×

NIC ASIA

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै

बैशाख १३, २०७९

Prabhu Bank
NTC
Premier Steels

लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले पुरस्कारको राशि बढाउँदै यस वर्षका लागि तीन सम्मानका लागि स्रष्टाहरुको नाम चयन गरेको छ । 

Muktinath Bank

साहित्यकला मन्दिरले साहित्य, कला, संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई विगत केही वर्षदेखि वर्षेनी सम्मान गर्दै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैशाख १२ गते साहित्यकला मन्दिरका अध्यक्ष बसन्त चौधरीको अध्यक्षतामा बसेको पूर्ण बैठकले सर्वसम्मतिबाट सम्मानित र पुरस्कृत हुने स्रष्टाहरुको नाम चयन गरेको हो । 


Advertisment
Nabil box
Kumari

निर्णयअनुसार साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पुर्‍याउँदै आएका तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पुर्‍याउँदै आएका प्रा.डा. त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान पुर्‍याउँदै आएका न्हुच्छेबहादुर डंगोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान गरिने भएको छ । 

Vianet communication

यसअघि यी सम्मानहरूको राशि ५१ हजार रहेकोमा यस वर्षदेखि उक्त रकम बढाएर १ लाख ५१ हजार पुर्‍याइएको छ । उक्त सम्मानहरू साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा आयोजित स्रष्टासम्मान समारोहमा आगामी वैशाख २७ गते काठमाडौँमा प्रदान गरिने लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x