×

NMB BANK
NIC ASIA

रचना रिमालको 'स्टेज' अनुभव

रचनासँग ‘स्टेज संवाद’: ‘फोटो खिच्नै भनेर आएकालाई यत्तिकै फर्काउनु पर्दा नरमाइलो लाग्छ’

बैशाख ७, २०७९

NTC
Premier Steels

कोरोना महामारीका कारण लामोसमय मेला महोत्सव प्रभावित भए । कोरोना महामारी मत्थर भएसँगै मेला महोत्सवले फेरि गति लिएका छन् ।

Muktinath Bank

सामान्य अवस्थामा खासै मेला–महोत्सव नहुने चैत, वैशाखमा पनि यसवर्ष थुप्रै जिल्लामा मेला महोत्सव सञ्चालन गरिए । र, त्यस्ता मेला–महोत्सवमा सर्वाधिक व्यस्त हुने मध्येमा रहिन्, पछिल्लो पुस्ताकी लोकप्रिय गायिका रचना रिमाल ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘महोत्सवबाट आजदेखि बल्ल अलि फुर्सद पाएँ’ रचनाले मंगलवार साँझ लोकान्तरसँग भनिन्, ‘अब भने रेकर्डिङतिर अलि व्यस्त हुनु’छ ।’


Advertisment
Nabil box
Kumari

प्रस्तुत छ, रचनासँग स्टेजकेन्द्रित भएर गरिएको कुराकानीको सम्पादित अंशः​

Vianet communication

स्टेज कार्यक्रमबाट बल्ल फुर्सद मिल्यो है ? 

पछिल्लो समय लगातार नै कार्यक्रम गरिरहेकी थिएँ । बीचमा कार्यक्रमको शिलशिलामा इजरायल गएर फर्किएँ । फर्किएपछि पनि नियमित कार्यक्रममा थिएँ ।

आज (मंगलबार)देखि बल्ल अलि फुर्सद मिल्यो । अहिले फेरि रेकर्डिङतिर व्यस्त भएकी छु । 

कस्तो रह्यो इजरायलको कार्यक्रम ?

एकदमै राम्रो, रमाइलो भयो । 

अहिलेसम्म कति देश पुग्नुभयो ?

दुबई र इजरायल हो । अन्य देशहरूमा पनि कुरा भइरहेको छ । अलि पछि जान्छु । 

चैत–वैशाखमा यसरी मेला महोत्सव तथा स्टेज कार्यक्रम होला भन्ने सोच्नुभएको थियो ? चैत–वैशाख त मेला महोत्सवका लागि अलिकति अफसिजन मानिन्छ नि !

पहिले तय भएका थुप्रै महोत्सवहरू कोरोनाका कारण रोकिएको थियो, त्यसैले कोरोना मत्थर भएपछि  कार्यक्रमहरू राम्रै संख्यामा हुन्छ भन्नेचाहिँ लागेको थियो । तर, मैले यति धेरै महोत्सवहरू पाउँछु भन्ने सोचेको चाहिँ थिइनँ ।

कति महोत्सवमा त नभ्याएर पनि जान पाइनँ । भ्याएसम्म एकैदिन दुईवटा महोत्सवमा समेत पुगेर गाएँ । जे होस्, मलाई यति धेरै कार्यक्रम आउँछन् भन्नेचाहिँ लागेको थिएन । 

कार्यक्रमको शेड्यूल अझै छन् कि अब लगभग सकियो ?

अझै केही कार्यक्रमहरू तय भएका छन् । तर, अगाडिको जस्तो नियमित रूपमा भने छैन । 

महोत्सव (सांगीतिक कार्यक्रम)मा गएर गीत गाउँदाको अनुभव कस्तो हुन्छ ? कत्तिको रमाइलो लाग्छ ?

नभेटेको स्रोता/दर्शकहरूसँग प्रत्यक्ष भेट्न पाइन्छ । आफूलाई, आफ्ना गीतहरूलाई माया गर्ने स्रोता दर्शकहरूलाई प्रत्यक्ष भेट्न पाउँदा निकै आनन्द लाग्छ । एकदमै रमाइलो हुन्छ ।

धेरैले एकदमै राम्रो रेस्पोन्स गर्नुहुन्छ, त्यो कुराले पनि छुट्टै खुशी मिल्छ । 

स्टेजमा चढेपछि सुरुआतमा कुन गीत गाउनुहुन्छ ? 

फोटो फिरिममा । 

कतिवटा गीत गाउनुहुन्छ ?

प्रायः १०–१२ वटा गाउँछु । 

नछुट्ने गीतहरू कुन–कुन हुन् ?

‘उनको प्रीति’ भयो । मिनरल वाटर, सम्झिनी पानी छम्किनी, चाहान्छु माया बढेस्, भन साइँला, तिमी त पोखरेली, सुन न पियारी आदि गीत गाउँछु । अलि नसुनेका गीतहरू पनि गाउँछु ।

दर्शकले सबैभन्दा बढी रमाइलो कुन गीत गाउँदा मान्नुहुन्छ ? वा बढी हूटिङ कुन गीतमा आउँछ ?

उहाँहरूले सुनेका गीत गाउँदा सबैमा हूटिङ आउँछ । प्रायः सबै गीत गाउँदा रमाइलो मान्नुहुन्छ । उहाँहरूले त्यति नसुनेको गीतमा पनि रमाइलो गरिरहनुभएको हुन्छ । 

स्टेजमा प्रायः कति समय गाउनुहुन्छ ?

प्रायः १ घण्टाभन्दा बढी नै गाउँछु । 

स्टेज कार्यक्रमको शिलशिलामा धेरै ठाउँमा जानुभयो । नेपालभित्र सबैभन्दा यादगार कार्यक्रम कहाँको रह्यो ? 

