×

NIC ASIA

मतदान स्थलको निगरानी एकै ठाउँबाट

बैशाख ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

झापामा   स्थानीय   तह   निर्वाचनका   लागि   आवश्यक  तयारी  तीव्र  रूपमा  भइरहेको  र  मतदान  स्थलमा  आवश्यक  न्यूनतम  सुविधाको  व्यवस्थापन  गर्ने काम भएको बताइएको छ ।

Muktinath Bank

झापाको दमकमा संवाद समूह र पत्रकार महासङ्घ झापाले आयोजना गरेको छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी  छविराज  रिजालले  स्वतन्त्रतापूर्वक  मतदाताले  मतदान स्थलमा गएर आफ्नो मत दिनका लागि आवश्यक सबै प्रकारका सुरक्षा व्यवस्थापन मिलाइने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“भयरहित रूपमा निर्वाचन सम्पन्न गराउन हामी लागिपरेका छौँ, यसमा सबैको सहयोग अपरिहार्य छ,” उनले भने । सो अवसरमा जानकारी गराइएअनुसार जिल्लाका  दुई  सय  ८६  मतदान  स्थलमध्ये  ५१  वटा  अतिसंवेदनशील,  एक  सय  ५३  वटा  संवेदनशील  र  ८२  वटा  सामान्य  भनेर  वर्गीकरण  गरिसकिएको  छ  ।  


Advertisment
Nabil box
Kumari

निर्वाचनको समयमा सबै सुरक्षा अङ्गसहित करिब तीन हजार म्यादी प्रहरी परिचालित हुने जनाइएको छ ।

Vianet communication

जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले दिनुभएको जानकारीअनुसार जिल्लामा छ लाख ४६ हजार २३४ जना मतदाता छन् ।

जिल्लामा महिला मतदाताको सङ्ख्या धेरै छ । तीन लाख २४ हजार ७०५ महिला र तीन लाख २१ हजार ५२० जना पुरुष मतदाता छन् । अन्यमा नौ जना मतदाता रहेका छन् ।

मतदान स्थलमा खानेपानी र शौचालयको प्रबन्ध मिलाइसकिएको पनि नेपालले जानकारी दिए । ज्येष्ठ नागरिकका लागि विश्राम स्थलको कहीँकहीँ व्यवस्थापन गर्न भने बाँकी रहेको उनको भनाइ थियो ।

यसैबीच, जिल्लाका १५ वटा स्थानीय तह सबैको एकै  ठाउँमा  बसेर  मतगणना  स्थलको  अवस्था  बुझ्न  सकिने गरी सीसीटीभी जडान भएको छ ।

सबै स्थानीय तहमा  के  भइरहेको  छ  भन्ने  सम्बन्धित  सरोकारवाला  निकायका प्रमुख तथा प्रतिनिधिले हेर्न सकिने व्यवस्थापन जिल्लामा मिलाइएको हो ।

संवाद समूह र पत्रकार महासङ्घले सञ्चारकर्मीसँग आइतबार बिर्तामोड र सोमबार दमकमा गरेर दुुई दिन अन्तक्र्रिया एवं छलफलको आयोजना गरिएको पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीले बताए ।  गोरखापत्र दैनिकमा विष्णुप्रसाद पोखरेलले खबर लेखेकी छन् ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x