×

NMB BANK
NIC ASIA

खुल्यो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल

बैशाख ९, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

 नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । निर्माणका क्रममा निकै आरोह अवरोह बेहोरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्गबाट बिहीबार उडान सुरु भएसँगै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक सञ्चालनमा आएको हो ।

Muktinath Bank

यससँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहेक पनि अन्तर्राष्ट्रिय उडानका लागि देशमै पहिलो पटक अर्को नाका खुला भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि अर्को नयाँ विमानस्थल सञ्चालनमा आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ धावनमार्ग औपचारिक रूपमा सञ्चालनमा आउनु ७४ वर्षको नागरिक उड्डयन क्षेत्रमा महìवपूर्ण कोसेढुङ्गा भएको बताउनुभयो । बिहीबार बिहान ७ः४५ मा यति एयरलाइन्सको जहाजले नयाँ धावनमार्गमा पहिलो उडानको सौभाग्य पाएको थियो ।


Advertisment
Nabil box
Kumari

आन्तरिक विमानस्थलका रूपमा ६४ वर्षअघि सञ्चालनमा आएको भैरहवा विमानस्थल अब अन्तर्राष्ट्रिय बनेर सञ्चालनमा आएको हो । यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने आगामी जेठ २ गते बुद्ध पूर्णिमाका दिन गरिने महानिर्देशक अधिकारीले बताए । अब विदेशी एयरलाइन्सको जहाजले काठमाडौँ विमानस्थल बन्द भएको अवस्था वा अन्य कुनै आपत्कालीन अवस्थामा भैरहवा विमानस्थलमा जहाज अवतरण गर्न सक्नेछन् । 

Vianet communication

विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले नयाँ धावनमार्गबाट सबै उडान सञ्चालन हुने जानकारी दिए । यो विमानस्थलमा जेठ २ गतेदेखि साताको तीन अन्तर्राष्ट्रिय उडान गर्ने गरी जजिरा एयरले सम्पूर्ण तयारी गरिसकेको छ । गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडान गर्न ११ भन्दा बढी मुलुकका कम्पनीले चासो देखाएका छन् । अहिलेसम्म नेपाल वायुसेवा निगम, जजिरा, श्रीलङ्कन एयरवेज, ओमानको सलाम एयरवेज, थाइ स्माइल, कतार एयरवेज, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर विज, ओमान एयरले यहाँबाट अन्तर्राष्ट्रिय उडानका लागि इच्छा देखाएका हुन् ।

अन्तर्राष्ट्रिय उडानको उद्देश्यसहित यो विमानस्थलमा तीन किलोमिटर लामो धावनमार्ग निर्माण गरिएको  छ । यसको प्रयोगको सुरुवातसँगै यसअघि आन्तरिक उडानका लागि प्रयोग भइरहेको डेढ किलोमिटर लामो धावनमार्ग भने अब बन्द गरिने विमानस्थल कार्यालयले जनाएको छ । उक्त धावनमार्गलाई भविष्यमा अन्तर्राष्ट्रिय उडानको ट्याक्सी वेका रूपमा प्रयोग गर्ने योजना विमानस्थल कार्यालयको छ । सञ्चालनमा आएको जस्तो भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको इतिहास भने त्यति सुखद छैन । निर्माणका लागि सन् २०१३ मा एसियाली विकास बैङ्कसँग (एडीबी)सँग सम्झौता भएर सन् २०१५ को सुरुवातदेखि यसको निर्माण थालिएको थियो । सन् २०१७ को डिसेम्बरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि मुख्य ठेकेदार र स्थानीय ठेकेदारबीच विवाद भएपछि निर्माणमै अन्योल सिर्जना भएको थियो । 

विमानस्थलको मुख्य लगानीकर्ता रहेको एडीबीले आयोजनाबाट बाहिरिनेसम्मको अवस्था बने पनि सरकारी प्रयासपछि पुनः निर्माणले गति लिएको थियो । यसैबीच कोभिड–१९ सङ्क्रमणले खासगरी यान्त्रिक परीक्षण उडानका लागि उपकरण आयात प्रभावित भएपछि लामो समय निर्माण सम्पन्न हुने सकेको थिएन । अन्ततः निर्माण सुरु भएको करिब छ वर्षपछि अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट उडान सुरु भएको हो । एडीबीसहित नेपाल सरकारको पनि लगानी रहेको विमानस्थल निर्माणका लागि हालसम्म ११ अर्ब रुपियाँ खर्च भएको छ । यस विमानस्थलले वार्षिक ७० लाखसम्म यात्रुलाई सेवा दिने क्षमता राख्छ । यो विमानस्थलबाट दैनिक ७२ वटासम्म अन्तर्राष्ट्रिय उडान हुन सक्छन् । जहाँ न्यारोबडी र वाइडबडी दुवै  किसिमका विमानबाट उडान हुनसक्छ । 

दुई चरणमा निर्माण गर्ने योजना बनाइएको यो आयोजनाको अहिलेसम्म पहिलो चरणको निर्माण सम्पन्न भएको हो । दोस्रो चरणको निर्माण सम्पन्न भएपछि वार्षिक दुई करोडसम्म यात्रुलाई सेवा दिन सकिने कार्यालयले जनाएको छ । 

विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको परीक्षणका लागि फागुन ६ गतेदेखि परीक्षण उडान सुरु गरिएको थियो । थाइल्यान्डको एरो थाइले एक हप्तासम्म गरेको परीक्षणले उडानका लागि योग्य रहेको प्रतिवेदन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई बुझाएको थियो । गोरखापत्र दैनिकमा विश्वास रेग्मी र लक्ष्मण पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x