×

NIC ASIA

दस हजारभन्दा बढीको उम्मेदवारी दर्ता

बैशाख १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

 स्थानीय तह निर्वाचन, २०७९ मा मनोनयन दर्ताको पहिलो दिन देशभरि दस हजार ५३३ जनाले मनोनयन  दर्ता  गराएका  छन्  ।

Muktinath Bank

निर्वाचन  आयोगले  पहिलो दिन दर्ता भएको सङ्ख्या 'साङ्केतिक’ मात्रै भएको टिप्पणी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन   आयोगका   प्रवक्ता   शालिग्राम   शर्मा  पौडेलले  ७५३  स्थानीय  तहमा  नै  निर्वाचन  अधिकृतको  कार्यालयमार्फत  मनोनयन  दर्ता  सुरु  भएको  बताए ।


Advertisment
Nabil box
Kumari

 उम्मेदवारी  दर्ता  भएकामा  ठूलो सङ्ख्यामा स्वतन्त्र उम्मेदवार छन् । आइतबार अबेरसम्म  सत्तारूढ  गठबन्धन  र  अन्य  दलले  उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहँदा मनोनयन दर्ता गराउनेमा बढी स्वतन्त्र उम्मेदवार छन् ।

Vianet communication

एकै  दिन  मनोनयन  दर्ता  राख्दा  निर्वाचन  तालिका  प्रभावित  हुने  हुनाले  दलहरूकै  सुझावमा  आयोगले वैशाख ११ र १२ गते गरी दुई दिन मनोनयन दर्ता गर्न लागेको हो तर आयोगको अपेक्षाविपरीत दर्ताको अन्तिम दिन सोमबार उम्मेदवारको चाप बढ्ने देखिएको छ ।  

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार उम्मेदवारी दर्ता गराएकोमा सात हजार  २७  पुरुष  र  तीन  हजार  ५०६  जना  महिला  छन् । आयोगले अध्यक्ष/प्रमुख पदका लागि मनोनयन दर्ताको पहिलो दिन ९८७ जनाको उम्मेदवारी परेको जनाएको छ । जसमध्ये ९१० पुरुष र ७७ जना महिला तथा अन्य समूहबाट उम्मेदवारी परेको छ । उपप्रमुख पदका लागि ५०८ जनाको उम्मेदवारी परेको छ ।

उपप्रमुखमा अधिकांश महिला छन् । उपप्रमुख पदमा ११३ पुरुष र ३९५ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन् । वडाध्यक्ष पदका लागि तीन हजार १९० जनाको उम्मेदवारी परेको छ । जसमध्ये दुई हजार ८१४ पुरुष र १०७ जना महिला छन् ।  वडासदस्यका लागि उम्मेदवारी दर्ताको पहिलो दिन छ हजार ११७ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।

खुला सदस्यमा तीन हजार १९० पुरुष र १४८ महिला गरी तीन हजार ३३८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महिला वडासदस्यमा  एक  हजार  ५७६  र  दलित  महिला  सदस्यमा एक हजार २०३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । गोरखापत्र दैनिकमा इश्वरचन्द्र झाले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x