×

NMB BANK
NIC ASIA

मीरगञ्ज पुल नबन्दा करोडौं नोक्सानी

बैशाख २, २०७९

NTC
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक
Premier Steels

 नेपाल–भारत सीमा बजार जोगबनी नजिक रहेको मीरगञ्ज पुल नबन्दा पछिल्लो तीन महिनामा विराटनगर भन्सारको राजस्व संकलन प्रभावित भएको छ ।

Muktinath Bank

पुल बन्द भएपछि जोगबनी नाकाबाट आयात घटेकाले राजस्व संकलनमा समेत कमी आएको हो । मीरगञ्ज पुल बन्द भएपछि कोलकाता बन्दरगाह र अन्य क्षेत्रबाट सामान आयातमा ठूलो ह्रास आएकाले राजस्व संकलनमा त्यसको असर परेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगर भन्सार स्रोतका अनुसार गत पुस २२ गतेदेखि भारतले पुल बन्द गरेको हो । अत्यन्त जीर्ण भएकाले मालवाहक ठूला गाडी सो पुल भएर आवतजावत गर्न नमिल्ने भएको छ । त्यसको नजिक नयाँ पक्की पुल बनिसकेको भए पनि सञ्चालनमा आएको छैन ।


Advertisment
Nabil box
Kumari

औद्योगिक कच्चापदार्थ र अन्य सामान लिएर आउने गाडीहरू सुनसरीको भान्टाबारीको नाका भएर नेपाल प्रवेश गर्ने गरेका छन् । सो नाका भएर विराटनगर आउन झन्डै १२५ किलोमिटर पर्छ । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलका अनुसार भान्टाबारी नाका भएर सामान आयात गर्नुपर्दा व्यवसायीले दैनिक १ करोड थप आर्थिक भार वहन गर्नुपरेको छ ।

Vianet communication

पुल चालू नभएपछि धेरै व्यापारीले भन्सार नाका परिवर्तन गरेका छन् । उद्योगलाई भने नाका फेर्न समस्या हुने भएकाले अतिरिक्त आर्थिक भार बेहोरेर पनि भान्टाबारी नाका भएर कच्चापदार्थ आयात गर्नुपरेको छ ।

विराटनगर भन्सारका प्रवक्ता रामचन्द्र ढुंगानाका अनुसार पुसयता विराटनगरको राजस्व संकलन निर्धारित लक्ष्यभन्दा करीब २७ प्रतिशतले ह्रास आएको छ । नेपाल–भारतबीचको वाणिज्य तथा पारवाहन सन्धि अनुसार पारवाहनमा प्रयोग हुने सडक तथा नाकाको विकल्प दिएर मात्र नाका बन्द गर्नुपर्नेमा भारतले जोगबनी नाकाको उपयुक्त विकल्प नदिई पुल बन्द गरेको हो ।

विहारको अररिया जिल्लाबाट नेपाल जोड्ने मीरगञ्ज पुल बन्द हुँदा भारतको पनि मासिक १७ करोड राजस्व गुम्दै आएको भारतीय ल्यान्ड कस्टम अधिकारीहरूको भनाइ छ । पुरानो मीरगञ्ज पुल नजिकै चार लेनमा बन्दै गरेको नयाँ पुलको निर्माण ६ महीनादेखि बन्द छ ।

मीरगञ्जको नयाँ पुल निर्माण कम्पनी जेकेएम इन्फ्रा प्रोजेक्टका कर्मचारी मोहन झाका अनुसार पुलको केही भाग रेल मार्गको क्षेत्रभित्र पर्छ । रेलवे विभागबाट ‘नो अब्जेक्सन लेटर’ प्राप्त नभएकाले काम रोकिएको उनको भनाइ छ । सो पत्र प्राप्त नभएसम्म पक्की पुल निर्माण अघि नबढ्ने बताइएको छ ।

यसैबीच, अररियाका डीएम प्रशान्तकुमार सीएचले गत शनिवार मीरगञ्जको नयाँ निर्माणाधीन पक्की पुलको स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । पुरानो पुलको मर्मत मन्द गतिमा भइरहेकोमा सो कामलाई पनि गति दिन उनले निर्देशन दिएका छन् । आर्थिक अभियान दैनिकमा वेदराज पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x