×

NIC ASIA

जसपाको घोषणापत्र : पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड

बैशाख १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तह निर्वाचन २०७९ का लागि आइतबार घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच पार्टी शीर्ष नेताहरूले सामूहिक रूपमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।

Muktinath Bank

संघीयपरिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोककुमार राईलगायतका नेताहरूले घोषणापत्र सार्वजनिक गरेका हुन् । जसपाले ‘पहिचान, संघीयता, सुशासन र सदाचार स्थानीय सरकार समृद्धिको मूल आधार’ भन्ने मूल नाराका साथ घोषणापत्र तयार गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जसपाले ‘भ्रष्टाचारमुक्त बनाऔं, विकास र समृद्धिको अभियान अघि बढाऔं’ भन्ने नारालाई जोड दिँदै स्थानीय तह केन्द्रित घोषणापत्र सार्वजनिक गरेको हो । निर्वाचनले स्थानीय लोकतन्त्र, स्वायत्तता, स्वशासनको प्रत्याभूति तथा प्रभावकारी सेवासुविधा प्रदान गर्न उल्लेखनीय योगदान गर्ने विश्वास जसपाको छ ।


Advertisment
Nabil box
Kumari

जसपाले वडा र पालिका कार्यालयलाई सेवाग्राहीमैत्री बनाइने, जनतालाई छिटो, छरितो सेवासुविधा प्रदान गरिने भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्ने र सरकारी कर्मचारी, राजनीतिक नेतृत्वले भ्रष्टाचार गरेमा, प्रमाण भेटिएमा तुरुन्त कानुनी कारबाही गरिने घोषणापत्रमा उल्लेख गरेको छ ।

Vianet communication

प्रत्येक वडामा ५० र नगरपालिकामा ५ सय जना युवालाई रोजगारी दिने र माध्यामिक तहसम्मको शिक्षा व्यावहारिक रूपमै निःशुल्क र गुणस्तरीय बनाउने घोषणापत्रमा उल्लेख गरिएको गरिएको छ । स्थानीय तहको करको दायरालाई बढाएर करको दरलाई कम पार्ने योजना जसपाको छ ।

आधुनिक शौचालय सुविधा नपुगेका घरपरिवारलाई शौचालय निर्माण गर्न १० हजारको अनुदान दिनेलगायतका योजना जसपाको घोषणापत्रमा उल्लेख छ । जसपाले मधेसी, थारू, मुस्लिम, आदिवासीजनजाति, खस, सीमान्तकृत, अल्पसंख्यक तथा लोपोन्मुख जाति, शिल्पी÷दलित, दुर्गमवासी, महिला, लैंगिक अल्पसंख्यक आदिको सम्मानजनक सहभागिता गर्ने प्रतिबद्धता गरेको छ ।

जसपा अध्यक्ष यादवले सामाजिक सुरक्षालाई प्रभावकारी बनाउने र गाउँगाउँमा स्वस्थकर पिउने पानी, फोहोरमैला व्यवस्थापनका विषय र विपद् व्यवस्थापन समितिलाई पार्टीले प्राथमिकताका साथ राखिएको बताए । त्यस्तै, जसपाका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले मास्टर प्लान बनाएर नै विकासको योजनालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

लोकतन्त्रलाई जनताको घरदैलोमा पु¥याउने र तल्लो तहबाटै विकास गर्ने योजना आफूहरूको रहेको उनले बताए । स्थानीय तहको निर्वाचन लोकतन्त्रलाई गाउँ टोलसम्म पु¥याउने अभियान भएको बताउँदै भट्टराईले भने, ‘स्थानीय निर्वाचन ३५ हजार जनप्रतिनिधि निर्वाचित भएर लोकतन्त्रलाई गाउँ, वडा र टोलसम्म पु¥याउने एउटा अभियान हो । त्यसैले यो निर्वाचनमा हाम्रो पार्टीको विचारमा प्रदेश र संघको निर्वाचनभन्दा पनि बढी महत्वपूर्ण छ ।’ उनले आफूहरूले घोषणापत्रमा भ्युटावरको कुरा नगरेको बताए ।

शिक्षा र स्वास्थ्य कसरी सर्वसुलभ बनाउने, निःशुल्क बनाउने, गुणस्तर बनाउने र घरघरमा पु¥याउने भन्नेजस्ता प्राथमिकता आफूहरूको रहेको उनले बताए । भट्टराईले डोजरे विकास भनेर जतासुकै भत्काउँदै हिँड्ने प्रवृत्तिलाई पनि आफूहरूले नयाँ ढंगले लैजाने बताए । त्यसप्रति उनले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘लोकतन्त्रलाई घरदैलोमा पु¥याउने र विकास पनि माथिबाट लाद्ने होइन, तलबाटै ल्याउने हाम्रो मुख्य प्रतिबद्धता छ । हाम्रा प्रतिबद्धता विशिष्ट र नवीन छ ।’ राजधानी दैनिकमा सुभाष साहले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x