×

NMB BANK
NIC ASIA

खुट्टाले लेखेर एसईई दिने दृढता

बैशाख ९, २०७९

NTC
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels

दक्षिणकाली नगरपालिका चाल्नाखेल–१ निवासी ३५ वर्षीय हरिप्रसाद बुढाथोकीका दुवै हातले काम गर्दैनन् । उनका खुट्टा पनि त्यति सबल छैनन् । सामान्य हिँडडुल गर्न पनि उनलाई कठिन हुन्छ तर उच्च शिक्षा अध्ययन गरेर नोकरी गर्ने उत्कर्ष इच्छा छ । 

Muktinath Bank

त्यसैले दाहिने खुट्टाका सहाराले लेख्न सक्ने बुढाथोकी शुक्रबारदेखि सुरु हुने २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी हुँदैछन् । उनलाई बोल्न पनि गाह्रो छ । निकै कठिनसाथ उनले भने, “क्याम्पस पढेर जागिर खाएर आफ्नो खुट्टामा उभिन्छु ।” 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जन्मँदै शारीरिक अपाङ्गता भएका बुढाथोकीले कक्षा ४ सम्मको पढाइपछि बिरामीका कारण पढाइ छाडे । २०७० सालमा चाल्नाखेल आधारभूत विद्यालयमा पुनः भर्ना भई कक्षा ८ पूरा गरे । टौदह राष्ट्रिय माविमा कक्षा ९ मा भर्ना त भए तर घरबाट झण्डै तीन किलोमिटर टाढाको विद्यालयमा आउजाउ गर्न निकै कठिन भयो । पढाइ छाड्नुप-यो । 


Advertisment
Nabil box
Kumari

गत असारमा फर्पिङको शिखरापुर खुला विद्यालयमा कक्षा १० मा भर्ना भई अध्ययनलाई निरन्तरता दिएका बुढाथोकी बिहीबार अङ्ग्रेजी विषयको तयारीमा जुटेका थिए ।

Vianet communication

वैशाख ९ गते एसईईको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । खुट्टाले लेख्नुपर्ने समस्या भएकाले बुढाथोकी राम्ररी बोल्न सक्ने भइदिएको भए सहयोगीलाई राखेर परीक्षा दिलाउन सकिन्थ्यो भन्दै शिखरापुर खुला विद्यालयका प्रधानाध्यापक विनोद महतले बोलीका कारण त्यो सम्भव नभएको बताए ।

उनको सतीखेलस्थित अरुणोदय माविमा परीक्षा केन्द्र तोकिएको छ । केन्द्राध्यक्षको समेत जिम्मेवारी पाउनुभएका सो माविका प्रधानाध्यापक रामकाजी बस्नेतले अपाङ्गता भएका विद्यार्थीको प्रकृति हेरी परीक्षाका बखत अलग कोठामा वा सामान्य विद्यार्थीका साथमा राखिने बताउँदै त्यस्ता विद्यार्थीलाई थप डेढ घण्टा उपलब्ध गराइने बताए ।

यस्तै ५२ वर्षीय हरिप्रसाद आचार्य पनि २०७८ सालको एसईईका परीक्षार्थी छन् । २०४३ सालमा एसएलसी टेस्ट परीक्षा उत्तीर्ण गरेपछि घाँस काट्ने क्रममा भीरबाट लडेर कम्मर नचलेपछि माध्यमिक तह पूरा गर्ने इच्छा तुहियो । वीर अस्पतालको न्युरो मेडिसिन शाखामा कार्यरत आचार्यले भने, “मसरहका साथीहरू केही वर्षअघि एसईईको प्रमाणपत्र पेस गरेर बढुवा भए । बढुवा हुने आशमा एसईईमा सहभागी हुँदैछु ।” 

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४, फाखेलका छिरिङ बलका दुवै खुट्टा चल्दैनन् । ह्विलचियरमा बसेर उनी एसईईमा सम्मिलित हुन  लागेका छन् । अनलाइन माध्यम पठनपाठन गरेका ३३ वर्षीय बलको पनि उच्च शिक्षा अध्ययन गर्ने इच्छा छ ।

शिखरापुर खुला विद्यालयका संयोजक ललिता लामिछाने घिमिरेले खुला विद्यालयबाट १८ देखि ५२ वर्षसम्मका ४५ परीक्षार्थी एसईईमा सहभागी हुन लागेको बताउँदै अपाङ्गता भएका चार जना रहेको बताए । शिखरापुर सामुदायिक क्याम्पसका प्रमुख निरोज श्रेष्ठले खुला विद्यालयबाट एसईई पूरा गरेका विद्यार्थीलाई क्याम्पसले स्नातक तहसम्म पूर्ण रूपमा निःशुल्क पठनपाठनको व्यवस्था गरिदिने बताए । गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x