×

NIC ASIA

नमूना नगर तिलोत्तमाको प्रमुखमा मोहन चापागाई र गृहमन्त्रीका भाइको प्रतिस्पर्धा

बैशाख १५, २०७९

Prabhu Bank
NTC
Premier Steels

राम्रो काम गरेर देशभर चर्चा कमाएको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा यसपटकको स्थानीय तह निर्वाचनमा रोचक प्रतिस्पर्धा हुँदैछ ।

Muktinath Bank

२०७४ सालको निर्वाचनमा एमालेबाट मेयरमा बासुदेव घिमिरे र उपमेयरमा जागेश्वरदेवी चौधरी निर्वाचित भएका थिए । नगरमा अहिले एमालेबाट मोहन चापागाईं र कांग्रेसबाट रामकृष्ण खाँण उम्मेदवार छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गृहमन्त्री बालकृष्ण खाँणका सहोदर भाइ रामकृष्ण गत निर्वाचनमा घिमिरेसँग पराजित भएका थिए ।


Advertisment
Nabil box
Kumari

तिलोत्तमामा एमाले संगठन बलियो छ । तिलोत्तमा रुपन्देही क्षेत्र नम्बर ३ मा पर्छ । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा एमालेका सादगी नेता घनश्याम भुसाल निर्वाचित भएका थिए भने पराजित हुने डरले गृहमन्त्री खाँण प्रत्यक्ष निर्वाचन नलडेर समानुपातिकमा खुम्चिएका थिए ।

Vianet communication

एमाले विगतको बिरासतलाई जोगाउँदै यसपटक पनि नगरको नेतृत्व गर्ने गरी चुनावमा होमिएको छ भने गृहमन्त्री खाँण आफू प्रतिष्ठाका लागि भए पनि भाइलाई जिताउनुपर्ने गरी लागेका छन् । त्यसैले तिलोत्तमाको निर्वाचन पेचिलो छ ।

नगरमा एमालेले गरेको राम्रो कामलाई निन्तरता दिँदै नगरलाई समुन्नत बनाउन एमालेले चापागाईलाई अगाडि सारेको छ । चापागाईले पञ्चायतकालदेखि पार्टी, विद्यार्थी राजनीति, सामुदायिक रेडियो प्रसारक संघ (अकोराब), पत्रकार महासंघ, प्रेस चौतारी लगायतका संगठनमा रहेर काम गरेका छन् । चापागाईमा सबैलाई मिलाएर लैजान सक्ने क्षमता छ । उनी आन्दोलनको अग्रमोर्चामा खटिने नेतामा पर्छन् ।

यसअघिको निर्वाचनमा एमालेले मेयर/उपमेयरसहित तिलोत्तमाका १७ वडामध्ये १३ वडामा जितेको थियो ।

२०७४ सालको निर्वाचनमा तिलोत्तमामा घिमिरेले १९ हजार ८४ मत प्राप्त गर्दा खाँणले १६ हजार २६४ मत प्राप्त गरेका थिए । उपमेयरमा पनि जागेश्वरदेवी चौधरीले १९ हजार २२४ मत प्राप्त गरी विजयी हुँदा जनमुक्तिकी गीता सारू मगर १६ हजार ६ मत प्राप्त गरी पराजित भएकी थिइन् । 

२०७३ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री रहेका विष्णु पौडेलले चापागाईलाई सञ्चार विज्ञको रूपमा नियुक्त गरेका थिए । खाँण कांग्रेस रुपन्देहीका सभापति हुन् । उम्मेदवार चापागाईले आफू निर्वाचित भए तिलोत्तमाको पहिचानलाई जोगाउँदै अझै विकास गर्दै जाने बताए ।

गत निर्वाचनमा पराजय व्यहोरेका खाँणलाई गृहमन्त्री बालकृष्ण खाँणले अन्तिम समय आएर अगाडि सारेका छन् । तिलोत्तमालाई आधुनिक र प्रविधियुक्त स्मार्ट सिटीको रूपमा विकास गर्ने लक्ष्य र उद्देश्य अनुरूप उम्मेदवारी दिएको खाँण बताउँछन् । कृषिका लागि उर्वरभूमि, वन, वातावरण, औद्योगिक र पर्यटकीय लगानीका प्रशस्त सम्भावना बोकेको तिलोत्तमालाई नमूना नगर बनाउने योजना अगाडि सारिएको छ ।

आफू निर्वाचित भए सेवासुविधा नलिने घोषणा खाँणले गरेका छन् । 

२०४० सालको सुरजपुरा घटनामा स्व. गिरिजाप्रसाद कोइराला लगायतका नेताहरूको सुरक्षार्थ खटिएका उनी घटनालगत्तै घाइतेको उपचार तथा उद्दारमा सक्रियतापूर्वक लागेका थिए । २०४२ सालको सत्याग्रहका बेला अग्रमोर्चामै खटिएका उनी भाग्यवश जेल जानबाट जोगिए पनि जेल परेकाहरूको रिहाइ, खानपान, खबर आदानप्रदानको काममा सक्रिय भए ।

२०४६ सालको जनआन्दोलनमा भैरहवा उत्तरका सबै गाविसका युवाहरूको नेतृत्व गर्दै आन्दोलनमा होमिएका थिए ।

कांग्रेस र जनमुक्तिको गठबन्धन हुँदा पनि नगर प्रमुखमा घिमिरे विजयी भएका थिए तर यसअघिको जस्तो परिस्थिति अहिले छैन । माओवादी, कांग्रेसको गठबन्धन बनेको छ । गठबन्धन भनिए पनि अन्तिम समयमा गठबन्धनबाट एकीकृत समाजवादी बाहिरिएको छ ।

समाजवादीले नगर प्रमुखमा आशा चौधरी, उपप्रमुखमा सञ्जीव भण्डारीलाई उम्मेदवार बनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

x