×

NMB BANK
NIC ASIA

सार्वजनिक अस्पतालका शौचालय : बस्न हैन,पस्नै गाह्रो

बैशाख ४, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

वीर अस्पतालको आकस्मिक कक्षपछाडिको शौचालयमा शौचालयको ढोका अगाडिबाटै ह्वास्सै गन्ध आउँछ, पस्नै कठिन छ । जसोतसो भित्र पसे शौच गर्ने समयसम्म टिक्न मुस्किल पर्छ । पिसाब फेर्ने प्यानमै खैनी, परागजस्ता पदार्थ खाएर थुकेको हुन्छ । शौचालयको एउटा ढोका कुहिएको छ, अर्को खुलै रहन्छ ।

Muktinath Bank

दिसा गर्ने प्यानको माथितिर फोहोरै फोहोर हुन्छ । शौचालयभित्रै पानीका बोतल, कपडाजस्ता वस्तु धेरै समयदेखि छन् । शौचालय सफा गर्ने कर्मचारीले त्यता ध्यान दिएको हुँदैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीर अस्पतालकै एक तलामाथि रहेको अर्को शौचालय पनि त्यस्तै छ । जताततै फोहोरै फोहोर । प्रायः सबै पिसाब नल भरिएका छन् ।  त्यसको सिधा आकस्मिक ल्याब अगाडि भने कर्मचारीका लागि मात्र छुट्टै शौचालय व्यवस्था छ । त्यहाँ सर्वसाधारणलाई शौच गर्न ताल्चा लगाइएको हुन्छ । अस्पतालको कुनै कर्मचारीलाई शौच लागेमा चाबी लिएर आउँछन् र शौच गरेर जान्छन् । सर्वसाधारणले प्रयोग गर्ने शौचालयभन्दा अस्पतालकै कर्मचारी तथा स्वास्थ्यकर्मीले प्रयोग गर्ने शौचालय भने राम्रो छ । 


Advertisment
Nabil box
Kumari

वीर अस्पतालमा सरसफाइकर्मी सयजना छन् । अस्पतालले राखेका स्थायी ३५ जना र अरू ठेक्कामार्फत राखिएका हुन् । यति धेरै सरसफाइकर्मी भए पनि शौचालय दुर्गन्धित हुनुमा अस्पतालमा मानिसको चाप अत्यधिक रहेको अस्पतालका पदाधिकारीको भनाइ छ । अस्पतालका शौचालय फोहोर भइरहने विषयमा अस्पताल प्रमुख डा. भूपेन्द्रकुमार बस्नेत सामान्य मान्छन् । उनका अनुसार दैनिक दुई हजारसम्म ओपीडी टिकट जान्छ । अस्पतालमा भर्ना भएका र पछि फेरि जँचाउन आउने बिरामीले गर्दा दुई हजार पाँच सयभन्दा बढीको आवतजावत हुने अस्पतालमा शौचालय फोहोर हुनु सामान्य हो । डा. बस्नेतले भने, “कतिपय मानिस त शौचालय प्रयोग गर्नै नजान्ने पनि आउँछन् ।” समय–समयमा सफाइ कर्मचारीले सफा गर्ने गरेको जानकारी दिँदै उहाँले मानिसको अत्यधिक चापका कारण शौचालय फोहोर भएको बताए ।

Vianet communication

 थोरै सङ्ख्यामा बिरामी आउने अस्पताल र दैनिक एक हजार पाँच सयदेखि दुई हजारभन्दा बढी बिरामी आउने अस्पताल सरसफाइमा एउटै हुन सक्दैन । डा. बस्नेतले थपे, “वीर अस्पतालमा समय–समयमा सफा गर्दा पनि त्यत्तिकै फोहोर भइरहन्छ ।”

वीर अस्पतालनजिकका स्थान व्यावसायिक रूपमा अगाडि रहेकाले कतिपय व्यवसायी तथा बाटो हिँड्ने बटुवा पनि अस्पतालभित्रै आएर शौच गर्छन् । कतिपय मानिसले शौचालयको धारो टुटाइदिने, शौचालयभित्रै प्याड हालिदिने, खैनी, सुर्ती खाएर थुकिदिने, कतिपयले गज पनि शौचालयमै हालिदिने हुँदा जाम हुने गरेको डा. बस्नेतको भनाइ छ । 

वीर अस्पतालमात्र होइन, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका शौचालय भने पूरै फोहोर छ । केही महिनाअघिसम्म शिक्षण अस्पतालमा आउने बिरामी तथा कुरुवाबाट अस्पतालले दिसा–पिसाब गरेको शुल्क लिने गरेको थियो । अस्पतालका कार्यकारी निर्देशकका रूपमा डा. दिनेश काफ्ले आइसकेपछि अहिले शिक्षण अस्पतालमा दिसा–पिसाब गरेको शुल्क लाग्दैन । 

धेरै गुनासो आएपछि शुल्क लिने कार्य बन्द गराएको जानकारी दिँदै उनले त्रिवि शिक्षण अस्पतालमा शौचालय फोहोर हुनुमा बिरामीको अत्यधिक चापलाई नै लिए । उनका अनुसार कतिपय बिरामी तथा बिरामीका आफन्तले शौच गर्न जान्दैनन् । गाउँबाट सिफारिस भई आएका बिरामी र कुरुवा ट्वाइलेटमा बस्नै नजान्ने हुन्छन् । उनीहरूले पानीले भन्दा माटो तथा कागज, कपडा तथा अन्य पदार्थले दिसा पुछ्ने गरेको पाइयो । शिक्षण अस्पतालमा दैनिक दुई हजार पाँच सयभन्दा बढी ओपीडीमा बिरामी आउँछन् । यस्तै, आकस्मिक कक्षमा पाँच सयभन्दा बढी बिरामी आउँछन् । सरोज ढुंगेलले गोरखापत्र दैनिकमा खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x