×

NMB BANK
NIC ASIA

चक्रपथ दोस्रो खण्ड विस्तार अगाडि बढ्दै

बैशाख ८, २०७९

NTC
Premier Steels

चिनियाँ सरकारले निःशुल्क अनुदानमा निर्माण गरिदिने घोषणा गरेको चक्रपथ सडकअन्तर्गत दोस्रो खण्डको विस्तारका लागि स्वयम्भूमा रहेका २ वटा बिजुलीका टावर हटाइएको छ ।

Muktinath Bank

चक्रपथ विस्तार गर्न साइट क्लियरिङअन्तर्गत स्वयम्भू र सानो भर्‍याङमा रहेका २ वटा ६६ केभीका टावर नेपाल विद्युत् प्राधिकरणले हटाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले टावरका लागि आवश्यक उपकरण दोस्रो मुलुकबाट आयात गरी हटाउने काम गरेसँगै अब दोस्रो खण्डको चक्रपथ विस्तारका लागि साइट क्लियरिङको काम सम्पन्न भएको छ ।


Advertisment
Nabil box
Kumari

गत पुस पहिलो हप्ता चिनियाँ प्राविधिक टोलीले स्थलगत भ्रमणका क्रममा सो टावर नहटाएकोप्रति प्रश्न उब्जाएका थिए । नेपाली पक्षले टावर हटाउने क्रममा रहेको भन्दै चिनियाँ पक्षलाई आश्वस्त पारेको थियो ।

Vianet communication

चक्रपथ विस्तारअन्तर्गत दोस्रो सडकखण्डमा नेपालले पहिला साइट क्लिअर अर्थात् रूख, पोल र ढल हटाउनुपर्ने सम्झौतामा उल्लेख छ । त्यसपछि मात्र चिनियाँ पक्षले सडक विस्तार गर्ने सम्झौतामा उल्लेख छ । जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ । थप ६–६ मिटरमा नेपालले सर्भिस ट्रयाक बनाउनुपर्ने हुन्छ ।

दोस्रो खण्डअन्तर्गत कलंकीदेखि चक्रपथसम्म विस्तार गर्ने लक्ष्य राखेकोमा बिजुलीका टावर हटाएसँगै स्वयम्भूमा मन्दिर रहेको स्थानबाहेक सबै ठाउँमा साइट क्लियरिङको काम सम्पन्न भएको छ । आयोजना प्रमुख मेघराज मरासिनीले स्वयम्भूमा पुरातात्विक सम्पदाले केही समस्या देखिए पनि सम्पदाको हकमा ‘कन्सिडरेसन’ हुने देखिएको बताएका छन् ।

काठमाडौंको चक्रपथअन्तर्गत दोस्रो सडकखण्ड कलंकी–महाराजगञ्जको विस्तारका लागि गत पुस पहिलो हप्ता चिनियाँ प्राविधिक टोलीले स्थलगत निरीक्षण नै गरेको थियो । स्थलगत निरीक्षणको क्रममा शतप्रतिशत साइट ‘क्लीअर’ नभएपछि चिनियाँ पक्षले सडक विस्तारको काम शुरू गर्न आनाकानी गर्दै आएको थियो ।

४ सदस्यीय चिनियाँ प्राविधिक टोलीले विस्तार गरिने कलंकीदेखि महाराजगञ्जसम्मको करीब ८.५ किलोमिटर सडकको स्थलगत अध्ययन गरेर साइट क्लीअर भएको प्रतिवेदन चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीलाई दिएसँगै कम्पनीले काम थाल्ने जनाइएको थियो तर चिनियाँ प्राविधिक टोली निरीक्षणपछि विस्तार गरिने सडकको साइट क्लीअर नभएको रिपोर्ट बोकेर फर्कन बाध्य भएको थियो ।

सम्झौताअनुसार नेपाल पक्षले साइट क्लीअर गरेर विस्तारका लागि चिनियाँ पक्षलाई जिम्मा दिनुपर्नेमा नेपाल पक्षले शतप्रतिशत साइट क्लीअर गर्न नसक्दा चक्रपथ विस्तारको काम नै शुरू हुन सकेको थिएन । अब साइट क्लिअरको काम सम्पन्न भएकाले चिनियाँ पक्ष आएसँगै काम अघि बढ्ने भएको छ । 
तर वर्षा शुरू हुन लागेकाले वर्षाअघि नै आयोजनाको काम शुरू हुने सम्भावना कमजोर बन्न थालेको छ । आयोजना प्रमुख मरासिनी पनि अब वर्षापछि नै आयोजनाको काम शुरू हुने सम्भावना बढी रहेको बताउँछन् ।

चक्रपथ विस्तारअन्तर्गत महाराजगञ्जमा २४० मिटर खण्डको क्षेत्रको मुआब्जा विवाद टुंगिन सकेको छैन । सडक विभागका प्रमुख शिवहरि सापकोटाले विवाद टुंगिन बाँकी रहेको बताए । आयोजना प्रमुख मरासिनीले दोस्रो खण्डअन्तर्गत पहिले धोवीखोलासम्म करीब साढे ११ किमी सडक विस्तार गर्ने भनिए पनि अहिले ८.५ किलोमिटर सडक विस्तार गर्ने भएपछि सो क्षेत्र तेस्रो चरणमा पर्ने देखिएकाले अहिले सडक विस्तार गर्न समस्या नरहने बताउँछन् ।

नेपाल सरकारले २०७६ पुस १८ गते नै उक्त खण्डको सडक सीमा ३१–३१ मिटर कायम गर्न आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि स्वीकृति दिइसकेको छ तर अझै हल हुन सकेको छैन । सरकार पनि विवादित विषय हल गर्नेमा गम्भीर नबनेको पाइएको छ । राजधानीमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x