×

NMB BANK
NIC ASIA

कहाँ हराउँछ एलपी ग्यास ?

बैशाख ७, २०७९

NTC
Premier Steels

नेपाल आयल निगमले सामान्य अवस्थाको तुलनामा अचेल झन्डै दोब्बर ग्यास आपूर्ति गरिरहेको छ । सामान्य अवस्थामा दैनिक औसत ७० बुलेटसम्म आपूर्ति हुने गरेकोमा निगमले अहिले दैनिक औसत १३५ बुलेटसम्म ग्यास आपूर्ति गरिरहेको छ । उद्योगले पनि उत्पादन बढाएको अनुगमनको क्रममा देखिएको छ । तर, बजारमा अभाव छ । एक सिलिन्डर ग्यास लिन १ हप्तासम्म कुर्नुपरेको उपभोक्ताको गुनासो छ ।

Muktinath Bank

निगमको ग्यास वितरण विभाग प्रमुख नेत्र काफ्लेका अनुसार अहिले ग्यास उपभोगको हिसाबले अफसिजन हो । गर्मीमा ग्यासको खपत तुलनात्मक रूपमा कम हुने भएकाले विगतमा यो बेला दैनिक ७० देखि ८० बुलेट ग्यासका लागि उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) लिन्थे । गत ६ चैतदेखि ग्यास उद्योगीले ढुवानी भाडा बढाउन माग गर्दै पीडीओ नउठाउँदा ग्यास आपूर्तिमा समस्या आएको थियो । १९ चैतसम्म पीडीओ नलिएका उद्योगीले २० चैतदेखि लिन थाले ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसपछि सामान्य अवस्थाको तुलनामा झन्डै दोब्बर पीडीओ उठाइरहेका छन् । निगमका अनुसार ग्यास उद्योगीले दैनिक १२५ देखि १३५ बुलेटसम्मको पीडीओ उठाइरहेका छन् । तर, उपभोक्ताले सहजै पाइरहेका छैनन् । काठमाडौंको बबरमहलमा बसोवास गर्ने श्रमन श्रेष्ठले १ सातासम्म ग्यास नपाएपछि सम्बन्धको आधारमा आरुबारीबाट ल्याएको बताए ।


Advertisment
Nabil box
Kumari

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पनि ग्यास नपाएका गुनासाहरू दैनिक आइरहेका छन् । विभागका सहायक सूचना अधिकारी धनेश्वर पौडेलका अनुसार विभागमा अहिले दैनिक औसत २ देखि ३ ओटा ग्यास नपाएका गुनासा आइरहेका छन् ।

Vianet communication

निगमले पनि बजारमा ग्यास सहजै पाउन नसकेको स्वीकार गरेको छ । निगम ग्यास वितरण विभाग प्रमुख काफ्लेले उपभोक्ताप्रति उद्योगी/व्यवसायी उत्तरदायी नभएका कारण ग्यास अभाव भएको बताए । ‘व्यवसायीको मनस्थिति उपभोक्ताप्रति उत्तरदायी भएको देखिएन,’ उनले भने, ‘व्यापारीहरू उपभोक्ताप्रति उत्तरदायी भएका हुन्थे भने उनीहरूले यथार्थ कुरा गर्थे ।’

निगमले ग्यास आपूर्ति बढाएको तर बजारमा अभाव रहेको ग्यास उद्योगीले पनि स्वीकार गरेका छन् । एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले ग्यास आपूर्ति दैनिक सय बुलेटभन्दा माथि रहे पनि आपूर्ति सहज नरहेको बताए । ‘ग्यासको सर्टेज छैन । अलिअलि कम भएको मात्रै हो,’ उनले भने, ‘अस्ति ट्रान्सपोर्टेशनको भाडा नपुगेर ८/१० दिन लोडिङ बन्द भयो । त्यसबीचको ग्यापका कारण अलिकति अभाव देखिएको हो ।’ यसअघि सामान्य अवस्थामा ७० देखि ८० बुलेट ग्यास दैनिक आयात हुने गरेकोमा अहिले १२० बुलेटसम्म ग्यास आयात भइरहेको र आयातित सबै ग्यास बजारमा पठाइएको उनी बताउँछन् ।

तर, विक्रेताले भने बजारमा सामान्य अवस्थाकै हाराहारीमा ग्यास आइरहेको र तुलनात्मक रूपमा बढी नआएको बताएका छन् । ग्यास विक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र थापाले सामान्य अवस्थामा एउटा ग्यास डिलरमा एउटा उद्योगबाट दैनिक औसत एक गाडी ग्यास आउने गरेकोमा अहिले पनि त्यत्ति नै आइरहेको बताए । आर्थिक अभियान दैनिकमा प्रेम चन्दले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x