×

NMB BANK
NIC ASIA

गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?

बैशाख ७, २०७९

NTC
Premier Steels

सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए ।

Muktinath Bank

यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमति इन्कार गरेपछि थप विवाद भएको हो । गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार दिउसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक– एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।

Vianet communication

दिउँसोको सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् ।

यसैगरी, उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।

त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो । राजधानी दैनिकमा महेश्वर गौतमले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x