×

NMB BANK
NIC ASIA

गङ्गारामको कथा ‘दशवीं’

चैत २९, २०७८

NTC
Premier Steels

नेल्सन मन्डेलाले  भनेका  थिए,  शिक्षा  एउटा यस्तो माध्यम हो जसको सहायताले हामी विश्वलाई  परिवर्तन  गर्न  सक्छौँ ।  यही कुराको  वरिपरि  चलचित्र 'दशवीं’  को कथा घुमेको छ । चलचित्रले यो बताउन खोजेको  छ  कि,  राजनीतिमा  कुर्सीको शक्तिले  तपाईंलाई  अन्धो  बनाउँछ  र शिक्षाले आँखा खोल्ने काम गर्छ ।

Muktinath Bank

चलचित्रका  मुख्य  पात्र  गङ्गाराम चौधरी (अभिषेक बच्चन) हरित प्रदेशका मुख्यमन्त्री  हुन्छन् ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यो  काल्पनिक  प्रदेश हो  तर  चलचित्रका  कलाकारको  भाषाले यो जनाउँछ कि यो हरियाणाको भाषा हो ।


Advertisment
Nabil box
Kumari

आठ कक्षासम्म पढेका गङ्गारामलाई यो कुराले गर्व लाग्छ कि उनले ठूलो परीक्षा पास  गरेका  छन्  र  उनको  पीए  उनको इशारामा नाचिरहेको छ । यही  क्रममा  गङ्गारामलाई  एउटा कसुरमा  जेल  चलान  गरिन्छ  र  उनको मुख्यमन्त्रीको    पद    उनको    श्रीमती विमला  (निम्रत  कौर)लाई  दिइन्छ ।  उनी मुख्यमन्त्री  बनेपछि  उनले  धेरै  कुराको ज्ञान   पाउँछिन्   र   आफ्नै   श्रीमान्को काममा  उनी  अड्चन  गर्न  थाल्छिन् ।

Vianet communication

यता  जेलमा  गङ्गारामको  भेट  प्रहरी अधिकारी ज्योति देशवाल (यामी गौतम)सँग हुन्छ । राजाको जिन्दगी बिताइरहेका गङ्गारामको  भेट  जब  प्रहरी  अधिकारी देशवालसँग   हुन्छ   त्यसपछि   उनको जेलभित्रको   रहनसहन   पनि   परिवर्तन हुन्छ ।

उनलाई  अन्य  कैदीलाई  जस्तै व्यवहार  गर्न  थालिन्छ ।  गङ्गारामलाई जेलभित्र  मेच  बनाउने  काम  दिइन्छ  तर उनलाई  त्यो  काम  गर्न  मन  लाग्दैन  र उनी  कामबाट  बच्नका  लागि  दशवीं कक्षाको  परीक्षा  दिने  निधो  गर्छन्  र उनी  शिक्षित  भएपछि  उनको  सोचमा  धेरै   परिवर्तन   आउँछ ।   गङ्गारामको शिक्षाको  विषयमा  नै  चलचित्र  घुमेको छ ।  

कसरी   उनले   शिक्षा   हासिल गर्छन्  र  शिक्षित  भएपछि  उनमा  के कस्तो  परिवर्तन  आउँछ  भन्ने  कुरा  नै चलचित्रको मुख्य विषय हो । दशवीं  जस्तो  राजनीति  र  शिक्षा मिसिएको  चलचित्र  अहिले  कमै  बनेका छन् । चलचित्रमा निर्देशक तुषार जलौटाले कलाकारबाट  राम्रै  काम  लिन  सकेका छन् ।

दर्शकलाई चलचित्रले मध्यान्तरसम्म बाँधेर  राख्न  सक्छ  तर  मध्यान्तरपछि दर्शकलाई  कतिबेला  चलचित्र  सकिएला जस्तो   हुन्छ ।

चलचित्रमा   अभिषेक बच्चनको   अभिनय   तारिफयोग्य   छ । उनको हरियाणा शैलीको बोलीलाई दर्शकले अवश्य नै रुचाउँछन् । शारीरिक भाषादेखि लिएर  अनुहारको  भावको  शैलीसम्म  हेर्ने हो भने निम्रत कौरको भूमिका चलचित्रमा प्रभावशाली  देखिन्छ ।  एउटा  सक्षम  तथा कडक भूमिकामा देखिएकी नायिका यामी गौतमले गरेको प्रहरी अधिकारीको भूमिका चलचित्रमा प्रभाव पार्ने खालको छ ।

चलचित्रको  कथा  ठीकठाक  भए पनि  यसभित्र  धेरै  प्रश्न  उठाउन  सकिन्छ । गङ्गारामको  श्रीमती  आफ्नो  श्रीमान्  दस कक्षा  पास  हुन  भन्ने  चाहँदिनन्  र  उनी श्रीमान्लाई  सजिलै  फेल  गराउन  सक्थिन् तर किन गराइनन् । एउटा पूर्वमुख्यमन्त्रीसँग प्रहरी अधिकारी ज्योतिको कुरा गर्ने शैली र व्यवहार  राम्रो  हुँदैन ।  ज्योतिलाई  गङ्गाराम किन  केही  गर्न  सक्दैन ।  यिनै  कुराले चलचित्र  केही  खस्िकएको  जस्तो  लाग्छ तर  कलाकारको  अभिनय  र  चलचित्रको गीतसङ्गीतले  चलचित्रलाई  माथि  उठाउने काम गरेको छ । गोरखापत्र दैनिकमा सुकृत नेपालले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x