×

NIC ASIA

सञ्चालनमै आएन साबुन उद्योग

चैत २९, २०७८

Prabhu Bank
NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

सरकारले लगानी गरेको जिल्लाको एक साबुन उद्योग निर्माण  भइसकेको  दुई  वर्ष  बित्दा  पनि सञ्चालनमा आउन सकेको छैन ।

Muktinath Bank

जिल्ला सदरमुकाम मुसीकोट नगरपालिका–४,   कोटचौतारामा   स्थापना गरिएको  मुसीकोट  साबुन  उद्योग  स्थापना गर्न कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि  तथा  सहकारी  मन्त्रालयले  लगानी गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अति विपन्न लक्षित वर्ग विशेष कार्यक्रमअन्तर्गत यो उद्योग निर्माण गरिएको हो ।  


Advertisment
Nabil box
Kumari

सहयोगी  निकाय  जिल्ला  कृषि  विकास कार्यालय,  रुकुम  पश्चिमका  निमित्त  प्रमुख मीनबहादुर केसीले यहाँ उत्पादन हुने साबुन बजारमा  लैजान  प्रामाणिक  लोगो  आवश्यक पर्ने  तर  उक्त  लोगो  नभएकाले  साबुन उत्पादन  गरेर  बजारमा  लैजान  नसकेको जानकारी दिए।

Vianet communication

साबुन   उद्योग   समितिका   संयोजक पुष्कर  गाइनले  भने,  “उद्योग  दर्ता  हुन सकेको  छैन ।  साबुनका  लागि  आवश्यक प्लास्टिक   कभर   नहुँदा   उत्पादन   हुन सकिरहेको  छैन । ”  

उनले  तत्काल  उद्योग दर्ता  गर्ने  प्रक्रियामा  रहेको  र  प्लास्टिकको अभावलाई  पनि  पूर्ति  गर्नतर्फ  लागिपरेको जानकारी दिए ।

अति विपन्न तथा दलित लक्षित वर्ग विशेष कार्यक्रम निर्माण उपभोक्ता समितिमार्फत   कार्यान्वयन   गरिएको   उक्त कार्यक्रमका  लागि  सरकारले  हालसम्म  ६० लाख  रुपियाँ  लगानी  गरिसकेको  छ ।  

आव २०७६/७७ मा ४० लाख र २०७७/७८ मा २० लाख रुपियाँ उक्त उपभोक्ता समितिलाई भुक्तानी गरिएको छ ।

पहिलो  वर्षको  बजेट  भवन  निर्माण  र मेसिन  खरिदका  लागि  खर्च  गर्नुपर्ने  दोस्रो वर्षको   बजेटबाट   कच्चा   पदार्थ   खरिद गरेर  साबुन  उत्पादन  हुनुपर्ने  थियो  तर  सबै रकम भुक्तानी हुँदा पनि साबुन उत्पादन हुन सकेको छैन ।

उद्योग निर्माण सम्पन्न भएको र  सरकारी  रकम  भुक्तानी  भएको  दुई  वर्ष नाघे  पनि  सञ्चालनमा  कुनै  पहल  नहुँदा सरकारी अनुदानको दुरुपयोग भएको हो कि भनेर प्रश्न उठ्न थालेको छ ।

साबुन   उद्योग   समितिका   संयोजक पुष्कर  गाइनले  उद्योग  दर्ता  नभएको  र कच्चा  पदार्थको  अभावका  कारण  साबुन उत्पादन  हुन  नसकेको  बताए ।  उनले ६०  लाखको  बजेटबाट  २५  लाख  रुपियाँ मात्र साबुन उद्योगमा लगानी भएको र अरू रकमले दुईवटा कुखुरा फार्म, नर्सरी र भैँसी फार्म सञ्चालन गरेको प्रस्ट पारे । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x