×

NMB BANK
NIC ASIA

बैंकहरूको आधारदर दोहोरो अंकनजिक

बैशाख ९, २०७९

NTC
Premier Steels

बैंकहरूको आधारदर दोहोरो अंकनजिक पुगेको छ ।

Muktinath Bank

तरलता अभावसँगै बैंकहरूले निक्षेपको ब्याजदर बढाएपछि उनीहरूको निक्षेपको लागत वृद्धि भई आधारदर बढेको हो । आधारदर वृद्धि हुँदा कर्जाको ब्याजदर पनि महँगो हुन्छ । बैंकहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकहरूले प्रकाशित गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरणअनुसार चालू आर्थिक वर्ष (आव) २०७८/७९ को चैतमा वाणिज्य बैंकहरूको औसत आधारदर ९ दशमलव १० प्रतिशत पुगेको छ । गत आवको यसै अवधिमा बैंकहरूको औसत आधारदर ६ दशमलव ९१ प्रतिशत थियो । यसैगरी, चालू आवकै पुस मसान्तमा बैंकहरूको आधारदर ८ दशमलव ४० प्रतिशत थियो ।


Advertisment
Nabil box
Kumari

२७ वाणिज्य बैंकमध्ये सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंकको ७ दशमलव ३१ प्रतिशत र सबैभन्दा बढी सनराइज बैंकको १० दशमलव ११ प्रतिशत छ । सनराइज र मेगा बैंकको आधारदर दोहोरो अंकमा छ ।

Vianet communication

बैंकहरूको निक्षेपको लागत वृद्धि हुँदा आधारदर पनि बढेको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । ‘तरलता अभावका कारण बैंकहरूको निक्षेपमा लागत बढिरहेको छ,’ उनले भने, ‘यसको असर आधारदरमा परेको हो ।’

बजारमा तरलता अभावसँगै बैंकहरूले ब्याजदर वृद्धि गरेर निक्षेप आकर्षित गर्ने नीति लिएका थिए । बैंकहरूबीच ब्याजदरमा भएको प्रतिस्पर्धाले निक्षेपको ब्याजदर १२ प्रतिशत नाघेपछि राष्ट्र बैंकले नियन्त्रण गर्न निर्देशन दिएको थियो ।

केन्द्रीय बैंकबाट गत कात्तिकमा जारी निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले एकपटकमा १० प्रतिशतभन्दा बढीले ब्याजदर तलमाथि गर्न पाउँदैनन् । त्यसैगरी, नेपाल बैंकर्स संघले भद्र सहमति गर्दै ब्याजदर स्थिर राख्ने प्रयास गरिरहेको छ ।

राष्ट्र बैंकले आव २०६९/७० को मौद्रिक नीतिमा घोषणा गरी आधारदरको प्रावधान लागू गरेको हो । राष्ट्र बैंकले २०६९ सालबाट वाणिज्य बैंकमा र २०७० बाट विकास बैंक तथा फाइनान्स कम्पनीमा यो प्रावधान लागू गरेको हो ।

राष्ट्र बैंकले जारी गरेको आधारदर निर्धारणसम्बन्धी कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लागतमा शून्य दशमलव ७५ प्रतिशत प्रतिफलसमेत जोडेर आधारदर तय गर्न पाउँछन् । बैंकहरूले मासिक रूपमा आधारदर गणना गरी महीना मरेको ७ दिनभित्र राष्ट्र बैंकमा पेश गर्नुपर्ने र वेबसाइटमा प्रकाशित गर्नुपर्ने व्यवस्था छ ।

बैंकहरूले कर्जाको ब्याजदर प्रकाशित गर्दा पनि आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गर्ने व्यवस्था कार्यान्वयन गर्छन् । यही व्यवस्थाअनुसार प्रत्येक त्रैमासिकमा बैंकको आधारदर घट्दा कर्जाको ब्याजदर स्वतः घट्ने र बढ्दा स्वतः बढ्ने गरेको छ । आर्थिक अभियान दैनिकमा यादव हुमागाईंले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x