×

NMB BANK
NIC ASIA

अब पुराना प्रश्नपत्र अभ्यास गरेर ८, १० र १२ कक्षा उत्तीर्ण हुन कठिन हुने

बैशाख ८, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा ८, १० र १२ कक्षाको परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन ।

Muktinath Bank

पालिकाले सञ्चालन गर्ने ८ कक्षा, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने १२ कक्षाको परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार निकै फस्टाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय परीक्षा बोर्डले ८, १० र १२ कक्षाका लागि स्तरीकृत प्रश्नपत्र तयार गरेर प्रश्न बैंक निर्माण गर्दैछ । बोर्डले बुधवार आयोजना गरेको कार्यशालामा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षा प्रणालीमा सुधार गर्नु जरुरी भएको बताउँदै भने, ‘स्तरीकृत प्रश्नपत्रको बैंकमा सयौं नमूना प्रश्नपत्र समावेश हुनेछ । पालिका वा प्रदेशको पहुँच प्रश्न बैंकमा पुर्‍याइनेछ । उनीहरूले त्यहीँबाट इच्छाअनुसार प्रश्नपत्र तयार गर्न सक्नेछन् ।’


Advertisment
Nabil box
Kumari

उनले कम्तीमा ५ वर्षसम्म प्रश्न दोहोरिन नदिने बताए । यसबाट पुराना प्रश्नपत्रको सँगालो विस्थापित हुने दाबी गरिएको छ ।

Vianet communication

बोर्डले शैक्षिक सत्र २०७९ बाट एसईई र १२ कक्षामा तथा आगामी शैक्षिक सत्र २०८० बाट ८ कक्षामा स्तरीकृत प्रश्नपत्र लागू गर्ने भएको छ । स्तरीकृत प्रश्नपत्रका कारण पालिका र प्रदेशको प्रश्नपत्र समानस्तरको हुनेछ ।

‘एउटा प्रदेशको प्रश्नपत्र सजिलो र अर्काे प्रदेशको प्रश्नपत्र कठिन हुने अवस्थालाई स्तरीकृत प्रश्नपत्रले अन्त्य गर्नेछ,’ बोर्डका सदस्यसचिव दुर्गा अर्यालले थपे, ‘प्रश्न सोधाइमा समान स्तर कायम हुनसके पठनपाठनमा सुधार हुनेछ ।’

बोर्डले शुरूमा अंग्रेजी, विज्ञान र गणित विषयमा स्तरीकृत प्रश्नपत्र तयार गर्नेछ । आगामी वर्षबाट क्रमशः अन्य विषयमा पनि यस्तो प्रश्नपत्र तयार गरिनेछ । बोर्डले तीनवटै विषयका ३० सेट प्रश्नपत्र तयार गरेको थियो र तिनैबाट १० सेट तयार गरेको छ । त्यसलाई विद्यार्थीमाझ लगेर परीक्षणसमेत गरिसकिएको छ ।

हाल शिक्षकले बढीमा २ घण्टामै प्रश्नपत्र तयार गर्ने गरेका छन् । यसरी प्रश्नपत्र तयार गर्दा हरेक वर्षका प्रश्न दोहोरिने गरेका छन् । ललितपुरको लिटिल एन्जेल्स स्कूलका प्रिन्सिपल मुकुन्दराज शर्माले प्रश्नपत्र तयार गर्न शिक्षकले जाँगर नचलाउने गरेको बताउँदै भने, ‘२ घण्टामै प्रश्नपत्र तयार गर्ने प्रवृत्ति छ । प्रश्नपत्र तयारीमा निकै समस्या देखिएको छ । त्यसैले विद्यार्थी अघिल्ला वर्षका प्रश्नपत्रको सँगालो अभ्यास गरेकै भरमा परीक्षामा उत्तीर्ण हुने गरेका छन् ।’

उनको भनाइसँग शिक्षाविद् प्रा.डा. गणेश सिंहले सहमति जनाउँदै भने, ‘एउटा प्रदेशको प्रश्नको स्तर अर्काे प्रदेशको भन्दा कम हुनु हुँदैन । समान स्तरको प्रश्नपत्र बनाउन स्तरीकृत गर्नैपर्छ ।’

शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले व्याख्यात्मक प्रश्न बनाउनुपर्छ भन्दै शिक्षकलाई प्रश्नपत्र तयार गर्न स्तरीकृत नमूना प्रश्नपत्र उपलब्ध गराउनैपर्ने सुझाव दिए । गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x