ युवा आबद्ध छन् । यसले नेपालकै कृषिजन्य उत्पादनहरूलाई पनि प्रोत्साहन गरिरहेको पाइन्छ । यस्तो व्यवसायलाई आवश्यक ऐन, कानून, नीति, नियमहरू तर्जुमा गरी व्यवस्थित, सम्मानित, शोषणरहित र सुरक्षित बनाउनु आवश्यक हुन्छ ।

उक्त रिटको सन्दर्भमा फैसला गर्दै सर्वोच्च अदालतले एउटा निर्देशिका जारी गरेको थियो । मनोरञ्जन क्षेत्रका रेस्टुरेन्टहरूमा काम गर्ने महिला श्रमिकहरूलाई शोषणबाट मुक्त गर्न अहिलेसम्म बनाइएको एउटै मात्र कानूनी दस्तावेज भनेको यही एउटा फैसला र निर्देशिका मात्रै हो । यसमा मनोरञ्जन क्षेत्रका रेस्टुरेन्टहरूमा काम गर्ने महिला श्रमिकहरूलाई के गर्नु/गराउनु हुँदैन र के गर्नुपर्दछ भन्ने विवरण दिइएको छ । तर त्यसको उल्लङ्घन गरिएमा के कस्तो दण्ड, जरिवाना हुन्छ र के कस्तो क्षतिपूर्ति गराउनु पर्दछ भन्नेबारे केही उल्लेख गरिएको छैन । अर्को व्यवस्था नभएसम्मका लागि यो एउटा निर्देशिका मात्रै हो । तसर्थ सर्वोच्च अदालतको उक्त आदेशबमोजिम यथाशीघ्र उपयुक्त कानून बनाउन आवश्यक पहल गर्नु जरुरी छ ।  

नेपालमा नयाँ संविधान जारी भइसकेपछि भएको राज्य पुनर्संरचनाले स्थानीय तहहरूलाई पहिलेभन्दा अधिक अधिकार र जिम्मेवारी दिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ (परिच्छेद ३, दफा ११) ले स्थानीय व्यापारिक फर्मको दर्ता, अनुमति, नवीकरण, खारेजी, अनुगमन र नियमन गर्ने अधिकारअन्तर्गत रेस्टुरेन्टहरूको दर्ता, नवीकरण एवं अनुगमन गर्ने कार्यको जिम्मा पनि स्थानीय तहलाई दिएको छ । विश्वास नेपाललगायत केही गैरसरकारी संस्थाहरूको प्रयासमा स्थानीय तहमा नगर अधिवेशनहरूबाट पारित गराउन आचार संहिताको एउटा मस्यौदा पनि तयार गरिएको छ । तर त्यसलाई हालसम्म कुनै पनि स्थानीय तहले पारित गरेको छैन । तत्काललाई आचार संहिता र पछि ऐन नै तयार गरी यो क्षेत्रलाई व्यवस्थित गर्नसके यसले रोजगारी सिर्जना, महिला श्रमिकको सम्मान, सुरक्षा र शोषणरहित रूपमा आय आर्जनलाई समेत टेवा दिन सकिने विश्वास गर्न सकिन्छ । 

यो लेख अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत अमेरिकी जनताको र संयुक्त अधिराज्यको युके एडमार्फत बेलायती जनताको सहयोगका कारण सम्भव बनेको हो । यस लेखभित्रका विषयवस्तु र सामग्री लेखकको एकल जिम्मेवारी हुन् र तिनले यूएसएआईडी वा अमेरिकी सरकारको वा युके एड वा संयुक्त अधिराज्य सरकारको विचार प्रतिबिम्बित गर्छन् भन्ने जरुरी छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १८, २०८०

अपाङ्गता भएका व्यक्तिहरूको ३२औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई राष्ट्रिय अपाङ्ग कोषले सम्मान गरेको छ । उक्त सम्मान शहरी विकासमन्त्री सीता गुरुङले आइतवार हस्तान्तरण गरेकी हुन् । गत ...

मंसिर ३०, २०८०

विश्वभर नै गुणस्तरीय सेवासहित चेन होटल विस्तारलाई तीव्रता दिएका लुभरे होटल ग्रप, गोल्डेन टुलिप ब्रान्डमा सरोबर होटल एण्ड रिसोर्ट्सको व्यवस्थापनमा रुपन्देहीमा चेन होटल सञ्चालनमा आउने भएको छ । आगामी वर्षदेखि सञ्चा...

चैत २२, २०८०

३५ वर्ष लामो विरासत बाेकेको भारतको नम्बर १ टायल कम्पनीको रूपमा प्रख्यात कजरिया टायल्सले काठमाडौंमा आफ्नो पहिलो एक्सपेरियन्स उद्घाटन गर्दै नेपाली बजारमा प्रवेश गरेको छ ।  बिहीवार आयोजित कार्यक्रममा कजरिया...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x