×

NMB BANK
NIC ASIA

राष्ट्रिय कृषि गणनाको खर्च १ अर्ब

बैशाख ७, २०७९

NTC
Premier Steels

सरकारले १ अर्ब रुपैयाँ खर्च गरेर मंगलवारदेखि राष्ट्रिय कृषि गणना शुरू गरेको छ । वैशाख ६ देखि शुरू भएको कृषि गणना ४५ दिनसम्म चल्नेछ । कृषि गणनाले किसानका गुनासा, आवश्यकता र समस्या पहिचान गरी समाधानको बाटो खोज्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Muktinath Bank

राष्ट्रिय जनगणना सकिएको करीब ६ महीनापछि केन्द्रीय तथ्यांक विभागले कृषि गणना शुरू गरेको हो । तथ्यांक संकलन, विश्लेषण, यसको तयारी, प्रश्नावली छपाइ, गणकको तलब सुविधा र अन्तिम नतिजा निकाल्ने बेलासम्ममा १ अर्ब रुपैयाँ खर्च हुने विभागले बताएको छ । तथ्यांक संकलनका लागि मात्रै करीब ७२ करोड रुपैयाँ खर्च हुने विभागका निर्देशक बद्रीकुमार कार्कीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार विभागले ७ सय ५३ ओटै स्थानीय तहबाट कृषि गणना गर्नेछ । गणनापछि अहिले देशमा भएको कुल खेतीयोग्य जमीनको क्षेत्रफल, उत्पादन हुने मुख्य बालीनाली, पशुपन्छी गणना, खेतीयोग्य जमीनमा प्रयोग भइरहेको मल, बीउ, विषादीसम्मको तथ्यांक थाहा हुनेछ । त्यसैगरी, हालसम्म किसानको कृषि बीमादेखि कृषि ऋणसम्मको पहुँच, हरेक स्थानीय तहमा उपलब्ध कृषि संरचना, कृषि गतिविधि, कृषि प्रविधिको उपयोगसम्मको तथ्यांक पत्ता लाग्नेछ ।


Advertisment
Nabil box
Kumari

तथ्यांक संकलनबाट कृषिको वर्तमान अवस्था थाहा पाइसकेपछि हाल कृषिक्षेत्रमा भइरहेका राम्रा पक्षलाई निरन्तरता दिँदै थप प्रभावकारी बनाउन र समस्या समाधानका लागि आवश्यक नीतिनियम तथा रणनीति तयार गर्न सहयोग पुग्ने कार्कीले बताए । यसबाहेक हालसम्म विभिन्न कृषक घरपरिवार र विभिन्न संघसंस्थाले कृषिक्षेत्रमा गरिरहेका कामको पहिचान गरी राम्रो काम गर्दै आएकालाई थप प्रोत्साहनका कार्यक्रम ल्याउन गणनाले सरकारलाई सहयोग गर्नेछ ।

Vianet communication

सरकारले २०१८ सालदेखि नेपालमा कृषि गणना शुरू गरेको हो । त्यसपछिका १०/१० वर्षमा सरकारले कृषि गणना गर्दै आएको छ । विभागले दिएको जानकारीअनुसार तथ्यांक संकलनका लागि करीब ५ हजार २ सय गणक र १ हजार ३ सय सुपरिवेक्षक फिल्डमा खटिएका छन् ।

गणकहरूले ३ लाख ५० हजार घरपरिवारलाई प्रतिनिधिमूलक घरका रूपमा छानेर गणना गर्नेछन् । जनगणना गर्दा हरेक घरमा गणक पुग्ने भए पनि कृषि गणनामा नमूना छनोट गरी नमूना घरपरिवारको मात्रै गणना गरिन्छ । त्यसबाट प्राप्त तथ्यांकलाई विश्लेषण गरी अन्तिम नतिजा निकालिन्छ । विभागले कृषि क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको तथ्यलाई ध्यानमा राखेर महिलाको अगुवाइमा भइरहेको खेतीपातीको विवरण छुट्टै संकलन गरिने बताएको छ । आर्थिक अभियानमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x