×

NIC ASIA

अचाक्ली बढ्यो तरकारीको मूल्य

बैशाख ६, २०७९

Prabhu Bank
NTC
तस्वीर सौजन्य : आर्थिक अभियान दैनिक
Premier Steels

 फलफूल र हरियो तरकारीको भाउ बढेर छोइनसक्नु भएको छ । फलफूल र तरकारीको मूल्य अचाक्ली बढ्नुमा ढुवानी भाडा, फितलो बजार अनुगमन र ती वस्तु आयात गर्ने स्रोत मुलुक भारतमा भएको मूल्य वृद्धिको हात रहेको व्यवसायी बताउँछन् । इन्धनको मूल्यले गर्दा ढुवानी भाडा पनि अकाशिएको छ ।

Muktinath Bank

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो १ महीनामा केरा, स्याउ, मेवा, खर्बुजा, अंगुर र सुन्तलालगायत फलफूलको मूल्य ह्वात्तै बढेको छ । महीना अघिसम्म सय रुपैयाँ दर्जनमा पाइने केरालाई अचेल २ सय रुपैयाँ पर्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२ सय ५० रुपैयाँ किलोमा पाइने फुजी स्याउको मूल्य थोक बजारमै प्रतिकिलो २ सय ७५ रुपैयाँसम्म पुगेको छ । यसको खुद्रा मूल्य ३ सय ५० देखि ३ सय ८० रुपैयाँसम्म छ । त्यसैगरी, १ सय ९० रुपैयाँ किलोमा पाइने कालो अंगुरको थोक मूल्य २ सय २० रुपैयाँ छ । खुद्रा बजारमा व्यवसायीले आफूखुशी २ सय ५० देखि २८० रुपैयाँसम्म लिन्छन् । महीनाअघि सय रुपैयाँ किलो रहेको हरियो अंगुरको मूल्य अहिले १ सय ४५ रुपैयाँ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

सबैभन्दा धेरै कागतीको मूल्य बढेको छ । १ महीनाअघि किलोको २ सय ५० रहेको कागतीको थोक मूल्य अहिले ३ सय २५ रुपैयाँ पुगेको छ । खुद्रा बजारमा त ५ सय रुपैयाँसम्म तिर्नु परेको उपभोक्ताको गुनासो छ । भारतबाट कागती आयात गर्दै आएका व्यवसायी हरीश शर्माले गर्मी बढेसँगै भारतीय बजारमा कागतीको माग बढेको  तर उत्पादन घटेकाले उतै बढी तिर्नु परेको बताए । कागतीे आयात घटेपछि मूल्य बढेको उनी बताउँछन् । ‘ढुवानी भाडाले मूल्य बढेकै थियो, त्यसमाथि उतैबाट बढेर आयो,’ शर्माले भने ।

Vianet communication

समितिको तथ्यांकअनुसार कालीमाटीमा १ महीना अघिसम्म दैनिक १५ टन हाराहारी कागती आउँथ्यो । अहिले ५/६ टन मात्रै आउँछ । नेपालमा ५ हजार ४४५ हेक्टर जमीनमा कागती खेती हुने गरेको सरकारी तथ्यांक छ । त्यसबाट ४६ हजार १ सय १८ टन कागती उत्पादन हुने गर्छ ।

हरियो तरकारीको भाउ पनि छोइनसक्नु छ । १ महीनाको अवधिमा स्थानीय काउलीको भाउ किलोमै ७० रुपैयाँ बढेको छ । १ महीनाअघि १५ रुपैयाँ रहेको स्थानीय काउलीको मूल्य अहिले किलोको ८५ रुपैयाँ छ । १५ रुपैयाँ किलोमा पाइने गाजरको मूल्य बढेर ३० रुपैयाँ कायम भएको छ । ७० रुपैयाँ किलोको सिमी ८५ रुपैयाँ पुगेको छ । ५० रुपैयाँको मटर कोसाको मूल्य ७० देखि ८० रुपैयाँ पुगेको पाइएको छ । आर्थिक दैनिकमा प्रशान्त खड्काले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x