×

NIC ASIA

कलाले भरिएको ललितपुर महानगरपालिका १६ वडाबारे दुई पुस्तक सार्वजनिक

बैशाख ७, २०७९

Prabhu Bank
NTC
Premier Steels

ललितपुर महानगरपालिका १६ वडाको प्रोफाइल तथा वडा १६ चिनारी पुस्तक सार्वजनिक भएको छ । वडा १६ का सल्लाहकार डा. गम्भीरलाल राजभण्डारीले एक समारोहकाबीच उक्त दुई प्रकाशन सार्वजनिक गरेका हुन् ।

Muktinath Bank

२ वर्षभन्दा बढी समय लगाएर वडाका प्रत्येक घरधुरी पुगी तयार पारिएको वडाको प्रोफाइल सगुन धाख्वाको संयोजकत्वमा तयार पारिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विनय धाख्वा, साक्षी राजभण्डारी तथा २० जना तथ्याङ्क संकलनहरूको सहभागितामा तयार पारिएको प्रोफाइलका बारे बोल्दै संयोजक धाख्वाले कोभिड १९ को महामारी लगायत अनेकौं बाधा ब्यवधानकाबीच प्रोफाइल तयार गर्न सकेकोमा खुशी ब्यक्त गरे ।


Advertisment
Nabil box
Kumari

मन्तब्यकै क्रममा उनले वडाका वासिन्दा, घरधुरी, सम्पदा लगायतका महत्वपूर्ण तथ्याङ्कीय स्थितिबारे पनि प्रकाश पारे ।

Vianet communication

३५ विश्व कला नगरीको रुपमा उल्लेख भएको ललितपुर महानगर तथा यस महानगरभित्रको सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण १६ वडाको चिनारी पुस्तक भने रविन्द्र शाक्यको संयोजकत्वमा तयार पारिएको हो । सुनील महर्जनको सम्पादनमा प्रकाशित २०० पृष्ठको चिनारी पुस्तकमा अमृत बज्राचार्य, विजयज्योति र विकास खड्गेको फोटो रहेको छ भने क्यू–ग्राफिक्सका भूषण कपालीको डिजाइन रहेको छ ।

पुस्तकमा वडाका जनप्रतिनिधिहरूको परिचय, वडा परिचय, सम्पदा, पाटीपौवा, पर्यटकीय क्षेत्र, अमूर्त सम्पदा, बहाःबही परिचय, पानीको श्रोत, वडा विवरण, वडा गतिविधि तथा कोषहरूबारे उल्लेख गरिएको छ ।

पुस्तक लोकर्पण कार्यक्रममा धन्यवाद ज्ञापन गर्नुहुँदै वडा अध्यक्ष निर्मलरत्न शाक्यले वडाको प्रगतिकै लागि दिनरात नभनी खट्ने सम्पूर्णप्रति कृतज्ञता ज्ञापन गर्दै वडा प्रोफाइल एवं चिनारी तयार गर्न योगदान गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरे । कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले वडा एतिहासिक, सांस्कृतिक पहिचानमा वडाका जनप्रतिनिधि तथा वडाका वासिन्दाहरूको समर्पणले नमूना वडाको रुपमा स्थापित गरेको उल्लेख गरे । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x