×

NIC ASIA

यी ३ कारणले बढ्यो शेयर बजार

बैशाख १२, २०७९

Prabhu Bank
NTC
Premier Steels

 लामो समयपछि आइतवार नेप्से परिसूचक ह्वात्तै बढेको छ । यस दिन नेप्से परिसूचक ९५ दशमलव ५२ अंकले बढेर २ हजार ४२० दशमलव ९६ कायम भएको छ ।

Muktinath Bank

आइतवारको उछाल पछाडि तीनवटा कारण रहेको लगानीकर्ता तथा दलाल व्यवसायी बताउँछन् । उनीहरुका अनुसार स्थानीय चुनावले वित्तीय प्रणालीमा तरलता बढाउने विश्वास, नेपाली अर्थतन्त्रमा सार्वजनिक ऋण जोखिम न्यून रहेको आशयको विश्व बैंकको विज्ञप्ति र ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनलाई धितोपत्र बोर्डले सहज बनाउने तयारी गरेको समाचारले लगानीकर्तामा उत्साह थपिँदा बजारमा उछाल आएको हो ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार स्थानीय निर्वाचनको उम्मेदवारी दर्ता शुरु भएको छ । यसबाट लगानीकर्ता निर्वाचन हुनेमा विश्वस्त भएका छन् । चुनावका क्रममा हुने खर्चले वित्तीय प्रणालीमा देखिएको तरलता अभावलाई सहज बनाउने उनीहरुको विश्लेषण छ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले चुनावी माहोलकै कारण आइतवार बजारमा उत्साह देखिएको बताइन् ।


Advertisment
Nabil box
Kumari

चुनावको खर्च वित्तीय प्रणालीमार्फत परिचालन भई यसले तरलता संकटको स्थितिमा केही सुधार ल्याउने विश्वास पोखरेलको छ । चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ता प्रक्रिया अघि बढेसँगै लगानीकर्ता आगामी दिनमा बजार सकारात्मक बन्नेमा आशावादी देखिएको उनको बुझाइ छ । आगामी दिनमा पनि बजार यही गतिमा बजार बढ्छ या घट्छ भन्नुभन्दा पनि चुनाव हुने निश्चित भएपछि लगानीकर्ताको मनोबलमा सकारात्मक प्रभाव परेको उनले बताइन् ।
धितोपत्र दलाल व्यवसायीले पनि स्थानीय चुनाव हुने पक्का भएसँगै आइतवार कारोबारका लागि सकारात्मक माहोल बनेको प्रतिक्रिया दिए । कोहिनुर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि (ब्रोकर नम्बर ३५) का प्रबन्ध निर्देशक एवम् स्टक ब्रोकर एशोसिएशनका पूर्वअध्यक्ष भरत रानाभाटले पनि बजार सकारात्मक बन्नुको पछाडि चुनावी माहोलको मुख्य हात रहेको स्वीकार गरे ।

Vianet communication

विश्व बैंकको पछिल्लो विज्ञप्तिले पनि शेयर बजार उकास्न मद्दत गरेको उनको बुझाइ छ । विश्व बैंकले बिहीवार नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै नेपालको सार्वजनिक ऋण पछिल्लो ५ वर्षमा उल्लेख्य बढेको तर ऋणको जोखिम नरहेको स्पष्ट पारेको थियो । नेपाली अर्थतन्त्र पनि श्रीलंकापथमा अग्रसर रहेको चर्चाबीच आएको विश्व बैंकको विज्ञप्तिले लगानीकर्ताको मनोबल बढाएको रानाभाटको अनुमान छ ।

वित्तीय प्रणालीमा तरलता अभाव भइरहेको बेला ब्रोकरमार्फत प्रवाह हुने मार्जिन लोनमा धितोपत्र बोर्डले सहज वातावरण बनाउने तयारी गरेको समाचार बाहिरिनुसँग पनि आइतबारको बजारको सम्बन्ध देख्छन् उनी । ‘यसले पनि लगानीकर्ताको मनोबल बढायो,’ रानाभाटले भने । मार्जिन लोनमा देखिएका बाधा, अप्ठ्यारा फुकाउन बोर्ड सहमत भए करीब दुई दर्जन ब्रोकरबाट सेवा प्रवाह भई तरलताका कारण प्रभावित बनेको बजार सुधार हुनेमा रानाभाट आशावादी छन् ।

आइतवार एकै दिन लगानीकर्ताको सम्पत्ति मूल्य १ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँभन्दा धेरैले बढेको छ । गत बिहीवार ३३ खर्ब ७ अर्ब ९२ करोड रहेको कुल बजार पूँजीकरण आइतवार ३४ खर्ब ४३ अर्ब ८१ करोड नाघेको छ । यस दिन नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । गत बिहीवार १ अर्ब ६२ करोड ९१ लाखभन्दा बढीको कारोबार भएकोमा आइतवार २ अर्ब ५३ करोड १२ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

यस दिन जलविद्युत् समूहको सर्वाधिक ५७ करोड ३९ लाख रुपैयाँको शेयर किनबेच भयो । २३८ कम्पनीको धितोपत्र कारोबार भएकोमा २२२ ओटाको मूल्य बढेको छ । यीमध्ये पनि ३ दर्जन कम्पनीको धितोपत्रको मूल्य उच्च दरमा बढेको छ । यस दिन ४ कम्पनीको धितोपत्रको मूल्य घटेको छ भने १२ कम्पनीको स्थिर छ । आइतवारको कारोबारबाट वित्त समूहका लगानीकर्ताले सबैभन्दा धेरै कमाए । आर्थिक अभियान दैनिकमा प्रजिता बुढाथोकीले खबर लेखेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x