×

NIC ASIA

छ रूपैयाँमा एक छाक खाना

चैत ३०, २०७८

Prabhu Bank
NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

खाना पकाउन विद्युतीय पद्धति प्रयोग गरेमा परम्परागत र एलपी ग्यासभन्दा आधा सस्तो पर्ने एक अध्ययनले देखाएको छ । जनताका लागि ऊर्जा तथा वातावरण विकास संस्था (पीडा)ले मङ्गलबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार पाँच जनाको परिवारको एक छाक खाना इलेक्ट्रिक प्रेसर कुकरमा पकाउँदा जम्मा छ रुपैयाँ २७ पैसा मात्र खर्च लाग्छ ।

Muktinath Bank

नेपालमा विद्युत् उत्पादन पर्याप्त हुँदै जाँदा यसको खपत कसरी बढाउने भन्ने बहस चलिरहेका समयमा भन्सामा बिजुली खपत प्रवद्र्धन कसरी गर्ने भन्दै पीडालगायतका विभिन्न सामाजिक संस्थाले छ महिना लगाएर देशका विभिन्न क्षेत्रमा पुगेर भान्साको अध्ययन गरेका थिए । स्थानीय जनतालाई इन्डक्सन, इन्फ्रारेड इलेक्ट्रिक प्रेसर कुकरजस्ता सामग्रीदेखि ऊर्जा मापनका साधन पनि दिइएको थियो । सोलुखुम्बु, तेमाल, बनेपा, कटहरी र ललितपुरको महाकाल गाउँपालिकामा यस्तो अध्ययन गरिएको थियो । स्थानीयको भान्सा अनुगमनका लागि भान्सा डायरी विधिमार्फत तथ्याङ्क सङ्कलन गरिएको थियो । पीडाले सँगै ल्याब परीक्षण विधि पनि अपनाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्ययनअनुसार पाँच जनाको परिवारका लागि दाल, भात र मासु पकाउँदा दाउरामा १३ रुपैयाँ २९ पैसा, एलपी ग्यासमा १३ रुपैयाँ ७८ पैसा, इन्डक्सनमा ११ रुपैयाँ ७७ पैसा, इन्फ्रारेडमा १२ रुपैयाँ ६० पैसा ऊर्जा लागत लाग्ने देखिएको छ । यसरी अध्ययन गर्दा दाउरा तथा गुइँठाजस्ता परम्परागत र निःशुल्क ऊर्जा स्रोतलाई सङ्कलन गर्न लाग्ने समयको ज्यालाका आधारमा प्रतिकिलो छ रुपैयाँ तीन पैसा तय गरिएको थियो भने बिजुलीको औसतमा १० रुपैयाँ प्रतियुनिट मानिएको थियो । तत्कालीन समयमा बजार मूल्यका आधारमा एलपी ग्यासलाई प्रतिसिलिन्डर एक हजार ४४० रुपैयाँ मानिएको थियो ।


Advertisment
Nabil box
Kumari

यद्यपि, अहिले यसको बजार मूल्य एक हजार छ सय रुपैयाँ पुगेको छ भने नेपाल आयल निगमको लागत दुई हजार ५३२ रुपैयाँ पर्छ । अनुदानरहित ग्यासको हिसाब गर्दा यो रकम दुई हजार चार सय रुपैयाँ २२ पैसा हुन आउँछ । यसअनुसार इलेक्ट्रिक प्रेसर कुकरभन्दा एलपी ग्यास चार गुणा महँगो पर्न आउँछ । एक हजार छ सयकै अनुपातमा हिसाब गर्दा यो रकम एक हजार पाँच सय रुपैयाँ ३१ पैसा पर्न आउँछ ।

Vianet communication

पीडाका कार्यकारी निर्देशक विराज गौतमका अनुसार खाना पकाउन अब उत्तम विकल्प इलेक्ट्रिक प्रेसर कुकर हो । “अब हरेक परिवारको भान्सा विद्युतीय बनाउनु पर्छ, आर्थिक लागत, पर्यावरण र जनस्वास्थ्यको रक्षाका लागि बिजुली भन्सा चाहिन्छ,” उनले भने, अब सरकार तथा सरोकारवाला निकायले हरेक भान्सामा इलेक्ट्रिक प्रेसर कुकर पु¥याउने कार्यक्रम ल्याउनुपर्छ । ”

भान्सा विद्युतीय बनाउँदा भान्साको काममा पुरुष सदस्यको समेत योगदान बढेको पाइएको छ । कहिल्यै भान्साका काम नगर्ने घरका पुरुषहरूले अध्ययन अवधिभर १० प्रतिशत भान्सा सम्हालेको पाइएको अध्ययनकर्ता अर्को संस्था विनरक इन्टरनेसनलका गोविन्द खनालले जानकारी दिए ।

कार्यक्रममा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारीले स्वच्छ ऊर्जा खपत विस्तारमा व्यापक रूपमा काम गर्ने बेला आएको बताए । केन्द्रले स्वच्छ ऊर्जा खपत प्रवद्र्धनका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागिएको बताए । नेपालमा विद्युतीय भान्सा प्रवद्र्धनका लागि सहयोग पुग्ने गरी पीडाले नेपाल ई कुक बुक पनि सार्वजनिक गरेको छ । गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x