×

NMB BANK
NIC ASIA

प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनमा जताततै पुरुष उम्मेदवारको दबदबा

बैशाख १३, २०७९

NTC
Premier Steels

निर्वाचन आयोगले दलहरूबाट महानगर, नगर र गाउँपालिकामा उम्मेदवार दिँदा प्रमुख वा उपप्रमुखमध्ये कुनै एकमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार गत २०७४ को स्थानीय चुनावमा प्रमुख वा उपप्रमुख कुनै एकमा महिलाको उपस्थित सुनिश्चित थियो । तर २०७९ को स्थानीय तहको निर्वाचनमा आउँदा सत्तारूढ दलको स्वार्थका कारण धेरै ठाउँमा महिला उम्मेदवार हुनबाट वञ्चित भएका छन् ।

Muktinath Bank

सत्ता गठबन्धनले महानगर÷उपमहानगरमा गरेको गठजोडमा अधिकांशमा पुरुष उम्मेदवारको संख्या बढी देखिएको छ । सत्ता गठबन्धनले ६ मध्ये २ महानगरपालिकामा महिलालाई मेयरको उमेदवार बनाएका छन् । निर्वाचन आयोगले स्थानीय तह, नगरपालिका र महानगरमा प्रमुम वा उपप्रमुखमध्ये कुनै एकमा मात्रै उम्मेदवारी दिए सुरुमा महिलालाई प्राथमिकता दिनुपर्ने भनेको थियो । तर, सो आचारसंहितालाई निर्वाचन आयोगले सच्याउँदै कुनै एक पदमा उम्मेद्वार दिँदा महिला अनिवार्य हुने वाक्यांश हटाएसँगै हाल महानगर र उपमहानगरमा पुरुष उम्मेदवारको संख्या बढी देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ दललाई सहयोग हुनेगरी निर्वाचन आयोगले सजिलो बनाइदिएपछि मेयर महिलाको संख्या न्यून देखिएको हो । २०७४ को निर्वाचनमा भरतपुर महानगरपालिकामा मात्रै प्रमुखमा महिला थिए । माओवादी केन्द्र र कांग्रेस गठबन्धनबाट रेणु दाहाल भरतपुरको मेयर बनेकी थिइन् । अहिले पनि उनै दाहाल गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै सत्ता गठबन्धनबाट काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहले उम्मेदवार बनेकी छन् । सत्ता गठबन्धन कांग्रेसको तर्फबाट सिंहलाई अघि सारिएको हो । यस्तै, नेकपा एमालेले जितपुर सिमरा उपमहानगरपालिका र धरान उपमहानगरपालिकामा प्रमुखमा महिलालाई अघि सारेको छ । जितपुर सिमरामा यसअघि २०७४ मा उपप्रमुख बनेकी सरस्वतीदेवी चौधरी एमालेबाट मेयरको उम्मेदवार बनेकी छन् । धरानमा उमपमेयर बनिसकेकी मञ्जु भण्डारी हाल मेयरमा उम्मेदवार बनेकी छन् ।

Vianet communication

सत्ता गठबन्धनको सहयोगमा एकीकृत समाजवादीबाट हटांैडामा उपमहानगरपालिकामा मीना लामालाई उम्मेदवार बनाएको छ । यसअघि २०७४ को निर्वाचनमा एमालेबाट लामाले उपमेयरमा जितेकी थिइन् । पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन् । योपटक गठबन्धनका कारण ललितपुर महानगरपालिकाले मेयर र उपमेयरमा दुवै जना पुरुषलाई उम्मेदवार बनाएको छ । निर्वाचन आयोगले कुनै एक पदमा उम्मेदवार दिए महिला अनिवार्य हुने आचारसंहिता हटाएसँगै हाल धेरै पालिकामा पुरुष उम्मेदवार हाबी भएका हुन् ।

मेयरमा कांग्रेसका चिरिबाबु महर्जन छन् भने नेकपा माओवादी केन्द्रका बाबुराजा बज्राचार्य उपमेयरको उम्मेदवार बनेका छन् । त्यस्तै, विराटनगरमा सत्ता गठबन्धनले दुवै जना पुरुष उम्मेदवार उठाएका छन् । विराटनगर महानगरमा कांग्रेसको तर्फबाट नागेश कोइराला मेयरमा उम्मेदवार दिएका छन् भने जसपाबाट अमरेन्द्र यादव उम्मेदवार बनेका छन् । वीरगन्ज महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार राजेशमान सिंह बनेका छन् भने उपमेयरमा इम्तियाज आलम उपमेयर उम्मेदवार बनेका छन् ।

सत्ता गठबन्धनमा मात्रै होइन एमालेले गठबन्धन गरेको वीरगन्जमा एमालले विजय सरावगीले मेयरमा उम्मेदवार दिएका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीबाट पुरुषोत्तम झा उपमेयरमा उम्मेदवार दिएका छन् ।

११ उपमहानगरपालिकामध्ये धरानमा गठबन्धनको तर्फबाट किशोर राई मेयरका उम्मेदवार बनेका छन् भने उपमेयरमा माओवादीका अइन्द्रविक्रम बेघा उम्मेदवार बनेका छन् । त्यस्तै, इटहरीमा हेमकर्ण पौडेल कांग्रेसका तर्फबाट मेयरको उम्मेदवार बनेका छन् भने एकीकृत समाजवादीका केशवकुमार विष्टले उपमेयरमा उम्मेदवारी दिएका छन् । जनकपुर उपमहानगरपालिकामा जसपाले लालकिशोर साहलाई मेयरको उम्मेदवार बनाएको छ भने कांग्रेसका किशोरी साहलाई उपमेयर उम्मेदवार बनेका छन् ।

बुटवलमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले मेयरमा उम्मेदवारी दिएका छन् भने एकीकृत समाजवादीका चीनबहादुर गुरुङ उपमेयरको उम्मेदवार बनेका छन् । घोराही नगरपालिकामा नेकपा माओवादी केन्द्रका हेमराज शर्माले मेयरमा र कांग्रेसका भुपबहादुर डाँगी उपमेयरको उम्मेदवार दिएका छन् ।

तुलसीपुरको मेयरमा नेपाली कांग्रेसका गेहेन्द्र गिरी मेयर र एकीकृत समाजवादीका जंगबहादुर राना मगर उपमेयरको उम्मेदवार दिएका छन् । नेपालगन्ज उपमहानगरपालिकामा प्रशान्त विष्ट मेयर र कमरुद्धिन राई उपमेयरका उम्मेदवार बनेका छन् । राजधानी दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x