×

NMB BANK
NIC ASIA

माओवादी गठबन्धनबाट बाहिरिएपछि नेपालगञ्जमा अन्यौल

बैशाख १२, २०७९

NTC
Premier Steels

नेकपा   माओवादी   केन्द्रले   नेपालगञ्ज  उपमहानगरपालिकामा  अन्यायपूर्ण   तरिकाले   गठबन्धन   गरिएको जनाउँदै गठबन्धनमा नबस्ने निर्णयसहित एक्लै निर्वाचनमा जाने घोषणा  गरेपछि  अन्योल  उत्पन्न  भएको  छ  ।  

Muktinath Bank

सत्ता  गठबन्धनबाट  माओवादी  केन्द्रले  नेपालगञ्जमा  प्रमुख र उपप्रमुख दुवै नपाएपछि धेरै वडा पाउने अडान राखेकोमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले धेरै  वडा  पनि  छोड्न  नमानेपछि  माओवादीले गठबन्धनबाट बाहिरिने निर्णय  गरेको  दलका  नेपालगञ्ज  अध्यक्ष रतन शाहीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही  कारणले माओवादी केन्द्र नेपालगञ्जले प्रमुख र उपप्रमुखलगायत सबै वडाध्यक्षमा उम्मेदवारी  दिएर  एक्लै  निर्वाचन  लड्ने निर्णय गरेको अध्यक्ष शाहीले बताए ।  


Advertisment
Nabil box
Kumari

सत्ता  गठबन्धनको  केन्द्रीय निर्णयअनुसार नेपालगञ्जमा नेपाली  काँग्रेसलाई  प्रमुख  र  जनता  समाजवादी पार्टीलाई उपप्रमुख दिने सहमति भएको थियो ।

Vianet communication

सो सहमति भएलगत्तै प्रमुख मागिरहेको जसपाले पनि  कडा  विरोध  जनाएको  थियो  भने माओवादी केन्द्रले पनि अन्याय गरिएको प्रतिक्रिया दिँदै चर्को विरोध गरेको थियो । तर,  पछि  केन्द्रीय  नेता  र  स्थानीय  कार्यकर्ताको  दबाबले  गर्दा  जसपाले  उपप्रमुखमै  चित्त  बुझाएको  थियो ।

नेपालगञ्जका २३ वटा वडामा भागबन्डा गर्न माओवादीले छलफल गर्दा  काँग्रेस  र  जसपाले  अधिकांश  वडा  छोड्न  नमानेपछि  गठबन्धनमा  बस्नुको  औचित्य  नरहेको  जनाउँदै  गठबन्धनबाट   बाहिरिएर   एक्लै   निर्वाचनमा   जाने   घोषणा   गरेको   माओवादी केन्द्र नेपालगञ्जले जनाएको छ ।

जसपा र नेपाली काँग्रेसले पनि सबै वडामा उम्मेदवारी दिने निर्णय गरेको छ ।  माओवादी केन्द्रले गठबन्धनबाट बाहिरिने निर्णय गरेपछि गठबन्धनको अवस्था  के  रहने  हो  भन्ने  बारेमा  अन्योल  उत्पन्न  भएको  छ  ।  बाँके  काँग्रेस   र   जसपाले   आ–आफ्नो   केन्द्रमार्फत माओवादीलाई गठबन्धन नछोड्न दबाब सिर्जना गराउने प्रयास गरिरहेको बुझिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x