बैशाख २४, २०८१
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
फौजी कीराको प्रकोपले देशभरका किसानले लगाएको मकैबालीमा क्षति पुर्याएको छ । तर, सरकारले त्यसको रोकथाम र नियन्त्रणका लागि ठोस कदम चालेको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालय यसमा बेखबर छ ।
प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार हाल काठमाडौं उपत्यकालगायत तराई, पहाड र केही हिमाली जिल्लाको मकैखेतीमा फौजी कीराको प्रकोप बढिरहेको छ । त्यसको नियन्त्रण र रोकथामका लागि मन्त्रालय स्तरबाट केही पहल भएको छैन । विषादी व्यवस्थापन केन्द्र र कृषि मन्त्रालयसँग कीराको प्रकोपले हालसम्म केकति क्षेत्रफलमा क्षति गरेको छ, त्यसको यकिन तथ्यांकसम्म छैन ।
देशभर कीराको प्रकोप भए पनि विशेषगरी पश्चिम तराईका धेरै गर्मी हुने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, रूपन्देही, कपिलवस्तु र पूर्वी तराईका सुनसरी, रौतहट, सिराहा लगायत जिल्लामा प्रभाव बढी छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यहाँमात्र ३५ सय ५० हेक्टर र बर्दियामा करीब ७ हजार हेक्टरको मकैबालीमा फौजीको प्रकोप फैलिएको छ । कैलालीमा ७ सय हेक्टर र दाङमा पनि यही अनुपातमा कीराको प्रकोप फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।
सुनसरीका अगुवा कृषक भुवनेश्वर यादवका अनुसार त्यहाँ पनि करीब ८/९ सय हेक्टरको बालीमा प्रकोप फैलिएको छ । ‘कृषि ज्ञान केन्द्रदेखि स्थानीय तहबाट समेत रोकथाम तथा नियन्त्रणका लागि ठोस कदम चालिएको छैन । किसानलाई यसको नियन्त्रण कसरी गर्ने, कुन औषधि प्रयोग गर्ने भन्ने ज्ञान हुँदैन, सरकारी निकाय सबै बेखबर छन्,’ यादवले भने ।
कुनै कुनै जिल्लाको क्षति विवरण कृषि ज्ञान केन्द्रले राखे पनि अधिकांश जिल्लाको तथ्यांक सम्बद्ध स्थानीय र केन्द्र सरकारसँग छैन । प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले देशका विभिन्न जिल्लामा कीराको प्रकोप बढेको खबर आएको तर नियन्त्रण र तथ्यांक संकलनको जिम्मेवारी पाएका निकायले क्षतिको विवरण नपठाएको बताए । ‘क्षतिको यकिन विवरण आएपछि त्यसैको आधारमा नियन्त्रण प्रयास थाल्ने र प्राविधिक पठाउने काम गर्ने हो । तर, स्थानीय स्तरमा जिम्मेवारी पाएका निकाय नै बेखबर भएर बसेपछि केन्द्रबाट मात्रै केही गर्न सकिँदैन,’ उनले भने ।
सूर्योदयदेखि सूर्यास्तसम्म लुकेर बस्ने र रातमा मकैको पात, डाँठ, घोगा र पछि गएर पूरै बोट सखाप पार्ने अमेरिकी फौजी कीरा नेपाल प्रवेश गरेको तीन वर्ष भयो । छोटो समयमै यहाँको पर्यावरणमा घुलमिल भइसकेकाले यसलाई अब पूर्णरूपमा निर्मूल गर्न सक्ने अवस्था छैन । नियन्त्रणका लागि अहिले खासै पहल गर्न नसकिएको हुमागाईंले बताए । आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले खबर लेखेका छन् ।
जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...