मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
अर्थतन्त्रका कतिपय सूचकमा दबाब बढेपछि अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा अहिले व्यापक छ ।
अर्थविद्देखि सर्वसाधारणसम्मले सामाजिक सञ्जाल, औपचारिक तथा अनौपचारिक छलफल र कुराकानीमा अर्थतन्त्रबारे चासो र चिन्ता व्यक्त गरेका छन् । सबैभन्दा ठूलो चिन्ताको विषय विदेशी मुद्राको सञ्चितिको छ ।
निरन्तर उकालो लागिरहेको आयातका कारण विदेशी मुद्रा सञ्चिति घटेकाले भविष्यमा आयातका लागि विदेशी मुद्रा पर्याप्त नहुने र नेपालले आयात गर्नै नसक्ने तहमा पुग्नेसम्मको चिन्ता व्यक्त हुने गरेको छ । नेपाल राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्कअनुसार फागुनसम्म नेपालसँग ११ खर्ब ७१ अर्ब रुपैयाँ अर्थात् नौ अर्ब ५८ करोड डलर सञ्चित छ । यो सञ्चितिबाट छ महिना २१ दिनको वस्तु तथा सेवा आयात धान्छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्ष २०७८/७९ को आठ महिनामै नेपालले १३ खर्ब आठ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । आयातको वृद्धि दर यही गतिमा बढे चालू आवभित्र नेपालले १७ खर्ब रुपैयाँको वस्तु आयात गर्ने अनुमान गरिएको छ ।
जोखिम भने छैन
आयात बढेकै कारण विदेशी मुद्राको सञ्चिति घटे पनि अहिलेको परिस्थिति चिन्ताजनक भने नभएको अर्थतन्त्रका जानकारहरूको भनाइ छ । विदेशी मुद्राको सञ्चिति केही खुम्चिए पनि पूर्वसतर्कता अपनाउने हो भने भविष्यमा समस्या नहुने उनीहरूको बुझाइ छ । नेपाल राष्ट्र बैङ्कका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री विदेशी मुद्रा सञ्चितिको अहिलेको अवस्था जोखिमको घेरामा नरहेको बताउँछन् । “हामीसँग अहिले जति पनि सञ्चिति छ, त्यसबाट हुन सक्ने आयातले हामी जोखिमको घेरातिर छैनौँ,” उनी भन्छन् ।
मुद्रा सञ्चिति बढाउन भ्रमणमा गरिएको कडिकडाउ, आयात नियन्त्रणका प्रयासले सहयोग पु-याउने र सही समयमा पूर्वसतर्कता अपनाएको देखिने उनले बताए । यद्यपि अहिलेको अवस्थासँग सतर्क भने हुनैपर्ने र त्यसो नगरे एकैछिनमा धराशायी हुन सक्ने उनको बुझाइ छ ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. गोविन्द नेपाल पनि छ महिनासम्मको सञ्चितिलाई ठीकै मानिने बताउँछन् । “तर आयातको वृद्धि दर जारी रहे अहिलेको सञ्चिति पनि घट्ने हुनाले अवस्था जोखिमपूर्ण भने हुनसक्छ,” उनले भने । इन्धनमा गरिएको कटौती र आयातमा गरिएको कडाइले केही सहयोग पुग्ने भए पनि यो मात्र पर्याप्त भने नहुने उनको बुझाइ छ । “अब तीन महिनाका लागि सरकारले आयातमा अत्यन्त कडाइ गर्नैपर्छ,” उनले भनिन्, “उपभोक्ताले पनि आफ्नो उपभोग संस्कृतिमा परिवर्तन ल्याउनुपर्छ ।”
पहिलेदेखिकै चाप
कोभिड–१९ सङ्क्रमणका कारण जनजीवन तथा आर्थिक गतिविधि ठप्प भएपछि मुलुकको शोधनान्तर अवस्था इतिहासकै उच्च अङ्कले बचतमा थियो । राष्ट्र बैङ्कका अनुसार कोभिड प्रभावित समयमै अर्थात् २०७७ असारसम्म नेपालको शोधनान्तर अवस्था दुई खर्ब ८२ अर्ब रुपैयाँले बचतमा थियो ।
तर त्यसपछि कोरोना सङ्क्रमणका लागि लागू गरिएका कडाइका नियम खुकुलो हुँदा एक वर्षमै अर्थात् २०७८ असारसम्म शोधनान्तर अवस्था करिब दुई खर्ब ४१ करोड रुपैयाँले घटेर एक अर्ब २३ करोड रुपैयाँमा पुग्यो । अर्थतन्त्र क्रमशः लयमा आउँदै गरेको, प्रतिबन्धित यात्रा पूरै खुला भएको र व्यापारसमेत बढ्दा पछिल्लो पटक फागुनसम्म शोधनान्तर स्थिति दुई खर्ब ५८ अर्ब रुपैयाँले घाटामा पुगेको छ ।
‘सञ्चिति स्ट्यान्डर्डभित्रै छ’
नेपालसँग रहेको विदेशी मुद्रा सञ्चिति एउटा ‘स्ट्यान्डर्ड’भित्रै छ । सञ्चितिले ‘बोर्डर लाइन’ पार ग-यो भन्नु सही कुरा होइन । अहिले पनि हामीसँग रहेको सञ्चितिले सात महिनाको आयात धान्न पुग्छ । तीन महिनाको पनि आयात धान्न नसक्ने अवस्था नेपालको होइन । कोभिडपछि एकैपटक अर्थतन्त्र चलायमान हुँदा विदेशी मुद्रामा केही चाप परेको मात्र हो ।
अर्थ मन्त्रालयले त्यसलाई पनि सामान्य बनाउन विदेशी वस्तुको आयातमा नियन्त्रण, इन्धन प्रयोगमा कटौतीजस्ता उपकरण प्रयोग गरिरहेको छ । अर्कातिर नेपाल आउने पर्यटक बढिरहेका छन्, विप्रेषण पनि पछिल्लो समय केही बढेको छ । यी सबै कारणले विदेशी मुद्राको सञ्चिति बढ्न सहयोग पुग्छ । तीन/चार महिनापछि यसको सकारात्मक प्रभाव देखिनेछ । गोरखापत्र दैनिकमा विश्वास रेग्मीले खबर लेखेका छन् ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...