×

NMB BANK
NIC ASIA

सुन्दरीजलमा आइपुग्यो मेलम्चीको पानी

बैशाख ७, २०७९

NTC
Premier Steels

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्चीको खानेपानी सुरुङमार्फत सुन्दरीजलमा आइपुगेको छ ।

Muktinath Bank

गत २९ चैत २०७८ मा मेलम्ची खानेपानी आयोजनाको मुहानबाट सुरुङमा हालिएको पानी सोमबार राति पौने १० बजे सुन्दरीजल आइपुगेको हो । च्यानलमा पानी देखिएसँगै मेलम्चीको पानी सुन्दरीजल आइपुगेको पुष्टि भएको आयोजनाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलम्चीको पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा हाल्न सुरुङभित्र पानीले उचाइ लिनुपर्नेछ । त्यसका लागि दुई÷तीन दिन लाग्ने आयोजनाले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

गत वर्ष १ असारमा पानी बन्द गरिएको सुरुङको फोहोर पखालेर पानी अहिले बाग्मतीमा छोडिएको छ । गत वर्ष सुरुङमा पानी बन्द गरेकै राति मेलम्ची खोलाको मुहान क्षेत्रमा लेदोसहितको बाढी आएर मुहान क्षेत्रमा निर्माण गरिएको खानेपानीका संरचनामा क्षति पुगेको थियो ।

Vianet communication

क्षति भएको संरचनाको पुनर्निर्माण गरी गत चैतमा सुरुङमा पानी हालिएको हो । अहिले अस्थायी रूपमा संरचना निर्माण गरेर मेलम्चीको पानी सुरुङमा हालिएको हो । केही समय काठमाडौंमा पानी वितरण गरेपछि वर्षा लागेसँगै फेरि पानी बन्द गरिने भएको छ । वर्षा कम भएपछि फेरि पानी ल्याउने सरकारको तयारी छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले खोलामा धमिलो पानी आउन थालेपछि सुरुङमा पानी पठाउन बन्द गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

स्थायी रूपमा संरचना निर्माणका लागि भने अहिले नेपाल सरकारका विभिन्न निकायका साथै दातृ निकायले पनि अध्ययन गरिरहेका छन् ।

गत वर्षको १७ चैतदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी औपचारिक रूपमा वितरण गरिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखदेखि १७ करोड लिटर पानी काठमाडौंमा वितरण गरिएको थियो । १७ चैतदेखि जेठ मसान्तसम्म उपत्यकाबासीले मेलम्चीको पानी पिउन पाएका थिए ।

तर, १ असारदेखि परीक्षणका लागि भन्दै मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन राति मेलम्ची नदीमा विशाल बाढी आएको थियो । बाढीसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । मेलम्चीको माथिल्लो भागदेखि आएको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनको मुख्य स्थल हेडवक्र्समा क्षति पुग्नुका साथै बालुवा, ढुंगा, लेदो माटोयुक्त ग्रेथ्यानले आयोजना स्थल पुरेको थियो ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आगामी ११ वैशाखदेखि काठमाडौं उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन् ।

मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेपछि मंगलबार प्रशोधन केन्द्रमै गएर मन्त्री चौधरीले मेलम्ची आयोजनासहित सरोकारवाला निकायका अधिकारीलाई समयमै पानी उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

कतिपयले वैशाखमा काठमाडौंमा पानी नआउने भनेको बताउँदै उनले सरकारले निक्कै ठूलो मेहनत गरेर ल्याउन सफल भएको पनि उल्लेख गरे ।

‘गत वर्ष असार १ गतेको बाढीले मेलम्चीको मुहानमा ठूलाठूला ढुंगा आएका थिए, नेपाली सेनाको समेत सहयोग लिएर अवरोध पन्छाई चैतमै पानी काठमाडौंतर्फ पथान्तरण गरियो, घरघरमा धारामा पानी झरेपछि मात्र पथान्तरणको अर्थ हुन्छ,’ उनले भने ।

मन्त्री चौधरीले संविधानमा स्वच्छ खानेपानी र सफाइको हक उल्लेख गरिएकाले पनि पानीबाट कसैलाई वञ्चित नगर्न निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यकाका १० वटै पानीपोखरीबाट समानुपातिक रूपमा पानी वितरण गर्न उनको सुझाव छ ।

खानेपानी मन्त्रालयले काठमाडौँ उपत्यकामा हाल ३ लाख ३७ हजार धारा रहेकामा मेलम्चीको पानी वितरणका लागि थप १ लाख ६० हजार धारा निर्माण गरिसकिएको जनाएको छ ।

मेलम्चीको पानी नयाँ र पुरानो दुवै धाराबाट वितरण गरिने मन्त्रालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर  छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x