×

NIC ASIA

सरकारी जग्गा हिनामिना गर्नेमाथि कठोर बन्दै अख्तियार

बैशाख १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन महेन्द्रनगर नगर विकास समिति कञ्चनपुरको जग्गा अनियमितता प्रकरणमा १ सय ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । सरकारी जग्गा हिनामिना गर्नेहरूमाथि अख्तियारले कठोर कदम चालेको हो । यो प्रकरणमा विभिन्न सेटिङका आधारमा शृंखलाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गरिएको खुलासा भएको छ ।

Muktinath Bank

तत्कालीन नगर विकास समितिले सरकारी सार्वजनिक सम्पत्ति गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता र भोगचलन गरेको भन्दै आयोगले विशेष अदालतमा तीनवटा मुद्दा दर्ता गरेको हो । अख्तियारले अनुसन्धान गर्दा तत्कालीन नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा व्यक्तिको नाममा हक हस्तान्तरण गर्दा अपनाउनुपर्ने विधि र प्रक्रियाविपरीत अध्यक्षहरूको एकल तोकआदेशका आधारमा व्यक्ति विशेषको नाममा दर्ता स्रेस्ता कायम गरी गराई हक हस्तान्तरण गरेको देखिएपछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०६४ पुस ६ गतको निर्णयबाट नौ जना कर्मचारीलाई १० कठ्ठा चार धुर जग्गा वितरण गरिएको भन्दै आयोगले २९ लाख ७४ हजार बिगो दाबीसहित समितिका तत्कालीन अध्यक्ष कान्तुराम पनेरू, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन कार्यालय प्रमुख विशन सिंह थापासमेत १ सय ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । तत्कालीन महेन्द्र नगर विकास समितिका अध्यक्ष गोपाल रसाइलीविरुद्ध २ करोड २१ लाख ९७ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको हो ।


Advertisment
Nabil box
Kumari

त्यस्तै, तत्कालीन अध्यक्ष पिन्टु रानाविरुद्ध ७३ लाख १० हजार ८ सय रुपैयाँ, तत्कालीन नायब सुब्बा पुष्पराज भट्टविरुद्ध ३० लाख ७२ हजार ९ सय ३८ रुपैयाँ बिगो दाबीसहित अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै तत्कालीन अमिन तुलादत्त जोशीसँग ३ करोड ८ लाख ५ हजार ७ सय रुपैयाँ, तत्कालीन मालपोत अधिकृतसँग कृष्णकुमार निरौलासँग ७२ लाख २ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

Vianet communication

तत्कालीन मालपोत कार्यालय कञ्चनपुरका प्रमुख विशनसिंह थापाविरुद्ध १ करोड ४९ लाख ८१ हजार ३८ रुपैयाँ, शाखा अधिकृत दलजित भट्टसँग ८८ लाख ७५ हजार बिगो दाबीसहित अदालतमा मुद्दा दायर भएको छ । यसै गरि मतियार भएर काम गरेको भन्दै आयोगले मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन शाखा अधिकृत जयबहादुर विष्टलाई १ करोड ३१ लाख ९५ हजार ८ सय १९ रुपैयाँ, मतियार भएर काम गरेको अभियोगमा शाखा अधिकृत दिलाराज पन्तसँग २३ लाख ३३ हजार ४ सय रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

त्यस्तै, मतियारकै रूपमा तत्कालीन नायब सुब्बाहरू गणेशबहादु ऐर, नयन सिंह कुँवरविरुद्ध पनि मुद्दा दायर भएको छ । त्यस्तै, मतियारका रूपमा खरिदारहरू नमराज भट्ट, नरेन्द्रबहादुर ऐरविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन महेन्द्रनगर नगर विकास समितिका अध्यक्ष कान्तुराम पनेरूविरुद्ध २९ लाख ७४ हजार ३ सय ६० रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यस्तै, तत्कालीन नायब सुब्बा पुष्पराज भट्ट र सदस्य सचिव चन्द्रप्रसाद चौधरीलाई जनही २९ लाख ७४ हजार ३ सय ६० रुपैयाँ असुलउपर गर्दै सोहीबराबरको बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको छ ।

तत्कालीन इन्जिनियर मोहनदेव भट्टविरुद्ध ३ लाख ४ हजार ८ सय ३७ रुपैयाँ, खरिदार लक्ष्मणदत्त जोशीलाई ३ लाख ८६ हजार १ सय ८७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर भएको छ । अमिन दुर्गाप्रसाद पनेरू, कार्यालय सहयोगी हर्क नारायण जोशी, तत्कालीन सुपरभाइजर गंगादत्त भट्ट र कम्प्युटर अपरेटर लालबहादुर ओखेडा त्यस्तै तत्कालीन मालपोत अधिकृत विशन सिंह थापा र तत्कालीन शाखा अधिकृत दलजित भट्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको आयोगले जनाएको छ । उनीहरू विरुद्ध जनही २ देखि २९ लाख बिगो दाबीसहित मुद्दा दायर भएको छ ।

त्यस्तै, आयोगले जग्गा जफत प्रयोजनका लागि हाल कायम हुन आएका जग्गाधनी कमला भट्ट, विन्दुकुमारी जोशी, जयन्द्रराज पाण्डे, जयराज पन्त, दीपाकुमारी भट्ट, सरस्वतीदेवी गुरु, तारादेवी नाथ र राधादेवी पन्त, भोजराज राना, घुम्मा राना, सोवानसिंह धामी, कुमारी कमला मल्ल, सुशिला स्वाँर, सीतादेवी पन्त, कमलादेवी भट्ट, कुमारी मञ्जु भट्ट, जनकसिंह नायक, विमला चन्द महता, देवकी भट्ट यज्ञराज भट्ट, गंगादत्त जोशी, विमला जोशी, राजबहादुर विष्ट, मनी दमाई, गणेशप्रसाद पन्त, सिमा जोशी, कृष्णराज कलौनी, हरिप्रसाद जोशी कैलाश सुनार र किसानकुमारी कामीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नगर विकास समितिको स्वामित्वको जग्गा उनीहरूको नाममा देखिएकाले जफत प्रयोजनका लागि हाल भिमदत्त नगर विकास समितिको नाममा कायम गराउने गरी मुद्दा दायर भएको छ ।

यसअघि तत्कालीन समितिका पदाधिकारीले तोक आदेशका भरमा र प्रक्रिया नै पूरा नगरी जग्गा बिक्री, वितरण र लिजमा दिएको उजुरीपछि आयोगको टोलीले अनुसन्धान थालेको थियो । स्थापनाका बेला ६३८ बिघा जमिन रहेको समितिसँग अहिले केही बिघा मात्रै बाँकी रहेको अख्तियारको अनुसन्धानले जनाएको छ । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x