×

NIC ASIA

चुनाव सर्छ ? निर्वाचन आयोगले भन्यो यस्तो...

बैशाख २, २०७९

Prabhu Bank
NTC
Premier Steels

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको आक्रामक तयारी गरिरहेको अवस्थामा केही पक्षले एकाएक निर्वाचन सर्न सक्ने भन्दै भ्रम फैलाएपछि आयोग रुष्ट बनेको छ । निर्वाचन आयोगले निर्वाचनको प्रायः सबै तयारी पूरा भएको र सोहीअनुसार मतपत्रसमेत छापिसकेकाले अब निर्वाचन निर्धारित समयमा नै हुने स्पष्ट पारेको छ । आयोगका अनुसार हालसम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छापिइसकेको छ भने दैनिक सरदर ८ लाख थान मतपत्र छापिने क्रम जारी छ ।

Muktinath Bank

पछिल्ला केही दिनदेखि निर्वाचन सर्न सक्ने भ्रम फैलाइँदै आइएको छ । सत्तारूढमध्येको एक दल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा निर्वाचन सर्न सक्ने सम्भावना रहेको भन्दै भ्रमपूर्ण अभिव्यक्ति दिएको भन्दै आयोग रुष्ट छ । नेपालले सो अभिव्यक्ति दिएलगत्तै गत मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले ३० वैशाखमा घोषित निर्वाचन कुनै कारण देखाएर सारिए मुलुक गम्भीर दुर्घटनामा जान सक्ने चेतावनी दिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका सबै तयारी पूरा भएर मतपत्रसमेत छाप्ने काम भइरहेको अवस्थामा निर्वाचन सारिए त्यो मुलुकका लागि दुर्भाग्यपूर्ण हुने बताए । प्रमुख थपलियाको अभिव्यक्ति हेर्दा आयोग जुनसुकै हालतमा पनि तोकिएको समयमा निर्वाचन गराउनै पर्नेमा दृढ देखिन्छ । ‘निर्वाचनको रकेट उडिसक्यो त्यो अब निर्वाचन सम्पन्न नगर्दासम्म बीचैमा अवतरण हुने भन्ने प्रश्न नै हुँदैन,’ थपलियाले भने । उनले निर्वाचन सार्ने कुराको कल्पनै गर्न नसकिने बताएका थिए ।


Advertisment
Nabil box
Kumari

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन सर्नै नसक्ने बताए । उनले निर्वाचन सार्ने भन्ने हल्ला प्रायोजित मात्रै हुन सक्ने बताए । ‘निर्वाचन आयोगको परामर्शबिना सरकारले निर्वाचन सार्न सक्दैन, हामी निर्वाचन सार्ने भन्ने विषयमा परामर्श दिन्नांै, आयोग समयमा नै निर्वाचन गराउन दृढ संकल्पित छ,’ आयुक्त पौडेलले भने ।

Vianet communication

निर्वाचनको सम्बन्धमा भ्रम सिर्जना गरिएपछि आयोगले शुक्रबार निर्वाचन सर्ने भन्ने हल्ला भ्रम मात्रै भएकाले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारेको छ । निर्वाचन’bout अन्योल सिर्जना हुने अभिव्यक्ति नदिनसमेत आयोगले सबैलाई आग्रह गरेको छ ।

बिहीबार आयोगद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन निर्धारित समयमा नै हुने भएकाले यस सम्बन्धमा कसैले कुनै संशय व्यक्त नगर्न आग्रह गरेका हुन् ।

उनले स्थानीय तहको चुनाव निर्धारित समय अर्थात् वैशाख ३० मै हुने बताए । ‘निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न तयारी तीव्रताका साथ अन्तिम चरणमा पुगेको छ । निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्ति राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोप्रति आयोगको ध्यानाकर्षण भएको छ,’ आयोग प्रवक्ता पौडेलले भने, ‘निर्वाचनका विषयमा अन्योलता सिर्जना गर्ने खालका यस्ता अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ ।’ राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x