×

NIC ASIA

स्थानीय चुनाव

सिट बाँडफाँटप्रति माधव नेपालको गुनासो, भने- मनोनयन २ दिन राखिनुमा षड्यन्त्र छ

बैशाख १०, २०७९

Prabhu Bank
NTC
Premier Steels

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनमा सिट बाँडफाँटप्रति गुनासो व्यक्त गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी आफ्नो हुनुपर्ने भए पनि त्यसो नभएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘जसले जुन–जुन स्थानीय तहमा जितेको छ, उसलाई त्यही दिनुपर्ने सहमति भएको थियो,’ उनले भने, ‘नेकपा एमालेले जितेको ठाउँमा पहिलो हक र दाबी हाम्रो लाग्नुपर्छ । तर, सबैको आकांक्षा बढ्दो रहेछ ।’


Advertisment
Rupse Holidays
Nabil box

उनले कांग्रेसमा कतिपय नेताहरू गठबन्धन कायम गर्नुपर्छ भनेर लचिलो भए पनि कतिपयमा भने त्यस्तो प्रवृत्ति नदेखिएको बताए । 

Vianet communication

‘त्यस्तो प्रवृत्ति अन्य पार्टीहरूमा पनि देखिएको छ,’ उनले भने, ‘विभिन्न जिल्लाहरूको रिपोर्ट सुन्दा त्यति उत्साही हुने देखिँदैन ।

देशैभरि पार्टीको सञ्जाल छ, त्यसैले न्यूनतम उपस्थिति हुनैपर्छ भनिएको थियो ।’ 

यस्तै उनले मनोनयन दर्ता २ दिन राखिएको पनि शंका व्यक्त गरेका छन् । 

‘भोलि नोमिनेसन फाइल गर्न दुई दिन किन राखेको छ ? त्यहाँ पनि मलाई लाग्छ कुनै षड्यन्त्र होला,’ उनले भने, ‘११ गते मनोनयन दर्ता गर्लान्, मान्छेको अनुहार हेरेर १२ गते विद्रोही उम्मेदवार खडा गरिदिउँला भनेका होलान् । आफूले मात्रै तिकडम जानेको र अरूलाई पछार्न सक्छु भन्ने लाग्या होला । केन्द्र, प्रदेश, राष्ट्रिय सभा पछारिए अझै पनि होस् खुल्या छैन ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x