बुटवलमा एकदमै रमाइलो भएको थियो । दर्शकहरू पनि एकदमै धेरै आउनुभएको थियो । झापामा पनि धेरै रमाइलो भएको थियो । मानिसहरू धेरै भएको स्थानमा प्रायः रमाइलो नै हुन्छ । 

आयोजकहरू के भन्नुहुन्छ तपाईंको प्रस्तुतिलाई लिएर ?

कार्यक्रम सकाएपछि सबैले राम्रो भन्नुहुन्छ । फेरिफेरि पनि आउनुपर्छ भन्नुहुन्छ । प्रायःले राम्रो नै मान्नुहुन्छ । 

तपाईंलाई अनि तपाईंको प्रस्तुतिलाई रुचाउने स्रोता दर्शकहरू एकदमै धेरै हुनुहुन्छ । मेला महोत्सवमा जाँदा दर्शकहरूका कारण कत्तिको दुःख हुन्छ ?

उहाँहरूका कारण दुःख हुने भन्ने हुँदैन । मलाई दुःख लाग्दैन । कहिलेकाहीँ आफैंलाई गाह्रो भएको छ वा बिसन्चो भएको अवस्था छ भने दुःखभन्दा पनि गाह्रो लाग्छ ।

कहिलेकाहीँ एकजनाले नै धेरैवटा फोटो खिच्नुहुन्छ । धेरैवटा भिडियो बनाउनुहुन्छ । त्यस्तो अवस्थामा अरू फोटो खिच्न कुरेर बसिरहनुभएको हुन्छ । त्यस्तो अवस्थामा गाह्रो भैरहेको हुन्छ । 

मलाई सकेसम्म सबै दर्शकहरूसँग घुलमिल हुन मन लाग्छ । फोटो खिच्न आउनेहरूसँग भ्याएसम्म खिच्ने पनि गर्छु । 

मेला महोत्सवमा फोटो खिच्न भनेरै टाढाटाढाबाट समेत आउनुभएको हुन्छ । कार्यक्रममा अलि भीड भयो भने उहाँहरूले फोटो खिच्न पाउनुहुन्न ।

उहाँहरू फोटो खिच्न नपाइ फर्किएको देख्दा नरमाइलो लाग्छ । 

नेपालभित्र कार्यक्रमका लागि जान मन लागेको तर माहोल नमिलेको कहाँ छ ?

मलाई आफू जन्मिएको ठाउँ तेह्रथुम जान बढी मन छ । त्यहाँ कार्यक्रमको शिलशिलामा जाने मन एकदमै छ । अहिलेसम्म मिलिरहेको छैन । नेपालभित्र कार्यक्रमको शिलशिलामा थुप्रै जिल्लाहरूमा पुगिसकेँ । अब अलिकति विकट जिल्लाहरूसँगै नगएको सबै जिल्लामा जान मन छ । 

पहिलोपटक कति वर्षको उमेरमा स्टेजमा चढेर गीत गाउनुभएको थियो ?

कक्षा ४ मा पढ्दा हो, त्यस्तै १० वर्षकी थिएँ कि ! त्यो बेला स्कूलको कार्यक्रममा स्टेजमा गीत गाएकी थिएँ । 

अहिले मेला महोत्सवबाट केही फुर्सद मिलेपछि फेरि रेकर्डिङतिर भ्याइनभ्याइ होला है ?

अगाडिदेखि नै धेरै जनाले रेकर्डिङका लागि कुरिरहनुभएको थियो । कतिजनालाई त म इजरायलबाट फर्किएको पनि थाहा रैन‘छ । त्यसैले अहिले गाउनुपर्ने गीतहरू २० भन्दा बढी छन् । धेरै दिन मेलामा हिँडेको भएर अहिले धेरै गाउन पनि समस्या भएको छ । त्यसैले दिनमा २ वटा गीत गाइरहेकी छु । आज (मंगलवार) पनि दुईवटा गीत गाएँ । 

तपाईंले गीत गाउँदा अफर आएका जति सबै गाउनुहुन्छ कि केही छनोट पनि गर्नुहुन्छ ?

शब्दहरू अलिकति अप्ठयारो लाग्यो भने गाउँदिन । अप्ठ्यारो शब्दहरू परिवर्तन गर्न मिल्ने भए परिवर्तन गर्न लगाएर गाउँछु । तर, धेरै छनोट चाहिँ गर्दिनँ । अफर आएका प्रायः सबैजसो नै गाउँछु, किनकी कति धेरैले मसँग गाउने रहर पनि गर्नुभएको हुन्छ । उहाँहरूलाई मलाई गीत मन परेन भन्न अप्ठ्यारो लाग्छ । मलाई फेरि अफर आएका प्रायः गीतहरू राम्रो नै लागिरहेको हुन्छ । कहिलेकाहीँ शब्द चित्त नबुझेमा नगाउने मात्र हो । 

अब कस्ता–कस्ता गीत आउँदैछन् ?

आउने गीतहरू त धेरै नै छन् । तर, कुन गीत कस्तो हुन्छ, सोच्नै सकिँदैन । प्रायः दिनदिनै नयाँ गीतहरू आइरहेको हुन्छ । कतिपय गीतहरू त आएको पनि थाहा हुँदैन । कतिले मलाई नभनी यत्तिकै पनि रिलिज गर्नुहुन्छ । युट्युबमा हेर्दा देखेपछि बल्ल ‘ए गीत आएछ’ भन्ने हुन्छ । अनि बल्ल शेयर गर्छु ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x